× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / पुर्वध्यक्षा सहित २१ जना नेकपामा प्रवेश

पुर्वध्यक्षा सहित २१ जना नेकपामा प्रवेश

बाक्सिला- एमाले खोटाङका नेता तथा केपिलासगढी गाउँपालिकाका पूर्वअध्यक्ष कृष्णकुमार राई नेपाली कम्युनिस्ट पार्टीमा  प्रवेश गर्नु भएकोछ । मंगलबार बाक्सिला बजारमा आयोजित कार्यक्रममा राईसहित २१ जना नेकपा प्रवेश गरेका हुन् ।

राईका अनुसार एमाले गाउँपालिका उपसचिव रमेश परियार, इलाका समिति सदस्य निरण श्रेष्ठ, वडा नं. ४ बाक्सिला गाउँ कार्यसमिति अध्यक्ष दिनेश राई लगायतका नेता तथा कार्यकर्ता एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा उम्मेदवार हरि रोकासहित पूर्वसांसद टंक राई, पूर्वप्रतिनिधिसभा सदस्य रामकुमार राई लगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए । २०८२ माघ २१ गते ।

प्रतिक्रिया दिनुहोस्