× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / दिप्रुङ गापाले ३३ लाखको योजना संसोधन ग¥यो

दिप्रुङ गापाले ३३ लाखको योजना संसोधन ग¥यो

खोटाङ ÷ खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नौ योजनालाई संशोधन गर्दै रकमान्तर गरेको छ । सोमबार सम्पन्न १० औं हिउँदे गाउँसभामार्फत गाउँपालिकाले ३३ लाखको विभिन्न योजनालाई संशोधन गर्दै नयाँ योजनामा रकमान्तर गर्ने निर्णय गरेको हो ।

दिप्रुङ गाउँपालिका–१ याम्खास्थित साना जुत्ता तथा चप्पल उद्योगका लागि विनियोजित ३ लाखमध्ये चुलिपहरा याम्खा सडक योजनाका लागि २ लाख ५० हजार र देउराली राईटोल हुँदै इश्वर विष्टको घरसम्म सडक निर्माणका लागि ५० हजार विनियोजन गरिएको गाउँसभा सदस्य अमृत गिरीले जानकारी दिए ।

यस्तै, दिप्रुङ गाउँपालिका–२ डाँडागाउँस्थित वासमाला कोप्चे खानेपानी योजनाका लागि विनियोजन गरिएको २ लाख बजेटमध्ये नाली भीमसेनथान मन्दिर निर्माणमा १ लाख, बोडिङ मुहान भइ ओख्रेबजार खानेपानी योजनाका लागि ५० हजार र वारङ खानेपानी योजनाका लागि ५० हजार विनियोजन गरिएको छ ।

गाउँसभाले डाँडागाउँकै गेरीबारी खानेपानी योजनाका लागि विनियोजन गरिएको १ लाख ५० हजारको सट्टा मझौं सडक सोलिङ तथा वाल निर्माणको काम गर्ने निर्णय गरेको छ । डाँडागाउँस्थित नालिटार खानेपानी योजनाका लागि विनियोजित २ लाखबाट पञ्चकन्य आधारभुत विद्यालय शौचालय निर्माणका लागि १ लाख ५० हजार र नालीडाँडा घर धारा मर्मतका लागि ५० हजार खर्च गरिने भएको छ ।

यस्तै, दिप्रुङ गाउँपालिका–३ छोरम्बुस्थित खरुवा खोला रोभोलुङ राजकुलोका लागि विनियोजन गरिएको १५ लाखमध्ये सिस्ने खानेपानी मर्मत रोभोलुङका लागि ५ लाख, रोभोलुङ आहालडाँडा रातमाटा सडकका लागि ५ लाख, बुल्कुखोला मुहान भइ वारिपुच्छरसम्म आउने कुलोका लागि १ लाख, कोटालेडाँडा जाने सडकका लागि २ लाख र याङसोला वरडाँडा सडकका लागि २ लाख विनियोजन गरिएको छ । छोरम्बुकै एकछाँगे कुलो मर्मतका लागि बिनियोजन गरिएको ४ लाखले सापातेल खेलमैदान प्याराफिट निर्माणको काम गर्ने निर्णय गरिएको गाउँसभा सदस्य गिरीले बताए ।

दिप्रुङ गाउँपालिका–४ बतासेस्थित बालाचौंर खानेपानी योजनाका लागि विनियोजन गरिएको २ लाख र पिपलकुवा मर्मतका लागि विनियोजन गरिएको १ लाखबाट बाचाचौंर खाल्ले सडक निर्माण गरिने भएको छ ।

दिप्रुङ गाउँपालिका–५ सछितापोखरीस्थित दाहाल प्रतिष्ठान कुलपुजा मन्दिर निर्माणका लागि विनियोजन गरिएको ३ लाखबाट दाहाल प्रतिष्ठानमा वाल निर्माण गर्नेगरी रकमान्तर गरिएको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्ष खर्च हुन नसकेर सञ्चित कोषमा जम्मा भएका ४९ लाख बजेट २५ वटा नयाँ योजनामा विनियोजन गरिएको छ ।(यो समाचार खोटाङ खबर डटकमबाट सहयोग लिईएको हो)

प्रतिक्रिया दिनुहोस्