× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / खोटाङ काँग्रेस सभापतिमा बिष्णु राईको प्यानलै बिजयी

खोटाङ काँग्रेस सभापतिमा बिष्णु राईको प्यानलै बिजयी

टेम्के समाचारदाता । सोमबार भएको नेपाली काँग्रेसको जिल्ला कार्य समितिको निर्बाचनमा बिष्णुकुमार राईको प्यानलै बिजयी भएको छ । बिबिध कारणले मतगणामा अबरोध भए ता पनि बिष्णुकुमारको प्यानललै बिजयी भएको हो ।
मत गनणाको सुरुवाती चरण देखि नै राईले मत परिणाममा अग्रता लिनु भएका थिए । आप्mना प्रतिद्धान्दी सर्बधन राईलाई अन्ततः ७९ मतान्तरले बिष्णुले पराजित गर्नु भएको हो । १३ सय २२ मत खसेको मध्ये बिष्णु राईले ६ सय ६९ मत प्राप्त गर्नु भयो भने, उहाँका निकटतम प्रतिद्धान्दि सर्बधन राईले ६ सय १० मत प्राप्त गर्नु भएको थियो । निर्बाचनमा उपसभाति दुइ, सचिब दुई, सह—सचिब दुई पनि बिष्णुकै प्यानले बिजयी हाँसिल गरेका छन् । बिजयी हुनुहुनेहरुमा उपसभापतिमा ईवन राई ७ सय ५३, तीर्थराज भट्राईले ७ सय ४२ मत प्राप्त गरि बिजयी हुनु भएको छ । उपसभापति पदमा सर्बधन राई पक्षका मनोज तिमिल्सिनाले ५ सय ४३ र राजन सैजुले ३८४ मत प्राप्त गर्नु भएको थियो ।
सचिब पदमा बिष्णु पक्षका समिर राईले ७ सय १३ र ज्ञानेन्द्र जोशीले ६ सय २० मत ल्याई बिजय हाँसिल गर्नु भयो । उहाँहरुको प्रतिद्धान्दि सर्बधन राई पक्षका रोजन राईले ५ सय ५३ र राजकुमार राई सङपाङले ५ सय ११ मत प्राप्त गर्नु भयो । त्यस्तै स—सचिब पदमा भएको निर्बाचनमा साजन राईले सबै भन्दा बढि ६ सय २४ मत प्राप्त गर्नु भयो भने, सालिकराम बन्जराले दोश्रो मत ५ सय ९३ मत ल्याई बिजयी हुनु भयो । उहाँहरुका प्रतिद्धान्दि तेश्रोमा राजकुमार राईले ५ सय ७७ र ध्यानबहादुर राईले ५ सय ६४ मत प्राप्त गर्नु भयो । (२०७८ मंसिर १० गते)

 

प्रतिक्रिया दिनुहोस्