रत्नपार्क बिटका कटुवाल माघ महिनाको उत्कृष्ट प्रहरी

किकोस टेम्के सम्बाददाता .
जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लमा माघ महिनाको उत्कृष्ट प्रहरीको सम्मान प्रहरी सहायक निरिक्षक गोपि कटुवाललाई दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका २ रत्नपार्क विटमा इन्चार्जकारुपमा कार्ययत कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले कदरपत्रसहित सम्मान गर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा सम्मान पत्र प्रदान गर्दै आगामी दिनमा समेत उत्कृष्ट सेवा प्रदान गर्न कटुवाललाई हौसला मिलोस भन्ने शुभकामना सहित कदरपत्र प्रदान गरिएको प्रनाउ लम्सालले बताउनु भयो । कदर पत्रमा समाजमा हुने विभिन्न किसिमका अपराधिक गतिविधीहरु नियन्त्रणमा विभिन्न सरोकारवाला सरकारी गैर सरकारी कार्यालयहरुसँग आवश्यक समन्वय गरेर अपराध न्युनिकरण गर्न सफल भएको तथा विभिन्न घटनाहरुको घटना स्थलबाट सकुशल हातहतियार सहित अपराधी नियन्त्रण गर्न सफल नेतृत्व गरेको उल्लेख छ ।
यसका साथै प्रहरी संगठनको निति र निर्देशन पालना गर्ने र मातहतका प्रहरी परिचालनमा समेत कुशल नेतृत्व प्रदान गर्न सफल देखिएकाले माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरि कदरपत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (फागुन १३ गते सुक्रबार)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *