× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / झापामा गोलि चल्यो

झापामा गोलि चल्यो

टे स

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेन–जी युवाको आन्दोलनमाथि प्रहरीले गोली चलाएको छ ।

दमक चोकमा प्रदर्शपछि जु्लुस लगाउँदै दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएर नगरपालिकाको गेट तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीको हस्तक्षेपपछि भीड अनियन्त्रित बन्दै गएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर एक जना घाइते भएको स्थानीयले बताएका छन् । प्रहरीले भने घटनाबारे स्पष्ट जानकारी दिएको छैन ।

प्रदर्शनकारीहरुले नगरपालिका अगाडी मोटरसाइकल आगजनी गरेको र त्यहाँ जोडिएका सीसि क्यामेरासमेत तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर झापाको कमल ५ का प्रकाश भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको बताइएको छ ।

झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले भिड अनियन्त्रित भएपछि हवाई फायर गरेको जानकारी आएको बताएका छन् । थप सुरक्षा टोली त्यसतर्फ पठाएको जानकारी दिँदै उनले अवस्था यकिन भइनसकेको उल्लेख गरे ।साभार हाम्रो मत

प्रतिक्रिया दिनुहोस्