× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / फोक्सिनटार पुल अन्तिम चरणमा कस्ले लिने जस

फोक्सिनटार पुल अन्तिम चरणमा कस्ले लिने जस

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल– गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीको फोक्सिटारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ । वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीसँग सम्झौता भएको फोक्सिब्टार पुल निर्माणको कामले पछिल्लो समय गति लिएको हो ।
खोटाबबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिनटारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदा प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलाप देखि विकास निर्माणमासमेत पर्दै आएको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिनटारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भइसकेको छ । अस्थायी रुपमा जडान गरिने फोक्सिनटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी– जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लाबासीको बाध्यता छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नदेखि दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको छ । खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तरगत जयरामघाटपछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिब्टारमा पक्की पुल नहुँदा हरेक वर्ष वर्षादको समयमा यातायात ठप्प हुने गरेको छ । पुल अभावमा हरेक वर्ष करीब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य वृद्धि हुने गरेको छ । फोक्सिनटार पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटक–पटक आफैले गरेको प्रतिवद्धता कुल्चदै आएको छ । वि.सं. २०७८ माघ–२६ गते काठमाडौँमा भएको छलफलका क्रममा खोटाबकै दिप्रुद् चुइचुम्मा गाउँपालिकाका तत्कालीन प्रमुख हाल प्रदेशसभा सदस्यका उम्मेदवार भूपेन्द्र राई र सडक बिभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का प्रमुख इन्जिनियर कैलाश साहको अगाडि निर्माण कम्पनीका ठेकेदार रामकुमार थापाले पछिल्लो पटक थपिएको समयसिमा भित्र जसरी पनि पुलको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । फोक्सिबनटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका सम्पूर्ण काम पूरा गर्नेगरी कामलाई अघि बढाउन वि.सं. २०७४ माघ–२ गते ठेकेदार कम्पनीलाई लिखितरुपमै पत्राचार गरेको थियो । फोक्सिबटारमा शुरुमा ससपेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर, त्यसको सट्टा आर्को’ डिजाईनको पक्की पुल निर्माण गर्ने भन्दै वि.सं. २०७३ कातिकमा डिजाईन परिवर्तन गरिएको थियो । फोक्सिबटारको भौगोलिक स्वरुप अप्ठ्यारो भएका कारण ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएको भन्दै डिजाईन परिवर्तन गरेर आर्क’ डिजाईनको पुल निर्माण शुरु गरिएको हो ।
खोटाबको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क’ डिजाइनको पुल निर्माणको कामले पछिल्लो समय भने गति लिएको छ । भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको फोक्सिनटार पुल १२० मिटर
लम्बाईको हुने डिजाइनमा उल्लेख छ । निर्माण शुरु गरेको दश वर्षपछि सम्पन्न हुने छाँट (सम्भावना) देखिएको फोक्सिब्टार पुल अहिले जिल्लास्थित राजनीतिक दलका नेताहरुको जसले लिने माध्यम बनेको छ । आगामी मब्सिर–४ गते देशभर एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर मतदातालाई भ्रम फैलाउने होटबाजीमा नेताहरु लागेका छन् । स्ल्याप ढलान भइरहेको अवस्थामा फोक्सिब्टार पुलको तस्वीर फेसबुकमा राखेर
फलानो दलका फलानो नेताको पहल सम्पन्न हुन लागेको भनेर बधाई दिने नेता तथा कार्यकर्ताहरु पनि उत्तिकै देखिएका छन् । सबैभन्दा बढी नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईको नाम जोडेर फेसबुकमार्फत बधाई दिने एमाले कार्यकर्ताहरुको
लर्को देखिएको छ । एमाले नेता भट्टराईलाई बधाई तथा शुभकामना दिनेहरुमध्ये एक प्रतिनिधि पात्र हुनुहुन्छ केशव चाम्लिब दोबालिछा । उहाँले भट्टराईलाई ट्याग गरेर आफ्नो फेसबुक फेजमा लेख्नुभएको छ, “खोटाङको लाईफलाईन उदयपुरको रौतामाई गाउँपालिका–५ सँगै जोडिएको फोक्सिन्टार पुल सम्पन्नताको अन्तिम चरणमा छ । योगदान र चासो त धेरैको होला तर, नेकपा एमालेका नेता खोटाङगे जनताको ढुकढुकी मा.विशाल भट्टराईको योगदान, पहल कदमी र निरन्तर खबरदारी विशेष छ । मा. ज्यूलाई बिगत झै खोटाङगे जनताको मायाँ र साथ निरन्तर रहोस् शुभकामना !” एमाले नेता भट्टराईले पनि कार्यकर्ताको फेसबुकमा लेखिएका स्टाटसमा होमा हो थप्नुभएको देखिन्छ । यद्यपि, फोक्सिनटार पुल निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई जिल्लास्थित सबै राजनीतिक दलका नेताहरुले आ–आफ्नो क्षेत्रबाट खबरदारी गरिरहेका छन् । नेता भट्टराईले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल’ समक्ष वि.सं. २०७५ कातिक–५ गते ठेकेदार कम्पनी गौरी–पार्वती वाइपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गर्नुभएको थियो । हाल एमाले उपाध्यक्ष रहनुभएका तत्कालीन गृहमन्त्री बादलले ठेकेदार कम्पनीलाई तत्काल निर्माणको कामलाई अगाडि बढाउन निर्देशन दिए पनि ठेकेदार कम्पनीले कुनै चासो दिएको थिएन । उता, जनता समाजवादी पार्टी (जसपा) खोटाबका तत्कालीन अध्यक्ष टंकबहादुर थापा (हाल नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य) लगायत जसपाका जिल्लास्तरीय नेताहरुले तत्कालीन भौतिक पूर्वाधारंंंंंंंंंंमन्त्री रेणु यादवलाई भेटेर मन्त्रालयबाटै ठेकेदारलाई फोनमार्फत काम अगाडि बढाउन लगाएका थिए । वि.सं. २०७८ कातिक ३० गते तत्कालीन मन्त्री यादवले ठेकेदारलाई फोन गरेर तत्काल कामलाई अगाडि बढाउन लगाएको केही समयपछि फोक्सिब्टार पुलको कामले निरन्तरता पाएको थियो । सम्झौता गरेर काम थालेको केही समयसम्म निर्माण कम्पनीले पुल निर्माणको कामलाई गति दिए पनि लामो समयसम्म अलपत्र बनेको थियो । विशेषगरी एमालेले श्रेय लिन खोजेको फोक्सिब्टार पुलको योजना तत्कालीन नेकपा माओवादीबाट पहिलो संविधानसभा सदस्यमा निर्वाचित रामकुमार राई ।।।पासाब’ र समिता कार्की ।।।
अस्मिता’को पालामा आर्थिक वर्ष २०६७÷६८ मा परेको हो । फोक्सिनटार निर्माणाधीन पक्की पुल आगामी मङसिरभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको ठेकेदार रामकुमार थापाले बताउनुभएको छ । “फेक्सिनटार पुलको स्ल्याप ढलानको काम हिजो (बिहीबार) साँझ सकियो”, उहाँले भन्नुभयो, “अब २१ दिनसम्म क्युरिब गर्नुपर्छ । त्यसबीचमा दाँयाबाँया रेलिङ हालेर मङ्सिर दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।” योजना जसको पहलमा परेपनि निर्माणाधीन फोक्सिबटार पुल सञ्चालनमा आएपछि भने, जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य घट्नुका साथै आवतजावतमा सहज हुने जिल्लाबासीको अपेक्षा छ । तराईसँग सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिनटारमा निर्माणाधीनक पुल सञ्चालनमा आएपछि जिल्लाको विकासमा समेत सहयोग पुग्ने जिल्ला समन्वय समिति खोटाबका प्रमुख सनबहादुर राईले बताउनुभयो । (केदार मगरको सहयोगमा) २०७९ असोज २८ गते

प्रतिक्रिया दिनुहोस्