Category: समाचार

  • बन्दुक देखाउदै धम्की दिदै

    बन्दुक देखाउदै धम्की दिदै

    टेस खोटाङ,

    बन्दुक देखाएर ज्यान धम्की दिएको आरोपमा खोटाङमा दाजुभाइ भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी खानीडाँडाका २५ वर्षीय सन्तोष राई र १८ वर्षीय सन्देश राईलाई प्रहरीले भरुवा बन्दुक र गोलीसहित पक्राउ गरेको हो ।

    सोहि ठाउँका ७३ वर्षीया दिलमायाँ बुढाथोकीलाई लेनदेनको विषयमा भरुवा बन्दुक देखाएर ज्यान धम्की दिएको भन्ने सूचनाको आधारमा एकैघरका दाजु भाईलाई बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ ।  असार–१५ गते भरुवा बन्दुक देखाएर ज्यान धम्की दिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक विजय लामीछानेको नेतृत्वमा खटिएको टोलीले उनिहरुलाई पक्राउ गरिएको हो ।

    फरार रहेका दाजुभाइलाई सोही गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । उनीहरुले आफ्नो घरदेखि करिब ४० मिटर पूर्वतर्फ आफ्नै बारीमा भएको दाउराको थुप्रोमा लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक र त्यसमा प्रयोग हुने फलामको गोली प्रहरीले फेला पारेको छ ।

    लुकाएर राखेको एक थान भरुवा बन्दुकसँगै खैरो रङको ब्रिलिएन्ट लेखिएको ब्यागभित्र डेल्टासाइड २८ लेखिएको सेतो डब्बाभित्र फलामको टुक्रा १४५ थान, रातो प्लाष्टिकभित्र कागजमा बेरिएको गोलो आकारको फलाम चार थान र कालो प्लाष्टिकभित्र कागजमा बेरिएको अवस्थामा सेतो रङको फलामको टुक्रा चौध थान प्रहरीले बरामद गरेको छ । सोहिदिन दिन पक्राउ गरेर अड्डासार गर्दै बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएका सन्तोष र सन्देशमाथि हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको जनाइएको छ ।

    उनीहरुमाथि बुधबार नै थप अनुसन्धानका लागि जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरिएको छ । । २०८३ असार १९

  • रास्वपाकाका संसद कार्कीको पद सर्बाेच्चको हातमा 

     काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्यमा निर्वाचित धनेन्द्र कार्कीलाई सांसदको शपथ नखुवाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कार्कीविरुद्ध उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रभातकुमार कटवाल क्षेत्री (केसी)ले मंगलबार रिट दायर गरेका हुन् ।

    उनले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार नै हुन नपाउनेमा निर्वाचन आयोगले निर्वाचित घोषणा गरेको भन्दै कार्कीसँगै निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् ।

    सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित कार्की १६ हजार ६५९ मतसहित निर्वाचित हुँदा कटवालले १५ हजार ८७५ मत पाएर दोस्रो भएका थिए । साभार: रातोपाटी डटकम

     

     

  • अख्तियार प्रमुखको हत्या योजना बनाएको क्यानका पूर्वडीजीको स्वीकारोक्ति

    अख्तियार प्रमुखको हत्या योजना बनाएको क्यानका पूर्वडीजीको स्वीकारोक्ति

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक (पूर्वडीजी) प्रदीप अधिकारीले अख्तियार प्रमुखसहित उच्च तहका व्यक्तिहरूको हत्या योजना बनाउन रकम दिएको स्वीकार गरेका छन् ।

    प्रहरी हिरासतमा रहेका अधिकारीले प्रारम्भिक बयानमै अभियुक्त प्रकाश पाठक लाई २ करोड रुपैयाँ दिएको बताएका हुन् । प्रहरीका अनुसार यो प्रकरणमा संगठित अपराध, आपराधिक षड्यन्त्र र विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहित १० जना ‘भीआईपी’ लाई धम्क्याउन करिब १० करोड रुपैयाँको योजना बनेको र त्यसैमध्ये २ करोड ‘सुपारी’ दिइएको अनुसन्धान अधिकारीहरुको दाबी छ । अधिकारीहरूका अनुसार उक्त रकम हुन्डीमार्फत फिलिपिन्स पठाइएको थियो ।

    प्रारम्भिक बयानमा अधिकारीले व्यापारिक प्रयोजनका लागि पैसा दिएको दाबी गरे पनि उनी र पाठकबीचको फोन सम्पर्कलाई प्रहरीले मुख्य प्रमाण मानेको छ । पठाइएको रकमबाट पाठकले फिलिपिन्समा अपार्टमेन्ट खरिद गरेको खुलेको छ ।

    यसअघि इन्टरपोलको सहयोगमा ‘रेड नोटिस’ जारी गरी पक्राउ गरिएका पाठकले पनि उक्त रकम लिएको स्वीकार गरिसकेका छन् । उनीमार्फत उच्च तहका व्यक्तिहरूलाई धम्कीपूर्ण सन्देश पठाइएको प्रहरीको निष्कर्ष छ ।

    अख्तियारले नलिन्चोक हेलिप्याड र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी भ्रष्टाचार प्रकरणमा अधिकारीमाथि अनुसन्धान गरिरहेको थियो । त्यसबाट बच्न उनले अख्तियार प्रमुखसहितको हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीले अधिकारी र पाठकविरुद्ध थप अनुसन्धान गरिरहेको छ । क्यानका पूर्वडीजीको स्वीकारोक्तिसँगै घटनाले नयाँ मोड लिएको छ । सभार: मुलुकी खबर डटकम

  • खोटाङमा हावहुरीले १७ लाख ५० हजार बरावरको क्षति

    खोटाङमा हावहुरीले १७ लाख ५० हजार बरावरको क्षति

    टेम्के समाचारदाता
    गएराति परेको बर्षा संगै आएको हावाहुरीले नौ घरमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिपु्रङ चुईचुम्मा गाउपालिका वडा नं. १ कमेरेगाउका केशव प्रसाद पराजुलीको ढुङ्गामाटोले बनेको टिनको छानो उडाउदा १ लाख ५० हजार, सोहि स्थानका कुमार श्रेष्ठको घरको टिनको छानो उडाउदा १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
    त्यसैगरी दिक्तेल रुपाकोट मझुवागढी ७ बस्ने सुनसरी राईको ३ तले घरको छानो उडाउदा २ लाख ५० हजार र दिरुम नपा वडा नं. ३ बस्ने पदम वहादुर कटुवालको २ तले घरको टिनको छानो उडाउदा २ लाख ५० हजार बराबरको क्षति भएको छ । हावाहुन्डरीले हलेसी तुवाचुङ नगरपालिका वडा नं. ११ राजापानी बस्ने हितमान परियारको फुसको छानो भएको छानो एकपाटा उडाएको र सोहि ठाउका कुमार ढकालको टिनको छानो उडाउदा १ लाख ५० हजार बराबरको क्षति भएको जनाईएको छ ।
    त्यस्तै, हावाहुरीले दिरुम नपा १५ बिजयखर्कका कुमार कामीको टिनको छानो उडाउदा ३ लाख रुपिया बराबर, वडा नं. ४ खाल्लेका सुगम गदालको घरको टिनको छानो उडाउदा १ लाख बराबरको क्षति भएको छ भने हतुनपा ८ का छविलाल सार्कीको फुसको छानो उडाएको र सोहि गाउको कमलबहादुर सार्की ५० हजार बराबरको क्षति भएको जनाईएको छ । त्यसैगरी दिरुमनपा ७ चिउरीहडाँडाको सिर्जनशिल अंग्रेजी प्राथामिक बिद्यालयको टिनको छानो उडाउदा ५० हजार बराबरको क्षति भएको र ईलाका प्रहरी कार्यालय खोटाङ बजारको खानेपानीको लागि जडान गरिएको फिल्टर लडाउदा ३ लाख बराबरको क्षति पुर्याएको जनाईएको छ । २०८२ चैत ३ गते ।

  • उदयपुरको अधेरीमा दुर्घटना, दुई गम्भीर १५ जना घाइते,

    उदयपुरको अधेरीमा दुर्घटना, दुई गम्भीर १५ जना घाइते,

    टेस उदयपुर

    मदन भण्डारी राजमार्गको कटारी गाईघाट सडकखण्ड अन्तर्गत उदयपुरगढी नगरपालिका -७ मा पर्ने अँधेरीमा सोमबार यात्रुवाहक बस दुर्घटना हुँदा सहचालकसहित १५ जना घाइते भएका छन् । दुर्घटनामा दुई जनाको अवस्था गम्भीर रहेको छ ।

    कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२७५ नम्बरको ओखलढुङ्गे डिलक्स बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा उदयपुरगढीकी ७३ वर्षीय सोममाया तामाङ र कटारी नगरपालिकाकी ६० वर्षीय सोममाया परियार गम्भीर घाइते छन् । उनीहरूको शरीरको विभिन्न ठाउँमा चोटपटक लागेको जनाइएको छ ।

    अन्य घाइतेहरूमा ताप्ली गाउँपालिकाकी २८ वर्षीय मोनिका मगर, सोही पालिकाकी ४० वर्षीय प्रकाश भुजेल र २८ वर्षीय सुवास नेपाली रहेका छन् । त्यस्तै कटारी नगरपालिकाकी ३५ वर्षीय अनिल चौधरी, सोही पालिकाका १९ वर्षीया पवित्रा श्रेष्ठ, ७८ वर्षीय दलबहादुर तामाङ, १५ वर्षीय प्रेम तामाङ र १५ वर्षीय सुजन तामाङ रहेका छन् । त्रियुगा नगरपालिकाका २१ वर्षीया रेसिका बस्नेत, सोही पालिकाकी २० वर्षीया रेश्मा बस्नेत पनि घाइते छन् भने उदयपुरगढी गाउँपालिकाका १७ वर्षीय तिलक बस्नेत, सोही पालिकाका १० वर्षीय बालक दिपस तामाङ घाइते रहेका छन् । उनीहरूको अवस्था । सामान्य रहेको प्रहरीले जनाएको छ।

    उक्त ठाउँ मदन भण्डारी राजमार्गकै सबैभन्दा बढी दुर्घटना हुने ठाउँ हो। अत्याधिक दुर्घटना हुने भएका कारणले यसलाई जिल्ला ट्राफिक कार्यालय उदयपुरले ब्ल्याक स्पटको रुपमा परिभाषित गरी सतर्कतापूर्वक सवारी चलाउन सचेत गराउने गरेको छ। अँधेरीदेखि जोगीटोलसम्मको करिब ३ किलोमिटर अत्याधिक घुम्ती र ओरालो भएका कारण त्यहाँ अत्याधिक दुर्घटना हुने गरेको हो। स्थानीय प्रशासन र स्थानीय तहहरूले उक्त ठाउँको मोडसुधार तथा सडक सुधारमा पहल गरिरहेको भएपनि हालसम्म काम हुन सकेको छैन । ११ फागुन २०८२

  • साकेलामा श्रम अभियान

    साकेलामा श्रम अभियान

    टे स

    साकेला- साकेला गाउँपालिकामा सञ्चालन भइरहेको साकेला श्रम अभियान अन्तर्गत वडा नम्बर ३ खिदिमाको नेतृत्वमा तावाखोलामा वृहत जनश्रमदान सम्पन्न गरिएको छ। स्थानीयको सक्रिय सहभागितामा खोलामा ग्याविन जाली लगाएर आवतजावतमा सहज बनाइएको हो।

    वर्षायाम तथा बाढीको समयमा खोलाले बाटो कटान गर्ने समस्याका कारण स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका थिए। सोही समस्यालाई समाधान गर्ने उद्देश्यले वडा कार्यालयको पहलमा सामूहिक श्रमदान कार्यक्रम आयोजना गरिएको उक्त वडाका वडाध्यक्ष गोविन्द तामाङले जानकारी दिनुभयो ।

    जनश्रमदान कार्यक्रममा गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता तथा स्थानीय श्रमजीवि नागरिकहरु गरी करिब डेढ सय जनाको उल्लेखनीय सहभागिता रहेको थियो। सामूहिक श्रम र सहकार्यबाट खोलाको जोखिमपूर्ण भागमा ग्याविन जाली राखी संरचना निर्माण गरिएको छ।

    साकेला गाउँपालिका पूर्ण सरसफाई कार्यक्रमका उत्प्रेरक नविन श्रेष्ठका अनुसार उक्त स्थानमा खोलाको कटानका कारण हिँडडुल गर्न तथा सवारी आवतजावतमा समस्या हुँदै आएको थियो। श्रमदानमार्फत संरचना निर्माण भएपछि आवतजावत सहज हुनुका साथै सम्भावित क्षतिलाई समेत नियन्त्रण गर्ने अपेक्षा राखिएको उहाँको भनाई छ ।

    साकेला गाउँपालिकाले विगत तीन वर्षअघिदेखि विकासको अवधारणालाई श्रमदानसँग जोडेर विभिन्न विकास निर्माणको कार्यहरु सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले आवधिक योजना तथा हरेक वर्ष तय हुने आफ्नो नीति तथा कार्यक्रममा समेत जनश्रमदानलाई प्रमुख आधार मान्दै आएको छ । स्थानीय नागरिकहरुको सामूहिक पहल र सहभागिताबाट मात्र विकास सम्भव रहेको र समृद्ध साकेला निर्माण गर्न टेवा पुग्ने उद्देश्यका साथ गाउँपालिकाले श्रम साकेला अभियान निरन्तर सञ्चालन गर्दै आएको छ ।

    श्रमदान अभियानमा सक्रियताका साथ सहभागि बन्नुभएका गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले साकेला श्रम अभियानले स्थानीय विकासमा नयाँ ऊर्जा थपेको बताउनुभयो। “जनताको श्रम र एकताले असम्भव जस्तो देखिने काम पनि सम्भव हुन्छ। साकेला श्रम अभियान सामूहिक प्रयासबाट विकास सम्भव छ भन्ने ज्वलन्त उदाहरण बनेको अध्यक्ष राईको भनाई छ।

    उपाध्यक्ष बिर्सिका राईले पनि श्रमदानमा सक्रिय सहभागिता जनाउनुहुँदै यस प्रकारको अभियानले गाउँमा अपनत्व, सहकार्य र दिगो विकासको भावना बढाउने बताउनुभयो।

    स्थानीय, जनप्रतिनिधि र राजनीतिक दलका कार्यकर्ताहरू एकै ठाउँमा उभिएर गरिएको श्रमदानले सामूहिक जिम्मेवारी र विकासप्रतिको साझा प्रतिबद्धताको सन्देश दिएको छ। सीमित स्रोतसाधनका बीच सामूहिक श्रमबाट गरिएका यस्ता कार्यले गाउँपालिकामा दिगो र प्रभावकारी विकासको आधार तयार पारिरहेको स्थानीयको भनाइ छ।साकेला श्रम अभियान अन्तर्गत आगामी दिनमा पनि सडक, पुल, खानेपानी, संरक्षण संरचना तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणमा जनश्रमदानलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ। २०८२ माघ २९

