× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / महिला उद्यमीहरुको तालिम समापन

महिला उद्यमीहरुको तालिम समापन

टेम्के सम्दाबदाता । खोटाङमा उद्यमशिल महिलाहरुको अचार बनाउने तालिम एक समारोहका बिच सोमबार समापन भएको छ । आठ दिने अर्गानिक अचार बनाउने तालिममा प्रशिक्षर्थीहरुले प्रशिक्षणकोक्रममा तयार पारिएको बिभिन्न प्रकारका अर्गानिक अचार कार्यक्रममा सजाईएको थियो ।
कार्यक्रमको प्रमूख अथिती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमूख दिपनारायण रिजाल हुनुहुन्थ्यो त्यसैगरि समापन कार्यक्रको कार्यक्रम अध्यक्ष महिला उद्यमी संघ खोटाङकी अध्यक्ष बिमला राईले गर्नुभएको थियो । तालिमकी प्रशिक्षक कमला बास्कोटा रिजालले हुनुहुन्थ्यो भने समापन कार्यक्रममा महिला सहभागीहरुले उद्यमलाई निरन्तरता दिने प्रतिबद्दता समेत गरेका थिए । तालिममा जिल्लाका बिभिन्न स्थानका ४० जना महिला उद्यमीहरुको सहभागीता रहेको संघकी अध्यक्ष बिमला राईले बताउनु भयो । (२०७८ फागुन १० गते)

प्रतिक्रिया दिनुहोस्