× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / नगर र गाउँपलिकाहरुको सभा धमाधम

नगर र गाउँपलिकाहरुको सभा धमाधम

टेम्के सम्वाददाता

आर्थिक बर्षको अन्त्य हुनै लाग्दा जिल्लाका नगर र गाउँपलिकाहरुले सभा मार्फत धमाधम वजेट ल्याउदैछ । नेपाल सरकारको निति अनुसार पलिकाहरुले प्रत्येक बर्षके असारको १० गते भित्र ल्याउनु पर्ने प्राबधान रहेको छ ।

यसैक्रममा हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि  ८० करोड १८ लाख ८१ हजार ७१९ बजेट ल्याएको छ । सोमबार सम्पन्न भएको १७ औँ नगरसभामा उपप्रमुख रमेशकुमार राउतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हा ।

सङ्घीय सरकार राजश्व बाँडफाँडबाट ११ करोड २९ लाख १८ हजार ७ सय १९, प्रदेश सरकार राजश्व बाँडफाँडबाट  १ करोड ६ लाख ९२ हजार, सङ्घीय सरकार वित्तीय समानीकरणबाट ११ करोड १६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट  ९९ लाख ९२ हजार बजेट प्राप्त भएको छ भने नगरपालिकाको आन्तरिक स्रोतबाट  एक करोड ४५ लाख र घरजग्गा रजिष्ट्रेशनबाट  दश लाख बजेट आउने अनुमान गरिएको छ ।

सङ्घीय सरकार सशर्त अनुदानबाट ३४ करोड ७६ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट  ६९ लाख, सङ्घीय सरकार समपूरक अनुदानबाट  ७५ लाख, प्रदेश सरकार समपूरक अनुदानबाट  एक करोड ४० लाख, प्रदेश सरकार सशर्त अनुदानबाट  एक करोड ५१ लाख ७९ हजार र सामाजिक सुरक्षा तथा संरक्षणबाट  १५ करोड बजेट प्राप्त हुने जनाइएको छ । नगरसभाले आगामी आर्थिक वर्षका लागि चालूतर्फ  ४६ करोड १५ लाख २९ हजार, पूजीगततर्फ  १९ करोड  तीन लाख ५२ हजार ७१९ र सामाजिक सुरक्षातर्फ १५ करोड बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले भौतिक पूर्वाधार बाहेक पानी, पर्यटन र पूर्वाधारमा मात्रै ६ करोड ४७ लाख ९४ हजार ११९ बजेट विनियोजन गरिएको छ । नगरसभामा नगरप्रमुख विमला राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

केपिलासगढी

केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ५० करोड सात लाख ५९ हजार ३७३ बजेट सार्वजनिक गरेको छ । सोमबार आयोजित १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख गुरुराज राईले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँसभाले आर्थिक विद्येक, विनियोजन विद्येक, आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा विभिन्न विद्येकहरु सर्वसम्मतरुपमा पारित गरेको छ । गाउँसभामा आर्थिक वर्ष २०८२/०८३ को लागि वित्तीय समानीकरणतर्फ रु ८ करोड १ लाख, राजश्व बाँडफाँड तर्फ ८ करोड ५४ लाख ९ हजार ३ सय ७३, सशर्त अनुदानतर्फ रु २१ करोड २७ लाख, समपुरक अनुदानतर्फ ३ करोड ४६ लाख बजेट प्रस्तुत गरिएको छ ।

उपप्रमुख राईले विशेष अनुदानतर्फ ३ करोड १९ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान अन्तर्गत वित्तीय समानीकरण तर्फ ६८ लाख ६४ हजार, राजश्व बाँडफाँडतर्फ रु ५९ लाख ५ हजार, सशर्त अनुदानतर्फ १ करोड ४७ लाख ८१ हजार बजेट प्रस्तुत गर्नुभएको छ । समपुरक अनुदानतर्फ १ करोड ६० लाख, अन्तरिक राजश्वतर्फ रु ३५ लाख र गत वर्षको मौज्दात ९० लाख रकमलाई समेटेर वार्षिक बजेट छ ।

गाउँसभामा गाउँपालिका प्रमुख राईले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब दुई करोड ९२ लाख ३४ हजार ३९१ बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको १३ औँ नगरसभामा उपप्रमुख विशन राईले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

आन्तरिक आय २ करोड २० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँडबाट १४ करोड ९३ लाख ९० हजार ६ सय ७८, सङ्घीय सरकार अनुदानबाट ६९ करोड २० लाख, प्रदेश सरकारबाट अनुदान ८ करोड ६८ लाख ४२ हजार र अल्या ७ करोड ९० लाख १ हजार ७ सय १२ स्रोत जुटेको उपप्रमुख राईले नगरसभा मार्फत जानकारी दिनुभएको छ ।

व्यवसायिक कफी खेती प्रवद्र्धन गर्न १ करोड, स्थानीय उत्पादनको बजारीकरण गर्न रु १९ लाख, मुढेमा चिस्यान केन्द्र निर्माणका लागि रु २० लाख, बाँदरबाट हुने क्षति न्यूनीकरण गर्दै बैकल्पिक बाली प्रवद्र्धनमा रु ३० लाख, प्राङ्गरिक खेती प्रवर्धन गर्न १० लाख, बङ्गुर र बाख्रा प्रवद्र्धनमा १८ लाख, कृषि तथा पशुपञ्छी विकास कार्यक्रम अन्तर्गत ३ करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

नगरसभामा नगरप्रमुख भट्टराईले आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

बराहपोखरी

बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु ३८ करोड ४० लाख ५६ हजार ७ सय ७० बजेट ल्याएको छ । मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा उपप्रमुख भुवलराज राईले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकालाई आगामी आर्थिक वर्षमा सङ्घीय सरकार राजश्व बाँडफाँडबाट रु सात करोड ३७ लाख ९८ हजार १३३, प्रदेश सरकारबाट रु ५० लाख १९ हजार र सङ्घीय सरकार समानीकरण अनुदानबाट ७ करोड ९५ लाख बजेट प्राप्त हुने उपप्रमुख राईले जानकारी दिनुभएको छ । यस्तै, प्रदेश सरकारबाट रु ६७ लाख ६१ हजार, सङ्घीय सरकार समपूरक अनुदानतर्फ १ करोड ४० लाख र प्रदेश सरकारबाट १ करोड ६० लाख बजेट प्राप्त हुने गाउँसभामा जानकारी दिइएको छ ।

सङ्घीय सरकार सशर्त अनुदानबाट  १५ करोड ८५ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट २१ लाख ४७ हजार, आन्तरिक राजश्वबाट २१ लाख, स्थानीय राजश्व बाँडफाँड १ लाख, बैङ्क मौज्दात १ करोड ८८ लाख ३१ हजार ६२७ बजेट गाउँपालिकामा आउने गाउँपालिकाले जनाएको छ ।

गाउँसभामा गाउँपालिका प्रमुख सालिकराम बञ्जाराले आर्थिक वर्ष २०८२/८३ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । २०८२/०३/१२

 

प्रतिक्रिया दिनुहोस्