Category: अन्तरबार्ता

  • ब्यक्तिगत सम्पति पार्टीको नाममा

    ब्यक्तिगत सम्पति पार्टीको नाममा

    ०७४ सालको स्थानीय चुनावमा हलेसी तुवाचुङ नगरपालिकाका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवारी दिएका हलेसी तुवाचुङ नगरपालिका, वडा नं ७ का हरिश्चन्द्र गिरिको राजनीतिक यात्रा निकै लामो र ऐतिहासिक छ । आफ्नो राजनीतिक जीवनको पृष्ठभुमितिर फर्केर हेर्दा कहिलेकही खुसी र दुखी उत्तिकै मान्ने गीरी हाल कम्युनिस्ट राजनीति गरिरहेका गिरी मष्तिस्कमा आफुले भोगेका पञ्चायत र बहुदलको राजनीतिक छाप अझै अमिट रहेको बताउनु हुन्छ । २०२८ साल देखि श्री चम्पावती मावीमा विधार्थी छ्दै नेकपा चोम(चौथो महाधिवेशन) को भुमिगत भातृसङ्गठन अनेरास्ववियु (छैठौं) को सदस्य हुँदै राजनीतिक यात्रा सुरु गरेका गिरि २०३० सम्म एक निष्ठावान सदस्य रहेर काम गर्नुभएको थियो । ३०÷३१ साल ताका पार्टीलाई वैधानिक बनाउन र दर्ता गर्न मोहनविक्रम सिंहले नेतृत्व गरेका मोटो मसाल,रुपलाल बिश्वकर्माको सर्वहारा श्रमिक सङठन,र पातलो मसाल,नेकपा चोम एकीकृत भइ सिङ्गो संयुक्त जनमोर्चा पार्टी नेपाल बन्यो संयुक्त जनमोर्चा पार्टी बैधानिक भए देखी गिरि ६२ सालसम्म निरन्तर पार्टीको केन्द्रिय सदस्य भइ दत्तचित्त भएर पार्टीले दिएको जिम्मेवारी वहन गरिेरहनु भयो । द्वन्दकालको समयमा आफ्नो नाममा रहेको धेरै जग्गा जमिन बेचेर पार्टीको कार्यक्रम,महाधिवेशन र कलाकार सदस्य मित्रहरूलाई खाना खुवाउने जस्ता काममा लगानी गर्नु भएको थियोे “चरित्र सङगको छोटो चिया गफ ।

