× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / खोटाङका दुई पालिकाद्धारा प्रतिबद्धता जाहेर

खोटाङका दुई पालिकाद्धारा प्रतिबद्धता जाहेर

टेम्के सम्बाददाता । नेकपा माओबादी केन्द्रका निर्बाचित दुई पालिका अध्यक्षले आप्mना प्रतिबद्धता जाहेर गरेका छन् । आफु निर्बाचित भए पछि पत्रकार सम्मेलन गरि साकेला गाउँपालिकाका नब निर्बाचित अध्यक्ष अर्जुनकुमार खड्का (झंकार) र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नब निर्बाचित अध्यक्ष बिशन राईले प्रतिबद्धता जाहेर गर्नुभएको हो ।
साकेलाका अध्यक्ष खड्काले यहि मंसिर ११ गते साकेला गापामा एक पत्रकार सम्मेलन गरि नेकपा माओबादी केन्द्र साकेला गापाको भाबि रणनितिहरु सार्बजानिक गर्नु भएको थियो । सम्मेलनमा अध्यक्ष खड्काले पार्टीले गरेका कमीकमजोरीहरु क्रमशः सुधार गर्दै जाने, ४० वटा रहेका टोल कमिटि मध्य तीनवटा टोलमा गठन गर्न बाँकिमा पनि गठन गर्ने, जातीय मोर्चाहरु सबै गठन गरि आबश्यक परे सेल कमिटि समेत गठन गर्ने बताउनु भयो ।

अन्तर पार्टी बेथितीहरुलाई फरक मत जाहेर गर्दै पार्टी पंक्तिलाई सुझाव, सल्लाह दिने समेत दिने अध्यक्ष खड्काले प्रकाश सो अबसरमा प्रकास पार्नु भयो । साकेला गाउँपालिकामा अहिले सम्म ६ सय ५५ संगठीत सदस्य रहेको र ८ सय पु¥याउने लक्ष रहेको अध्यक्ष खड्काले दाबी गर्नु भयो ।
सोहि अबसरमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य अस्मिता कार्की समिताले पार्टीको कमीकमजोरीहरुलाई आत्मसात गर्दै नयाँ कार्यनितीहरु बनाउने सोचमा रहेको बताउनु भयो । हाम्रो पार्टीमा आबद्ध नेता कार्यकर्ताहरु निष्ठाको राजनिति गर्ने भएकोले खोटाङका सबै पालिकहरुमा सर्बसम्मत निर्बाचित हुनु भएको सदस्य कार्कीले बताउनु भयो । नेकपा हुदा पार्टीमा टुटफुट भएको कारण नेताहरु जनता सामु जान नसकेको र अब भने तल सम्म झरेर जनता सामू पुग्ने बताउनु भयो ।
नेकपा माओबादी केन्द्रका नेताहरु भोटको लागि राजनिति गरेको नभई समाज, राष्ट्र परिबर्तन र जनताको समस्य समाधानको लागि गरेको नेता कार्कीले बताउनु भयो । नेता कार्कीले अहिलेको निर्वाचन प्रणालिमा तल्लो स्तरका जनतहरुले राजनिति गर्नबाट बञ्चित भएकोले यसलाई पनि सुधार्नु जरुरी रहेको बताउनु भयो । पत्रकारहरुलाई नेता कार्कीले आग्रह गर्दै भन्नु भयो अहिले सत्य कुराहरु झुट साबित हुने प्रचलन भएकोले पत्रकार मित्रहरुले हाम्रा धेरै कुरा नलेखि सत्य कुरा लेख्नुहोस ।

बिशन राई

दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका माओबादी केन्द्रले सदरमुकाम दिक्तेलमा छुट्टै पत्रकार सम्मेलन गरि नगर कमिटिको भाबि रणनितिहरु सार्बजानीक गरेको थियो । पत्रकार सम्मेलनमा नबनिर्बाचित अध्यक्ष बिशन राईले एक प्रेस बक्तब्य प्रकाशित पनि गर्नु भएको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष राईले हालको संबिधान संकटमा रहेकोले संबिधानलाई संकट मुक्त पार्न सदर र सडकबाट खबरदारी गरिरहेको बताउनु भयो । मुलुकमा प्रतिगामी शक्ति हाबी भएकोले त्यसलाई परास्त पार्ने नगर कमिटिको प्रण रहेको अध्यक्ष राईले बताउनु भयो । अध्यक्ष राईले यो भ्रष्टचारले राजनिति क्षेत्रलाई पनि अछुतो नराखेको भन्नुहुदै यसलाई परास्त पार्न आप्mनै पार्टीबाट सुधार गरिने बताउनु भयो । गणतन्त्र प्राप्ती पछिका जननिर्बाचित जनप्रतिनिधीहरुको जीवन शैली रातारात परिबर्तन भएको देखिएकोले सम्बन्धित नीकायहरु संगको पहलमा त्यस्को भण्डाफोर गरिने अध्यक्ष राईले बताउनु भयो ।
पत्रकार सम्मेलनमा नगर कमिटिले आउदा दिनहरुमा गर्ने ८ बुँदे कार्यहरु सार्बजानिक गरेको छ ।(२०७८ मंसिर १३ गते)

 

प्रतिक्रिया दिनुहोस्