× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / साकेला शिली प्रतियोगिता सम्पन्न, किराती सभ्यताको जगेर्ना गर्न गाउँपालिका प्रतिवद्ध रहेको अध्यक्ष राईको भनाई

साकेला शिली प्रतियोगिता सम्पन्न, किराती सभ्यताको जगेर्ना गर्न गाउँपालिका प्रतिवद्ध रहेको अध्यक्ष राईको भनाई

टेस
साकेला- खोटाङको साकेला गाउँपालिका-२, रतन्छामा साकेला शिली प्रतियोगिता सम्पन्न भएको छ । किरात राई यायोक्खा र किरात राई चाम्लिङ खाम्मातिम वडा कार्य समिति रतन्छाको आयोजनामा शुक्रबार स्थानीय दारुलाटार खेलमैदानमा प्रतियोगिता सम्पन्न भएको हो । साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यता तथा किरात राई यायोक्खा वडा कार्य समिति रतन्छाका अध्यक्ष चुनु राईको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो । किरात राईहरुको प्रमुख पर्व साकेला उभौली धिरिनाम)को अवसरमा राई जातिको साकेला शिलीको प्रचारप्रसार एवम् प्रवर्द्धन गरि संस्कृति संरक्षणलाई
जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताईएको छ । पाँच वटा प्रतियोगि समूह सहभागि कार्यक्रममा युवा जनसाँस्कृतिक परिवार माचास्का प्रथम, पारुहँ युवा सेवा समाज दोश्रो, किरात भुसुरी यायोक्खा बुतेपा तेश्रो तथा महरुङ्ग मिश्रित सामुदायिक संस्था सान्तवना भएका छन् ।
विजयीहुने सबै समूहलाई गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले पुरस्कार हस्तान्तरण गर्नुभयो । प्रतियोगितामा प्रथम हुने समूहलाई पन्ध्र हजार रुपैंया बराबरको एकथान ढोलझ्याम्टाको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै दोश्रो हुनेलाई १२ हजार रुपैंया बराबरको ढोलझ्याम्टाको साथमा प्रमाणपत्र, तेश्रो हुने समूहलाई ९ हजार बराबरको ढोलझ्याम्टाको साथमा प्रमाणपत्र र सान्तवना हुने समूहलाई ६ हजार रुपैंया बराबरको एक जोर झ्याम्टाको साथमा प्रमाणपत्र प्रदान गरिएको छ । साकेला शिली नाच प्रतियोगितामा देशवीर राई, भिम बहादुर राई र धिराज राईले (धामी, नछुङ)को भूमिका निर्वाह गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले किराँती संस्कार र सभ्यताको जगेर्ना गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले भन्नुभयो किराती सँस्कृति र सभ्यता बचाउन गरेको कोशिष सह्रानीय छ यसलाई बढाउँदै लैजानुपर्छ । उहाँले किराँती संस्कार र सभ्यतालाई फराकिलो मन, उच्च विचार, उच्च सोंच बनाएर अघि बढ्नुपर्ने बताउनुहुँदै साकेला गाउँपालिकाले सभ्यतालाई जगेर्ना गर्न कुनै कन्जुस्याई नगर्ने र आगामी दिनमा सहयोग प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतियोगिताले साकेला सिलीको विषयमा जानकारी गराउने, भाषा, कला, ज्ञानसीप, संस्कार र संस्कृतिको जगेर्ना गर्ने, साकेलाको मौलिकतालाई उजागर गर्ने, राई र गैर राईबीचमा सद्भाव र सहिष्णुता कायम गर्ने, साकेला सिलीको विषयमा समान बुझाईको विकास गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति संरक्षण हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा मछामा–बेसारा–सेन्हमा-वापा लगायतका शिली प्रस्तुत गरिएको थियो । प्रतियोगिताले किरात राईहरुको संस्कृतिलाई बचाई राख्न मद्दत पुग्ने बताईएको छ ।
प्रतियोगितामा साकेला गाउँपालिका उपाध्यक्ष एवम् किरात राई यायोक्खा केन्द्रीय सदस्य बिर्सिका राई, यायोक्खा केन्द्रीय सदस्य अञ्जना राई, पूर्व जिल्ला विकास समिति उपसभापति बाबुराम राई, वडा अध्यक्षहरु जितेन्द्र कुमार राई, गोविन्द तामाङ सहित जनप्रतिनिधि, समाजसेवी, राजनैतिक व्यक्तित्व लगायतको उपस्थिती रहेको थियो । २०८२ जेठ २० गते

प्रतिक्रिया दिनुहोस्