× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / दिक्तेल लफ्याङ ग्राभेल सुरु

दिक्तेल लफ्याङ ग्राभेल सुरु

टेम्के खबर सम्बाददाता । दिक्तेलको हस्पिटल चोक देखि लप्mयाङ सडक बिहिबार देखि ग्राभेल गर्ने कार्य सुरु भएको छ ।
हस्पिटल चोक देखि साँढे सात किलोमिटर ग्राभेल हुने उक्त सडकको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले एक समारोहका बीच उद्घाटन गर्नु भएको थियो । साँढे सात मिटर चौडाई रहने उक्त ग्राभेल सडक निर्माण भए पछि खोटाङको दक्षिणी क्षेत्रका जनताहरुलाईलाई यातायात सुबिधा हुने नगर प्रमुख दिपनारायण रिजालले बताउनु भयो । सडक ग्राभेल गर्नको लागि साँढे सात करोड खर्च हुने नगर प्रमुख रिजालले बताउनु भयो ।
उक्त सडक ग्राभेल नभएका कारण खोटाङको दक्षिणी क्षेत्रका साकेला दिपु्रङ चुईचम्मा, खोटेहाङ, बराहापोखरी र जन्तेढुङ्गा गाउँपालिका संग बर्षाको समयमा यातायात आवतजावत गर्न कठिनाई हुने गरेको थियो । उक्त सडकमा बर्षाको समय, बैसाख देखि असोज सम्म ठूला यातायातको साधन आवतजावत ठप्प नै हुने गरेको थियो भने साना मोटरसाईकल ट्याक्टर भने जोखिम मोलेर सञ्चालन हुने गरेका थिए । (असोज १३ गते बुधबार)

प्रतिक्रिया दिनुहोस्