  • अध्यक्षको महा-जन्मत्सोब

    अध्यक्षको महा-जन्मत्सोब

    टे स

    साकेला- साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले आफ्नो जन्मदिनको अवसरमा व्यक्तिगत सेवा–सुविधाबाट प्राप्त रकम सामाजिक सहयोगमा समर्पण गर्दै उदाहरणीय कार्य गर्नुभएको छ । माघ २४ गते शनिबार परेको जन्मदिनको अवसरमा अध्यक्ष राईले साकेला गाउँपालिकाभित्रका पाँचवटै वडामा गठन भएका अपाङ्गता सम्बन्धी कार्य गर्ने मिलिजुली समूहलाई १५ हजार रुपैयाँका दरले कुल ७५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभई महाजन्मत्सोब मनाउनु भएको छ ।

    साकेला गाउँपालिकाको आयोजनामा सञ्चालन भएको आठौं माध्यमिक तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहका अवसरमा अध्यक्ष राईले उक्त सहयोग रकम अपाङ्ग संघ साकेलाका अध्यक्ष तिर्थबहादुर राईलाई हस्तान्तरण गर्नुभयो ।

    सहयोग हस्तान्तरण गर्दै अध्यक्ष राईले अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले आफ्नो सेवासुविधाबाट प्राप्त रकम सामाजिक कार्यमा प्रयोग गरिएको बताउनुभयो । व्यक्तिगत उत्सवलाई समाजसेवामूलक कार्यसँग जोड्दै आएको उल्लेख गर्दै उहाँले यस किसिमको सहयोगले समावेशी समाज निर्माणमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।

    अध्यक्ष राईले यसअघि पनि जन्मदिनका अवसरमा विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आउनुभएको छ । दुई वर्षअघि बालविकास केन्द्रमा भर्ना भएका बालबालिकाका लागि एलसिडी ट्याब्लेट वितरण गर्नुभएको उहाँले गत वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । यसले उहाँको व्यक्तिगत जीवनशैलीभन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने सोच स्पष्ट रूपमा देखाउँछ ।

    कार्यक्रममा उपस्थित स्थानीयवासी तथा सरोकारवालाहरूले अध्यक्ष राईको यो कदमलाई उदाहरणीय सामाजिक कार्यका रूपमा प्रशंसा गरेका छन् । सहयोग रकमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न तथा समावेशी गतिविधि सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    साकेला गाउँपालिकाले सामाजिक न्याय, समावेशी विकास र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अध्यक्ष राईले व्यक्तिगत रूपमा गरेको यो सहयोग पनि गाउँपालिकाले अवलम्बन गर्दै आएको समावेशी र सामाजिक उत्तरदायित्वको नीतिसँग मेल खाने निरन्तर प्रयासको रूपमा हेरिएको छ । २०८२/१०/२५

  • आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता साकेलामा सुरु

    आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता साकेलामा सुरु

    टे स

    साकेला- खोटाङको साकेला गाउँपालिकामा माध्यमिक विद्यालय स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतामा बुधबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा चण्डेश्वरी माध्यमिक विद्यालय, डाँडागाउँको व्यवस्थापनमा साकेला१ स्थित बाँझेच्यानडाँडाको खेलमैदानमा प्रतियोगिता सुरु गरिएको हो । पालिकाभित्रका छ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको तीनदिने प्रतियोगितामा भलिबल,

    हाइजम्प, लङजम्प, सर्टफुट, १००, २००, ४००, ८०० र १५ सय मिटर दौडका साथै १०० मिटर र ४०० मिटर रिले दौड, ज्याबलिन थ्रो र ट्रिपल जम्प समावेश गरिएको छ । १५ सय मिटर दौडमा छात्रालाई सहभागी नगराइएको आयोजकले जनाएको छ । प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुने विद्यालयले ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका लागि गाउँपालिकाले ३ लाख र वडा कार्यालय बाँझेच्यानडाँडाले १ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको साकेला गाउँपालिकाका शिक्षा संयोजक कविराज राईले जानकारी दिनुभयो ।

    प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष राईले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको सर्वाङ्गीण विकाससँग जोडिनुपर्ने बताउनुभयो । उहाँले खेलकुदले अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने

    भएकाले गाउँपालिकाले शिक्षा क्षेत्रमा पूर्वाधार, गुणस्तर र अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो । स्वस्थ विद्यार्थी नै सक्षम नागरिक बन्छन्, त्यसका लागि खेलकुदलाई शिक्षाको अभिन्न अङ्गका रूपमा अघि बढाइएको छ,” अध्यक्ष राईले भन्नुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने विद्यालय र खेलाडी विद्यार्थीहरुलाई आफ्नो विद्यालयको जितको लागि मात्र खेल खेल्नु भन्दा सिंगो पालिकाको प्रतिष्ठालाई माथि उठाउने दृढ संकल्पका साथ सहभागि हुन निर्देशन समेत अध्यक्ष राईले दिनुभयो ।

    उपाध्यक्ष बिर्सिका राईले शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउँदै छात्रा, विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले खेलकुद प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचानमा सहयोग पुग्ने भन्दै शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने गाउँपालिकाको नीति रहेको बताउनुभयो ।

    उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष राईसहित साकेला गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का, वडा नम्बर १ का वडाध्यक्ष हेमन राई, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष जीवन खत्री, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । गत वर्ष सम्पन्न सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय, बाँझेले उचालेको थियो । २०८२/१०/२२ गते ।

  • पुर्वध्यक्षा सहित २१ जना नेकपामा प्रवेश

    पुर्वध्यक्षा सहित २१ जना नेकपामा प्रवेश

    बाक्सिला- एमाले खोटाङका नेता तथा केपिलासगढी गाउँपालिकाका पूर्वअध्यक्ष कृष्णकुमार राई नेपाली कम्युनिस्ट पार्टीमा  प्रवेश गर्नु भएकोछ । मंगलबार बाक्सिला बजारमा आयोजित कार्यक्रममा राईसहित २१ जना नेकपा प्रवेश गरेका हुन् ।

    राईका अनुसार एमाले गाउँपालिका उपसचिव रमेश परियार, इलाका समिति सदस्य निरण श्रेष्ठ, वडा नं. ४ बाक्सिला गाउँ कार्यसमिति अध्यक्ष दिनेश राई लगायतका नेता तथा कार्यकर्ता एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

    नेकपा उम्मेदवार हरि रोकासहित पूर्वसांसद टंक राई, पूर्वप्रतिनिधिसभा सदस्य रामकुमार राई लगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए । २०८२ माघ २१ गते ।

  • ‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

    ‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

    काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्वाचन सुरक्षा प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले लगाउने पोसाक खरिदमा प्रहरीले सीमित ठेकेदारसँग सेटिङ गरेर लागत तथा बजारमूल्यभन्दा अस्वाभाविक मूल्यमा पोसाक खरिद गरेर भ्रष्टाचार गरेको पाइएको हो ।

    गृह मन्त्रालय र गृहमन्त्री अर्याल बेखबर

    निर्वाचन प्रयोजनका लागि गरिने खरिदमा सार्वजनिक खरिद ऐनअनुसार ठेक्का प्रक्रिया गर्न ुनपर्ने व्यवस्थाको फाइदा उठाउँदै प्रहरीले सीमित ठेकेदारलाई सेटिङमा पोसाक आपूर्तिको जिम्मा दिएको छ । सरकारले आगामी २१ फागुनमा हुने निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी (म्यादी) भर्नाको अनुमति दिएसँगै नेपाल प्रहरीले भर्ना प्रक्रिया अघि बढाएको थियो ।

    प्रहरीको मानवस्रोत विकास विभागले निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२ अनुसार भर्ना प्रक्रिया पूरा गरेर हाल निर्वाचन प्रहरीको तामिल सञ्चालन भइरहेको छ । तालिम सकिएपछि फिल्डमा खटाउँदा लगाउने पोसाकमा भने यसपटक ४० करोड रुपैयाँभन्दा बढी राज्यकोषलाई नोक्सान हुनेगरी सेटिङ मिलाइएको पाइएको हो ।

    म्यादी प्रहरीका लागि चुस्ता (सर्ट पाइन्ट), जुत्ता, मोजा, बेल्ट, स्वेटर र लाठी उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । प्रहरीले एकजना म्यादीका लागि यी सामग्री ठेकेदारबाट ६ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने सहमति गर्दै त्यसअनुसार बजेट पारित गरेको प्रहरी उच्च स्रोतले बताएको छ । तर यी पोसाक सामग्रीको बजार मूल्य भने जम्मा ३ हजार ५ सय रुपैयाँ मात्र पर्ने प्रहरी अधिकारीहरु नै बताउँछन् ।

    ३ हजार ५ सय पर्ने निर्वाचन प्रहरीको पोसाकलाई ६ हजार ५ सयमा किनियो

    पोशाक खरिदमा प्रहरी प्रधान कार्यालयको हस्तक्षेप

    सीमित ठेकेदारलाई सेटिङमा विभिन्न जिल्लामा आपूर्तिको जिम्मा

    – ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि२०८२उल्लंघन

    प्रहरीका अनुसार निर्वाचन प्रहरीलाई उपलब्ध गराइने २ जोर चुस्ताको बजार मूल्य २ हजार रुपैयाँ पर्छ भने कपडाको जुत्ताको बजार मूल्य ६ सय रुपैयाँ छ । उनीहरूलाई उपलब्ध गराउन लागिएको बेल्ट (पेटी)को मूल्य १ सय ५० रुपैयाँ, स्वेटरको मूल्य ५ सय रुपैयाँ, २ जोर मोजाको १ सय ५० रुपैयाँ र लाठीको १ सय रुपैयाँ बजार मूल्य छ ।

    यी सबै गरी एकजना म्यादी प्रहरीका लागि पोसाक खरिदका लागि ३ हजार ५ सय रुपैयाँ खर्च हुन्छ । कपडा र जुत्ता उत्पादकहरूका अनुसार यो मूल्यमा पनि बेल्ट, मोजा, लाठीलगायतका सामग्री अझ सस्तो मूल्यमा उपलब्ध गराउन सकिन्छ भने स्वेटरको भने प्रहरीले तय गरेको गुणस्तर हेरेर मात्र मूल्य निर्धारण गर्न सकिन्छ । तर प्रहरी प्रधान कार्यालयले भने ठेकेदारसँगको मिलेमतोमा एक जना निर्वाचन प्रहरीका लागि पोसाक खरिदका लागि ६ हजार ५ सय रुपैयाँ बजेट स्वीकृत गराएको छ ।

    स्रोेतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पोसाक आपूर्तिको ठेक्का पार्दै आएका ज्ञानेन्द्र बस्नेतको जय सलिना इन्टरप्राइजेज, मित्र लामाको समृद्धि इन्टरनेसनल, श्रवण अग्रवालको क्यामोङ्खलागदेखि विगतमा ठेक्का नपाएर विभिन्न ठाउँमा उजुरी गर्दै हिँडिरहेका राजमान मिश्राको जय हनुमान इन्टरप्राइजेजसम्मले यसपटक सेटिङमा निर्वाचन प्रहरीको पोसाक आपूर्तिको ठेक्का पाएका छन् ।

    यीसहित केही नयाँ ठेकेदारलाई प्रहरी प्रधान कार्यालयले नै विभिन्न जिल्ला छुट्याएर निर्वाचन प्रहरीलार्ई पोसाक उपलब्ध गराउन अनुमति दिएको छ ।

    निर्वाचन प्रहरीको परिचालन र बन्दोबस्ती हेरिरहेका मधेस प्रदेशका एक प्रहरी अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयले नै पोसाक उपलब्ध गराउने आपूर्तिकर्ताको लिस्ट उपलब्ध गराएकाले सोही आपूर्तिकर्तालाई नै जिम्मा दिने तयारी भइरहेको छ । उनका अनुसार एकजना निर्वाचन प्रहरीका लागि लाठीदेखि पोसाकसम्मका लागि ६ हजार ५ सय रुपैयाँ भुक्तानी दिन प्रहरी प्रधान कार्यालयबाटै निर्देशन आएको छ ।

    निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२ मा निर्वाचन प्रहरीलाई नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएबमोजिमको दररेटको आधारमा पोसाकबापतको रकम उपलब्ध गराइने उल्लेख छ । कार्यविधिमा यो रकम निर्वाचन प्रहरी स्वयंलाई उपलब्ध गराउने हो या सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराउने भन्ने विषय मौन छ ।

    तर प्रहरी प्रधान कार्यालयले भने पोसाकबापतको रकम सम्बन्धित निर्वाचन प्रहरीलाई नै उपलब्ध हुने व्यवस्था रहेको दाबी गरेको छ । उसले समय अभावका कारण प्रहरीले पोसाक व्यवस्थापनको समन्वय मात्र गरेको बताएको छ

    किन देख्दैनन् गृहमन्त्री अर्याल ?
    निर्वाचन प्रहरीको पोसाक खरिदमा केन्द्रदेखि जिल्लासम्मको प्रहरी संरचना, ठेकेदार, आपूतिकर्तालगायतले सेटिङ गरेर राज्यकोषमाथि भार पारे पनि यस विषयमा गृह मन्त्रालयदेखि गृहमन्त्री ओमप्रकाश अर्यालसम्म मौन छन् । गृह मन्त्रालयका अधिकारीहरू यस विषयमा जानकारी नभएको बताउँछन् । गृहमन्त्रीको सचिवालयले भने पोसाक खरिद, बस्दोबस्ती र आपूर्तिका विषयमा केही थाहा नभएको बताउँदै गुनासो आए या प्रमाण फेला परे कारबाही हुने बताएको छ ।

    प्रहरी प्रवक्ता भन्छन्अनियमितता छैन
    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी अबिनारायण काफ्लेले सेटिङमा निर्वाचन प्रहरीको पोसाक खरिद गरिएको तथ्य अस्वीकार गरेका छन् । राजधानीसँग कुरा गर्दै उनले पोसाक खरिदको जिम्मा ७७ वटै जिल्लाका प्रहरी कार्यालयलाई नै दिइएको र उनीहरूले आवश्यकताका आधारमा खरिद गरेर उपलब्ध गराउने दाबी गरे ।

    पोसाक खरिदमा टेन्डरको आवश्यकता नपर्ने भन्दै उनले खरिदमा प्रहरी प्रधान कार्यालयको कुनै पनि हात नहुने दाबी गरे । तर, उनले निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्वन्धि एकीकृत कार्यविधि–२०८२ मा निर्वाचन प्रहरीलाई नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएबमोजिमको दररेटको आधारमा पोसाकबापतको रकम उपलब्ध गराइने विषयमा भने स्पष्ट जवाफ दिएनन् ।

    प्रहरीले एकजना निर्वाचन प्रहरीका लागि पोसाक खरिदका लागि कति रकम खर्च गर्ने अख्तियारी दिएको छ भन्ने विषयमा भने उनले बुझेर जवाफ दिने बताएका छन् । ‘बजार मूल्यभन्दा बढीमा पोसाक खरिद गरियो भन्ने विषयमा सत्यता छैन, सम्बन्धित जिल्लाबाटै उपलब्ध गराइने हो, यसमा प्रधान कार्यालयको भूमिका कतै हुँदैन,’ उनले भने । राजधानी दैनिक पत्रीकाबाट साभार

  • साकेलामा सडक सरसफाई

    साकेलामा सडक सरसफाई

    साकेला (टे स)

    खोटाङको साकेला गाउँपालिकामा जनश्रमदानमार्फत सडक सरसफाई तथा मर्मत कार्यलाई तीव्रता दिइएको छ। गाउँपालिकाले सञ्चालन
    गरिरहेको ‘श्रम साकेला अभियान’ अन्तर्गत पालिका क्षेत्रभित्र निरन्तर रूपमा विकास निर्माण तथा सरसफाईका कार्यक्रमहरू अघि बढाइँदै
    आएको हो।
    गाउँपालिकाको नीतिगत निर्णय अनुसार हालै मात्र साकेला गाउँपालिकाको प्रमुख सडक खण्ड साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक अन्तर्गत
    वडा नम्बर ३ खिदिमास्थित खरुवाखोलादेखि तावाभञ्ज्याङसम्मको सडक सरसफाई तथा मर्मत कार्य सम्पन्न गरिएको छ। लामो समयदेखि बिग्रँदै
    आएको सडक खण्डमा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता, जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त पहलमा श्रमदानमार्फत सुधार
    गरिएको हो।
    जनश्रमदानका क्रममा सडकमा जमेको माटो, ढुंगा तथा झारपात हटाइनुका साथै सडक छेउछाउमा फैलिएका बोटविरुवाहरू काटेर यातायात
    आवागमन सहज बनाइएको छ। यस अभियानले सडकको स्वरूप मात्र होइन, स्थानीय नागरिकमा स्वामित्व भावना र सामूहिक जिम्मेवारीको
    चेतनालाई पनि बलियो बनाएको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभएको छ।
    गाउँपालिकाले विकासलाई केवल बजेट र योजनामा सीमित नराखी नागरिकको श्रम, सीप र सहभागितासँग जोडेर अघि बढाउने नीति लिईएको
    अध्यक्ष राईले जनाउनु भएको छ। ‘श्रम साकेला अभियान’ मार्फत साना तर दीर्घकालीन प्रभाव पार्ने कामहरू गर्दै समृद्ध साकेला निर्माणको आधार
    तयार गरिने उहाँको भनाई छ।

    स्थानीय सय कुमार राईका अनुसार यस्तो अभियानले गाउँको विकासप्रति सबैलाई जिम्मेवार बनाउनुका साथै आपसी सहकार्य र एकताको
    भावना बढाएको बताउनुभयो। “विकास बाहिरबाट होइन, हामी आफैँबाट सुरु हुनुपर्छ” भन्ने सोचका साथ अगाडि बढाइएको अभियानले
    भविष्यमा अन्य क्षेत्रको विकासमा समेत सकारात्मक उदाहरण प्रस्तुत गर्ने अपेक्षा राखिएको छ।
    गाउँपालिकाले आगामी दिनमा पनि सडक, खानेपानी, सरसफाई तथा सार्वजनिक संरचनाको संरक्षण र मर्मतका लागि श्रमदान अभियानलाई
    निरन्तरता दिने जनाएको छ।
    साकेला- खोटाङको साकेला गाउँपालिकामा जनश्रमदानमार्फत सडक सरसफाई तथा मर्मत कार्यलाई तीव्रता दिइएको छ। गाउँपालिकाले सञ्चालन
    गरिरहेको ‘श्रम साकेला अभियान’ अन्तर्गत पालिका क्षेत्रभित्र निरन्तर रूपमा विकास निर्माण तथा सरसफाईका कार्यक्रमहरू अघि बढाइँदै
    आएको हो।
    गाउँपालिकाको नीतिगत निर्णय अनुसार हालै मात्र साकेला गाउँपालिकाको प्रमुख सडक खण्ड साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक अन्तर्गत
    वडा नम्बर ३ खिदिमास्थित खरुवाखोलादेखि तावाभञ्ज्याङसम्मको सडक सरसफाई तथा मर्मत कार्य सम्पन्न गरिएको छ। लामो समयदेखि बिग्रँदै
    आएको सडक खण्डमा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता, जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त पहलमा श्रमदानमार्फत सुधार
    गरिएको हो।
    जनश्रमदानका क्रममा सडकमा जमेको माटो, ढुंगा तथा झारपात हटाइनुका साथै सडक छेउछाउमा फैलिएका बोटविरुवाहरू काटेर यातायात
    आवागमन सहज बनाइएको छ। यस अभियानले सडकको स्वरूप मात्र होइन, स्थानीय नागरिकमा स्वामित्व भावना र सामूहिक जिम्मेवारीको
    चेतनालाई पनि बलियो बनाएको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभएको छ।
    गाउँपालिकाले विकासलाई केवल बजेट र योजनामा सीमित नराखी नागरिकको श्रम, सीप र सहभागितासँग जोडेर अघि बढाउने नीति लिईएको
    अध्यक्ष राईले जनाउनु भएको छ। ‘श्रम साकेला अभियान’ मार्फत साना तर दीर्घकालीन प्रभाव पार्ने कामहरू गर्दै समृद्ध साकेला निर्माणको आधार
    तयार गरिने उहाँको भनाई छ।
    स्थानीय सय कुमार राईका अनुसार यस्तो अभियानले गाउँको विकासप्रति सबैलाई जिम्मेवार बनाउनुका साथै आपसी सहकार्य र एकताको
    भावना बढाएको बताउनुभयो। “विकास बाहिरबाट होइन, हामी आफैँबाट सुरु हुनुपर्छ” भन्ने सोचका साथ अगाडि बढाइएको अभियानले
    भविष्यमा अन्य क्षेत्रको विकासमा समेत सकारात्मक उदाहरण प्रस्तुत गर्ने अपेक्षा राखिएको छ।
    गाउँपालिकाले आगामी दिनमा पनि सडक, खानेपानी, सरसफाई तथा सार्वजनिक संरचनाको संरक्षण र मर्मतका लागि श्रमदान अभियानलाई
    निरन्तरता दिने जनाएको छ । २०८२ पुस १३

