× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / आयोजकलाई हराउदै नेर्पाले जित्यो ‘अनुप स्मृति गोल्डकप

आयोजकलाई हराउदै नेर्पाले जित्यो ‘अनुप स्मृति गोल्डकप

जुनु परियार(टेस)
आयोजक टिम खोटाङ फुटवल क्लवलाई हराउदै ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले जितेको छ ।
एकसाता अघि देखि दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० ले पराजित गर्दै नेर्पाले उपाधि जितेको हो ।
यसअघि सञ्चालन भएको दोस्रो संस्करणको उपाधि पनि नेर्पाले नै जितेको थियो । खेलको सुरुदेखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल खेलको मध्यान्ह पछि गर्न सफल भयो ।
विजेता टिम नेर्पालाई नगद २ लाख ५१ हजार रुपियाँको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताका उपविजेता डिएफसीलाई नगद रु एक लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले पुरस्कार हस्तान्तरण गरेका थिए । सेमिफाइनलिस्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ स्पोर्टस् क्लब ओखलढुंगाले नगद रु २५÷२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलको विद्यागततर्फ डिएफसीका तर्फबाट उत्कृष्ट गोलरक्षक सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्स टेकेन रानामगर, उत्कृष्ट मिडफिल्डर विशाल तामाङ, उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल, योङगेस्ट प्लेअर अफ द टुर्नामेन्ट दिक्तेलका भूषण ताम्राकार खेलभरिकै उत्कृष्ट खेलाडी मनीष लिम्बू, घोषित भएका छन् भने, अनुशासित टिमको उपाधि (डिएफसी)लाई प्रदान गरिएको छ ।
यस्तै, खेल अबधिभर सर्वाधिक गोलकर्ता नेर्पाका बिकी राई, उत्कृष्ट टिम प्रशिक्षक नेर्पाका बिरेन गुरुङलाई प्रदान गरिएको छ । विद्यागत उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक र टिमले जनही नगद रु पाँच हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
माउण्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सह–आयोजनामा भएको प्रतियोगितामा खोटाङका विभिन्न सातवटा क्लब तथा ओखलढुंगा, सुनसरी र इलाम जिल्लाका खेलाडीको सहभागिता थियो ।
माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुलको नर्सरीमा अध्ययनरत अनुप राईको २०६८ जेठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोकनजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थी अनुपको सम्झनामा माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुलले प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गर्दै आएको छ । प्रथम संस्करणमा रु एक लाख ११ हजार १११ र दोस्रो संस्करणमा रु एक लाख ५१ हजार १११ पुरस्कार राशि राखिएको थियो। यसअघिका दुई संस्करण गोल्डकपकोरूपमा सञ्चालन भएको अनुप स्मृति अनुप स्मृति गोल्डकपको तेस्रो संस्करण गत वर्षहरूको बाँकी रकम, विभिन्न दाता, स्थानीय सरकार र व्यापारिक कम्पनीबाट आर्थिक व्यवस्थापन गरेर प्रतियोगिता गरिएको आयोजकले जनाएको छख । २०७९ पुस २४ गते

प्रतिक्रिया दिनुहोस्