Category: प्रमुख

  • वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जसपा ः राई

    वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जसपा ः राई

    खोटाङ, असोज १४– जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले समाजवाद प्राप्तीका लागि आफ्नो पार्टी वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा रहेको बताएका छन् । जनता समाजवादी पार्टीले बिहिबार दिक्तेस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष राईले पछिल्लो समय अधिकांश दलले समाजवादलाई अवलम्बन गरिरहेको उल्लेख गर्दै जसपा वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने बताएका हुन् । ‘समाजवाद प्राप्तीका लागि वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने चेष्टा गरिरहेका छौँ । तर, यो हाम्रो चाहनाले मात्र पुरा हुने कुरा होईन । अन्य पार्टीको चाहना र आवश्यकता के हो ? कस्तो नीति र व्यवहार अवलम्बन गर्छन्, त्यही हिसावले हामी अघि बढ्नु पर्ने हुन्छ,’ राईले भने, ‘सम्भवतः राष्ट्रव्यापी रुपमा ध्रुवीकरण सुरु भएको छ । केही पुरानो पार्टीले आफुलाई एक्लै अघि बढाउन कोसिस गर्लान् वा उनीहरुको पक्षमा गएर गठबन्धन गर्न अरु पार्टी तयार नहोलान् । त्यस्तो बेलामा अहिले रहेको वाम लोकतान्त्रिक गठबन्धन नै अघि बढ्ने देखिन्छ ।’
    केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष राईले वाम लोकतान्त्रिक ध्रुवीकरणका लागि अनौपचारिक रुपमा वार्ता, सम्वाद र छलफल अघि बढिरहेको जानकारी दिए । २०७८ असोज १६ गते । (यो समाचार पत्रकार दमन राईको सहयोगमा तयार पारिएको हो)

  • उपचार खर्च तिर्न नसक्दा आत्महत्या तीन बच्चाको बिचल्लि

    उपचार खर्च तिर्न नसक्दा आत्महत्या तीन बच्चाको बिचल्लि

    श्रीमतीको खुसि र छोराछोरीको भबिश्य उज्यालो बनाउन बिदेश गएका तिलक राईले उपचार गरेको ऋण तिर्न नसक्दा आत्महत्या गरेका कारण तीन बाच्चाहरु बिचल्निमा परेका छन् ।

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्वल्माका आप्mना परिवारको मीठो र सफल भबिस्यको खातिर आज भन्दा नौ बर्ष अघि बैदेशीक रोजगारको लागि कतार गए तर कतारमा कार्यरत रहेकै बेला प्यारालाईसिस भई स्वदेस फर्काइए । राई दाहिने हात खुट्टा नचल्ने अबस्थामा घर फर्किएर उपचार गर्दा लागेको खर्च तीर्न नसक्दा २०७८ असार २० गते आत्महत्या गरेका कारण श्रीमती सहित दुई छोरी र एक छोरा बिचल्लि परेका हुन् ।

    राई कतारबाट फर्कदा शौचालय जान नसक्ने अबस्थामा रहेको तर घर आए पछि उपचार गरेपछि हिडेर शौचालय सम्म जान सक्ने भएका थिए तर उनलाई साहुको ऋणको कारण आत्महत्यको बाटो रोजेको श्रीमती ……………… राईले सुनाईन् ।