× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / कासको कुटाईले बालिका घाईते

कासको कुटाईले बालिका घाईते

टेम्के समाचारदाता । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक बिद्यालयमा कार्यालय सहयोगीले बालिकालाई पिट्दा बालिका घाईते भएको छ । दिक्तेल बजारको श्री सरस्वती आधारभुत बिद्यालय पोखरीका कार्यालय सहयोगी सुनिल बजिमयले सोहि विद्यालयकी ११ बर्षिया बालिकालाई बिहिबार कुटपिट गरि घाईते बनाएको हो ।
बालिकालाई बिद्यालयमा कक्षाकोठा बाहिर निस्किएको निहुमा कास बजिमयले देब्रे खुट्टाको पासुलामा पोलेथिनको पाईपले पिट्दा बालिका घाईते भएको छ । बालकको देब्रे पासुलामा पाईपको निलडाम बसेको अबिभाबक सर्मिला बिकले बताउनु भयो । बालिकाले पिटेको बिषयमा बिद्यालयलका शिक्षक र अबिभाबकहरुको बिहिबार छलफल गरिएता पनि शिक्षकहरुको तर्फबाट सम्बन्धित नीकायमा कुरा राखिदिने सहमती भएको प्रअ मिनबहादुर भट्टराईले बताउनु भयो । तर सो सहमति नभई अफुहरुलाई टालटुल गरि पन्छाउने मेलो गरेको अबिभाबकहरुले गुणासो गरेका छन् । (२०७८ मंसिर १० गते)

प्रतिक्रिया दिनुहोस्