प्रहरीद्वरा पूर्वमन्त्रीसहित पाँचजना पहिचानवादी नेता पक्राउ

टे‌स
एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्नक्रममा पूर्व संस्कृति मन्त्री गोपाल किराती सहित पाँच पहिचानवादी नेता तथा कार्यकर्ता पक्राउ गरेकाे छ । प्रहरीले पहिचावादी नेता राजेश राई, गन्धमान राई, विजय राईलाइ हलेसीबाट नियन्त्रणमा लिएका छन भने नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ राईलाई नुनथलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले एमालेको संकल्प यात्रालाई अवरोध गर्न मंगलबारबाट उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्द घोषणा समेत गरेको छ।
बन्दका कारण म‌ङ्गलबार बिहानै देखि खोटाङबाट छुट्ने लामो दुरीका यातायातका साधन ठप्प बनाइकाेछ । बन्दकर्ताहरुले ठाउँ–ठाउँमा टायर बालेर सडक अबरुद्द गरेका थिए। दिक्तेल घुर्मी सडक खण्डकाे नुनथला, नाँगी, कदुवा र छापडाँडामा रुख ढालेर सडक अवरोध गरेका थिए । तर अबराेध रुखलाई प्रहरीले जेसिभीको सहायताले पन्छाएर दिक्तेलबाट एमाले नेताहरु चढेको गाडीहरु प्रहरीकाे स्कटिङमा हर्कपुर पुगेको थियाे।
‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा अभियानकाक्रममा नेकपा एमाले अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मङ्लबार ओखलढुंगाको हर्कपुर आउने भएपछि पहिचानबादीहरुले अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका हुन् । हर्कपुरको सभालाई सम्बोधन गरेर ओली खोटाङ आएर एक रात बसेर भोजपुर जानुहुने कार्यक्रम छ। २०८० मङ्सिर २६ गते ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *