× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / यथास्थितिबादीहरुको बिरुद्ध यो सरकारः मन्त्री राई

यथास्थितिबादीहरुको बिरुद्ध यो सरकारः मन्त्री राई

टेम्के सम्बाददाता । नवनियुक्त सामाजिक विकासमन्त्री राजन राईले यथास्थितिबादीहरको बिरुद्ध यो सरकार गठन भएको ब्यक्त गर्नु भएको छ । नेपाल कम्यूनिष्ट पार्टी समाजबादीका पोलिटब्यूरो सदस्य समेत रहनु भएका मन्त्री राईले उक्त कुरा सनिबार खोटाङको दिक्तेलमा एक कार्यक्रममा बताउनु भएको हो ।
एक नम्बर प्रदेश सामाजिक बिकासमन्त्री राईले मन्त्रीमा नियुक्ती भएपछि पहिलो पटक गृह जिल्ला आउनु हुदा नेकपा समाजबादी जिल्ला समितिद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमालेलाई संज्ञा दिदै यथास्थितिबादी देशका ठूला पार्टीहरु यथास्थितिबाद र गणतन्त्र बिरोधी भएको आरोप लगाउनु भयो ।
मन्त्री राईले अहिलेको गठन्धन भत्काउनको लागि देशी बिदेशी शक्तिहरु लागि परेकोले मिलियन च्यालेन्ज कर्पोरेशन (एमसिसि) जस्ताको तस्तै पास गर्न नहुने र बरु जति बेला पनि यो गठबन्धन सरकार छोड्न सकिने प्रष्ट पार्नु भयो । सकभर गठबन्धन जोगाउने तीर लागिन्छ तर एमसिसि यथास्थितिमा पारित गर्ने सहमत नभएको मन्त्री राईको धारण थियो ।
मन्त्री राईले प्रदेशको नमाकरण सम्बन्धि बिचार राख्नुहुदै भन्नु भयो नामकरण सम्बन्धि सम्बैधानिक जटिलता रहेको र गठबन्धन भित्र पनि एक मत नभएको कारण पनि अहिले सम्म नामाकरण हुन नससेको बताउनु भयो । तर मन्त्री राईले आप्mनो ब्यक्तिगत धराणालाई अघि सार्नुहुदै एक नम्बर प्रदेशको नाम पहिचान र भुगोलको आधारमा राखिनु पर्ने प्रष्ट्याउनु भयो । २०७८ माघ २० गते ।

प्रतिक्रिया दिनुहोस्