  • फ्रि वाइफाइ, डिजिटल पालिका निर्माण गरिने

    फ्रि वाइफाइ, डिजिटल पालिका निर्माण गरिने

    फ्रि वाइफाइ, डिजिटल पालिका निर्माण गरिने

    साकेला टे स

    साकेला गाउँपालिकाले सार्वजनिक स्थलहरूमा फ्रि वाइफाइ सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले डिजिटल प्रविधिको पहुँच विस्तारका लागि महत्वपूर्ण सार्वजनिक स्थलहरुमा फ्रि वाईफाई सेवा उपलब्ध गराएको हो । गाउँपालिकाले वडा नम्बर ५ मात्तिमस्थित पालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला र गाउँपालिकाको केन्द्रमा रहेको मानेभन्ज्याङ पार्कमा फ्रि वाईफाई सेवाको पहुँच विस्तार सुरु गरिसकेको छ ।

    विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँगको साझेदारीमा पालिकाले उक्त स्थानहरुमा एक हजार एमविपिएस क्षमता बराबरको फ्रि वाईफाई विस्तार गरेको हो । पालिकाले वडा नम्बर २ को रतन्छास्थि साकेला (थान) पार्क र तावाभन्ज्याङ क्षेत्रमा समेत फ्रि वाईफाई जडान गर्ने तयारी गरेको छ । फ्रि वाईफाई सेवाको उपलब्धतासँगै सो क्षेत्रहरुमा सिसि क्यामेरा समेत जडान गरिएको छ । विभिन्न पूर्वाधारहरुको निर्माणसँगै पालिकाले उक्त स्थानहरुको गतिविधिको नियमित निगरानीका लागि सिसिक्यामेरा राखेको हो । पालिकाको केन्द्रमा बसेर उक्त स्थानमा हुनेगरेका गतिविधिको निगरानी गरिनेछ ।

    गाउँपालिका अध्यक्ष रवि प्रकाश राईका अनुसार निःशुल्क वाइफाइ सेवाले इन्टरनेटको पहुँच नपाएका साकेलाबासी नागरिक, विद्यार्थी तथा बाहिरबाट घुम्नका लागि आउने आगन्तुक पाहुनाहरुलाई लाभ पुग्ने अपेक्षा गरिएको बताउनुभयो । अनलाइन कक्षा, ई–लाइब्रेरी, अनुसन्धान सामग्री तथा नयाँ–नयाँ प्रविधि सिक्न चाहनेहरूका लागि यो सेवा उपयोगी हुने उहाँको भनाई छ ।

    डिजिटल पर्यटन प्रवर्द्धन, स्मार्ट पालिका निर्माण तथा डिजिटल साक्षरता विस्तारलाई पनि लक्षित गर्दै फ्रि वाइफाइको सेवा जडान गरिएको अध्यक्ष राईले बताउनुभयो । आगन्तुकहरूले स्थान सम्बन्धी जानकारी, डिजिटल नक्सा, अनलाइन पेमेन्ट तथा अन्य डिजिटल सेवा सहजै प्रयोग गर्न पाउने हुँदा फ्रि वाईफाई सेवाले पर्यटन प्रबर्द्धनमा पनि सकारात्मक प्रभाव पर्ने उहाँको अपेक्षा छ ।

    प्रविधिमैत्री सेवामा लगानी गर्दै साकेला गाउँपालिका ‘स्मार्ट पालिका’को अवधारणालाई मूर्तरूप दिन दिनरात लागि परिरहेको छ । फ्रि वाइफाइ सहितको प्रविधि विस्तारले भविष्यमा स्मार्ट सिसिटिभी, डिजिटल सूचना बोर्ड, अनलाइन सेवा प्रवाह लगायतका प्रणाली कार्यान्वयन गर्न सहज हुने अध्यक्ष राईको अपेक्षा छ ।