    १. ७४ सालको स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरको उम्मेदवारी दिनुभएको तपाईं हाल पार्टीको शन्दर्भमा अलि तटस्थ र सकृय रुपमा लागेको देखिन्न नि ?
    ड्ड प्रथमतः मलाई नेकपा माओवादी केन्द्रले एमाले पार्टी सङग एकता गरेको विषयमा चित्त नबुझेकै हो । किनभने मेरो विचारमा एमाले जस्तो दक्षिणपन्थी पार्टी सङग एकता गर्नु हुँदैन थियो भन्ने मेरो व्यक्तिगत विचार र मान्यता थियो।तर पनि एकता भइसकेपछी म अलि मौन भएकै हो,थप अर्को कुरा भन्नुपर्दा चुनावताका आफ्नै पार्टीका केही साथीहरू बाट अन्तर्घात भएको कुरा बुझेपछी थोरै मन दुखेकै हो।तर पनि तपाईंले भनेजस्तै केही कोहिको दृष्टिकोणमा तटस्थ र निष्क्रिय जस्तो देखिएकै हुँला,तर भित्री रुपमा भने म अझै सकृय नै छु भन्छु।
    २. आफू सम्बद्ध दल पार्टी सङग तपाईं धेरै गुनासो गर्नुहुन्छ ?
    ड्ड गुनासो या दुख जे भन्दा पनि भो।म माओवादी पार्टीमा रहँदा जिल्लाको सह–इन्चार्ज भएँ,उता अखिल नेपाल किसान संघको केन्द्रिय सदस्य अनि किराँत राज्यको संयोजक समेत भएर सक्रिय राजनीति गरिरहेको मान्छे,तर केही समयपछी जील्ला सल्लाहकारमा राखियो त्यसमा मलाई चित्त बुझेन,त्यति मात्र नभएर म अझै जिल्लाभरी काम गर्न सक्छु,सङगठन विस्तार गर्न सक्छु,सकृय भएर लाग्छु भनेर मैले जिल्ला कमिटीको मिटिङमा कुरा राख्दा मेरो कुरा सुनुवाइ नभएकै हो।बरु मलाइ चित्त नबुझ्दा नबुझ्दै प्रदेश सल्लाहकारमा पु¥याइयो।यहि कुराहरु चित्त नबुझेकोले मैले सधैं सबै साथीहरू सङग यहि कुरा राख्ने गरेको छु।अब यसलाई के भनेर बुझ्ने भन्ने कुरा स्वतन्त्र छ।
    ३. तपाईंको राजनैतिक पृष्ठभुमि सुन्दा कम्युनिस्ट राजनैतिक इतिहास त तपाईंको धेरै लामो र त्यागी देखिन्छ तर तपाईंलाई चाहिँ म आफू कम्युनिस्ट हुँ भन्ने कहिले देखी लाग्यो?
    ड्ड यस्तो छ कम्युनिस्ट,मार्क्सवादको सैद्धान्तिक,वैचारिक कुराहरू भलै मैले अलि ढिलै बुझेको हुँला,यसमा दुइमत छैन।तर ऐले सम्झँदा म राजनीति सुरुवात गर्नुभन्दा पैलादेखी नै कम्युनिस्ट थिएछु।वास्तविक कुरा भन्नुपर्दा मैले आफ्नै कुल परिवार देखि नै विद्रोह सुरुवात गरेको हुँ।तर आफू कम्युनिस्ट हुँ भन्ने महसुस चाहिँ जब राजनीतिक प्रशिक्षण,पार्टीको एजेन्डाहरु बुझ्दै गइयो,जब समाजमा निरङकुस,शोषक र सामन्तीहरुको बिरुद्ध लड्दै निरङकुसता र सामन्तहरुको जन्जिरमा बाँधिएका केही नेपाली मध्यम वर्गिय श्रमजीवी सर्वहारा वर्गहरुलाई हदसम्म न्याय दिलाउदै चित्त बुझाउदै अगाडि बढ्न थालियो त्यसै बखत देखि नै म कम्युनिस्ट हुँ र मैले सधैं सर्वहारा वर्गहरुको निम्ति लडिरहनुपर्छ भन्ने महसुस हुन थाल्यो ।
    ४.कुनै समयमा तपाईंले आफ्नो व्यक्तिगत सम्पत्ति लगायत जग्गा बारी समेत बेचेर पार्टीमा लगानी गर्नुभएको थियो ? पार्टिको कुन कुन क्षेत्रमा त्यो सम्पत्ति रुपैयाँँ लगानी गर्नुभयो?
    ड्ड एकदमै सहि कुरा हो।मैले त्यो समयमा अथवा भनौ म जनमोर्चाको केन्द्रिय सदस्य रहँदै गर्दा मेरो नाममा रहेको २५÷३० वटा घडेरी बारीहरु बेचेको थिएँ।त्यसबेला जग्गाहरुको भाउ ऐलेको जस्तो अमुल्य थिएन।तर जे होस मैले आफ्नो जग्गाहरु बेचेको जति पनि रुपैयाँले विभिन्न ठाउँमा सङगठन निर्माण गर्न,विविध कार्यक्रमहरु गर्दा पार्टीका सदस्यहरुलाई खाना खुवाउने,र जुनसुकै कार्यक्रम हुँदा पनि मैले आफ्नो व्यक्तिगत खर्च गरिदिन्थे।त्यतिमात्र नभएर महाधिवेशन हुँदा समेत सहयोग गरेको थिएँ ।समग्रमा यसो भन्दा पनि अनुपयुक्त नहोला,मैले जति पनि घडेरी बारी बेचेर जे जति रुपैयाँ प्राप्त गरेको थिएँ ती सबै पार्टी बचाउन र पार्टीको उत्थान गर्नमै लगानी गरे।
    ५. वर्तमानमा त्यतिबेला गर्नुभएको पार्टी प्रतिको त्याग र आफुले लगानी गरेको सम्पत्ति के सहि ठाउँमा सदुपयोग गरेछु भन्ने लाग्छ?
    ड्ड त्यो सबै उपलब्धि विहीन भयो।जतिबेला मलाई लागेको थियो मैले यति सहयोग गर्दा सारा जनताको हित हुन्छ भने मैले किन नगर्ने।भोलि यस्तै सहयोगहरु बाट जनताहरुले खोजेको वास्तविक समाजवाद आउँछ भन्ने सोचेको थिएँ।तर जब पछि परिस्थिति बद्लिदै गयो,मेरो त के कसैको केही मुल्यांकन भएन र देशमा हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ कोहि कसैको सपना पूरा भएन।त्यसैले पार्टी प्रतिको त्याग पनि एक ठाउँमा होला तर आफुले गरेको त्यत्रो संघर्ष,लगानी सम्झँदा चाहिँ ऐले आएर सदुपयोग भन्दा पनि कैल्यकाही हिनताबोध बढी हुन्छ।
    ६. आफू सम्बद्ध नेकपा माओवादी सङग चाहिँ तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
    ड्ड मेरो व्यक्तिगत धारणा भन्नुपर्दा नेकपा माओवादीले पनि आफ्नो वैचारिक सैद्धान्तिक पक्ष सुदृढीकरण गर्न सकेन भने धेरै जोखिम देख्छु म।किनकी वर्तमान परिप्रेक्षमा पार्टी संसदीय भासमा भासिदै गइरहेको स्थिति देख्छु।तलका देखि माथी केन्द्रका सबै व्यक्तिगत स्वार्थ,पद र प्रतिष्ठा भित्रको आन्तरिक दलदलमा फस्दै गइरहेको भन्छु म।त्यसैले मेरो व्यक्तिगत धारणा भनेको पार्टीको नेतृत्व पंतिले वैचारिक सैद्धान्तिक पक्षलाई अझ दरिलो बनाउँदै व्यक्तिगत स्वार्थ भन्दा सामुहिक हितका लागि राजनीति गर्नुपर्दछ।अर्को कुरा पद प्रतिष्ठाको मोहलाई चटक्कै भुलेर कार्यकर्ताहरुको सहि मुल्यांकन गरि असल लाई प्रोत्साहन गर्दै अगाडि लैजाने र खराबलाई कार्बाही गर्दै अगाडि बढ्न सकेमा पार्टी सुदृढीकरण हुन धेरै समय लाग्दैन।हैन भने संसदीय पक्ष कमजोर बन्न जान्छ।अनि सहि मानिस जनताको अगाडि उभिएर नेतृत्व गर्न सक्दैन।खाली पुजिपती,ठेकेदार र ठुला ठुला नेताहरूको आसेपासे मात्रै नेतृत्व
    मा पुग्छन।जसले जनताको भलाइ गर्न सक्दैन । त्यसैले यो किसिमको व्यवस्था बिल्कुलै गलत छ।अन्तमा केही गरि हुँदैन भने विकल्पको आधारमा जनमतसंग्रह तिर पनि जानुपर्दछ भन्ने मेरो ठम्याइ छ।

  • वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जसपा ः राई

    वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जसपा ः राई

    खोटाङ, असोज १४– जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले समाजवाद प्राप्तीका लागि आफ्नो पार्टी वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा रहेको बताएका छन् । जनता समाजवादी पार्टीले बिहिबार दिक्तेस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष राईले पछिल्लो समय अधिकांश दलले समाजवादलाई अवलम्बन गरिरहेको उल्लेख गर्दै जसपा वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने बताएका हुन् । ‘समाजवाद प्राप्तीका लागि वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने चेष्टा गरिरहेका छौँ । तर, यो हाम्रो चाहनाले मात्र पुरा हुने कुरा होईन । अन्य पार्टीको चाहना र आवश्यकता के हो ? कस्तो नीति र व्यवहार अवलम्बन गर्छन्, त्यही हिसावले हामी अघि बढ्नु पर्ने हुन्छ,’ राईले भने, ‘सम्भवतः राष्ट्रव्यापी रुपमा ध्रुवीकरण सुरु भएको छ । केही पुरानो पार्टीले आफुलाई एक्लै अघि बढाउन कोसिस गर्लान् वा उनीहरुको पक्षमा गएर गठबन्धन गर्न अरु पार्टी तयार नहोलान् । त्यस्तो बेलामा अहिले रहेको वाम लोकतान्त्रिक गठबन्धन नै अघि बढ्ने देखिन्छ ।’
    केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष राईले वाम लोकतान्त्रिक ध्रुवीकरणका लागि अनौपचारिक रुपमा वार्ता, सम्वाद र छलफल अघि बढिरहेको जानकारी दिए । २०७८ असोज १६ गते । (यो समाचार पत्रकार दमन राईको सहयोगमा तयार पारिएको हो)

  • खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा जाने, को–को बन्दैछन् मन्त्री ?

    \माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यादेश खारेज गरेको थियो ।

    नेकपा (एकीकृत समाजवादी)का एक नेताहरुका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने निश्चित भएको छ । जसअनुसार अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । अध्यक्ष नेपालले सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम दिएका हुन् ।

    त्यस्तै किसानकुमार श्रेष्ठलाई पनि ‘एडजस्ट’ गर्नुपर्ने भन्दै नेता नेपालले सात मन्त्री मागेको बुझिएको छ । एकीकृत समाजवादीलाई सात मन्त्री दिएपछि उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि सातै मन्त्री दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाले तत्काल नेपाललाई सात मन्त्री दिन नसक्ने जवाफ दिएका छन् । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अध्यादेश खारेज गरेको थियो । गठबन्धनबीच बिहीबारसम्म सरकारलाई पूर्णता दिने सहमति भएको बुझिएको छ ।  (यो समाचार रातेपाटीबाट लिइएको हो)