किकोस टेम्के सम्बाददाता .
जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लमा माघ महिनाको उत्कृष्ट प्रहरीको सम्मान प्रहरी सहायक निरिक्षक गोपि कटुवाललाई दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका २ रत्नपार्क विटमा इन्चार्जकारुपमा कार्ययत कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले कदरपत्रसहित सम्मान गर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा सम्मान पत्र प्रदान गर्दै आगामी दिनमा समेत उत्कृष्ट सेवा प्रदान गर्न कटुवाललाई हौसला मिलोस भन्ने शुभकामना सहित कदरपत्र प्रदान गरिएको प्रनाउ लम्सालले बताउनु भयो । कदर पत्रमा समाजमा हुने विभिन्न किसिमका अपराधिक गतिविधीहरु नियन्त्रणमा विभिन्न सरोकारवाला सरकारी गैर सरकारी कार्यालयहरुसँग आवश्यक समन्वय गरेर अपराध न्युनिकरण गर्न सफल भएको तथा विभिन्न घटनाहरुको घटना स्थलबाट सकुशल हातहतियार सहित अपराधी नियन्त्रण गर्न सफल नेतृत्व गरेको उल्लेख छ ।
यसका साथै प्रहरी संगठनको निति र निर्देशन पालना गर्ने र मातहतका प्रहरी परिचालनमा समेत कुशल नेतृत्व प्रदान गर्न सफल देखिएकाले माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरि कदरपत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (फागुन १३ गते सुक्रबार)
Category: स्थानीय
-

रत्नपार्क बिटका कटुवाल माघ महिनाको उत्कृष्ट प्रहरी
-

महिला उद्यमीहरुको तालिम समापन
टेम्के सम्दाबदाता । खोटाङमा उद्यमशिल महिलाहरुको अचार बनाउने तालिम एक समारोहका बिच सोमबार समापन भएको छ । आठ दिने अर्गानिक अचार बनाउने तालिममा प्रशिक्षर्थीहरुले प्रशिक्षणकोक्रममा तयार पारिएको बिभिन्न प्रकारका अर्गानिक अचार कार्यक्रममा सजाईएको थियो ।
कार्यक्रमको प्रमूख अथिती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमूख दिपनारायण रिजाल हुनुहुन्थ्यो त्यसैगरि समापन कार्यक्रको कार्यक्रम अध्यक्ष महिला उद्यमी संघ खोटाङकी अध्यक्ष बिमला राईले गर्नुभएको थियो । तालिमकी प्रशिक्षक कमला बास्कोटा रिजालले हुनुहुन्थ्यो भने समापन कार्यक्रममा महिला सहभागीहरुले उद्यमलाई निरन्तरता दिने प्रतिबद्दता समेत गरेका थिए । तालिममा जिल्लाका बिभिन्न स्थानका ४० जना महिला उद्यमीहरुको सहभागीता रहेको संघकी अध्यक्ष बिमला राईले बताउनु भयो । (२०७८ फागुन १० गते) -

कासको कुटाईले बालिका घाईते
टेम्के समाचारदाता । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक बिद्यालयमा कार्यालय सहयोगीले बालिकालाई पिट्दा बालिका घाईते भएको छ । दिक्तेल बजारको श्री सरस्वती आधारभुत बिद्यालय पोखरीका कार्यालय सहयोगी सुनिल बजिमयले सोहि विद्यालयकी ११ बर्षिया बालिकालाई बिहिबार कुटपिट गरि घाईते बनाएको हो ।
बालिकालाई बिद्यालयमा कक्षाकोठा बाहिर निस्किएको निहुमा कास बजिमयले देब्रे खुट्टाको पासुलामा पोलेथिनको पाईपले पिट्दा बालिका घाईते भएको छ । बालकको देब्रे पासुलामा पाईपको निलडाम बसेको अबिभाबक सर्मिला बिकले बताउनु भयो । बालिकाले पिटेको बिषयमा बिद्यालयलका शिक्षक र अबिभाबकहरुको बिहिबार छलफल गरिएता पनि शिक्षकहरुको तर्फबाट सम्बन्धित नीकायमा कुरा राखिदिने सहमती भएको प्रअ मिनबहादुर भट्टराईले बताउनु भयो । तर सो सहमति नभई अफुहरुलाई टालटुल गरि पन्छाउने मेलो गरेको अबिभाबकहरुले गुणासो गरेका छन् । (२०७८ मंसिर १० गते) -

वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जसपा ः राई
खोटाङ, असोज १४– जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले समाजवाद प्राप्तीका लागि आफ्नो पार्टी वाम लोकतान्त्रिक गठबन्धनको पक्षमा रहेको बताएका छन् । जनता समाजवादी पार्टीले बिहिबार दिक्तेस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष राईले पछिल्लो समय अधिकांश दलले समाजवादलाई अवलम्बन गरिरहेको उल्लेख गर्दै जसपा वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने बताएका हुन् । ‘समाजवाद प्राप्तीका लागि वाम लोकतान्त्रिक गठबन्धनको आधारमा अघि बढ्ने चेष्टा गरिरहेका छौँ । तर, यो हाम्रो चाहनाले मात्र पुरा हुने कुरा होईन । अन्य पार्टीको चाहना र आवश्यकता के हो ? कस्तो नीति र व्यवहार अवलम्बन गर्छन्, त्यही हिसावले हामी अघि बढ्नु पर्ने हुन्छ,’ राईले भने, ‘सम्भवतः राष्ट्रव्यापी रुपमा ध्रुवीकरण सुरु भएको छ । केही पुरानो पार्टीले आफुलाई एक्लै अघि बढाउन कोसिस गर्लान् वा उनीहरुको पक्षमा गएर गठबन्धन गर्न अरु पार्टी तयार नहोलान् । त्यस्तो बेलामा अहिले रहेको वाम लोकतान्त्रिक गठबन्धन नै अघि बढ्ने देखिन्छ ।’
केन्द्रिय सदस्य एबं किरात राष्ट्रिय समितिका अध्यक्ष राईले वाम लोकतान्त्रिक ध्रुवीकरणका लागि अनौपचारिक रुपमा वार्ता, सम्वाद र छलफल अघि बढिरहेको जानकारी दिए । २०७८ असोज १६ गते । (यो समाचार पत्रकार दमन राईको सहयोगमा तयार पारिएको हो) -

दिक्तेल लफ्याङ ग्राभेल सुरु
टेम्के खबर सम्बाददाता । दिक्तेलको हस्पिटल चोक देखि लप्mयाङ सडक बिहिबार देखि ग्राभेल गर्ने कार्य सुरु भएको छ ।
हस्पिटल चोक देखि साँढे सात किलोमिटर ग्राभेल हुने उक्त सडकको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले एक समारोहका बीच उद्घाटन गर्नु भएको थियो । साँढे सात मिटर चौडाई रहने उक्त ग्राभेल सडक निर्माण भए पछि खोटाङको दक्षिणी क्षेत्रका जनताहरुलाईलाई यातायात सुबिधा हुने नगर प्रमुख दिपनारायण रिजालले बताउनु भयो । सडक ग्राभेल गर्नको लागि साँढे सात करोड खर्च हुने नगर प्रमुख रिजालले बताउनु भयो ।
उक्त सडक ग्राभेल नभएका कारण खोटाङको दक्षिणी क्षेत्रका साकेला दिपु्रङ चुईचम्मा, खोटेहाङ, बराहापोखरी र जन्तेढुङ्गा गाउँपालिका संग बर्षाको समयमा यातायात आवतजावत गर्न कठिनाई हुने गरेको थियो । उक्त सडकमा बर्षाको समय, बैसाख देखि असोज सम्म ठूला यातायातको साधन आवतजावत ठप्प नै हुने गरेको थियो भने साना मोटरसाईकल ट्याक्टर भने जोखिम मोलेर सञ्चालन हुने गरेका थिए । (असोज १३ गते बुधबार) -

उपचार खर्च तिर्न नसक्दा आत्महत्या तीन बच्चाको बिचल्लि
श्रीमतीको खुसि र छोराछोरीको भबिश्य उज्यालो बनाउन बिदेश गएका तिलक राईले उपचार गरेको ऋण तिर्न नसक्दा आत्महत्या गरेका कारण तीन बाच्चाहरु बिचल्निमा परेका छन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्वल्माका आप्mना परिवारको मीठो र सफल भबिस्यको खातिर आज भन्दा नौ बर्ष अघि बैदेशीक रोजगारको लागि कतार गए तर कतारमा कार्यरत रहेकै बेला प्यारालाईसिस भई स्वदेस फर्काइए । राई दाहिने हात खुट्टा नचल्ने अबस्थामा घर फर्किएर उपचार गर्दा लागेको खर्च तीर्न नसक्दा २०७८ असार २० गते आत्महत्या गरेका कारण श्रीमती सहित दुई छोरी र एक छोरा बिचल्लि परेका हुन् ।
राई कतारबाट फर्कदा शौचालय जान नसक्ने अबस्थामा रहेको तर घर आए पछि उपचार गरेपछि हिडेर शौचालय सम्म जान सक्ने भएका थिए तर उनलाई साहुको ऋणको कारण आत्महत्यको बाटो रोजेको श्रीमती ……………… राईले सुनाईन् ।