दिक्तेलमा पहिचानवादी नेताहरु पक्राउ

टेस
आठजना पहिचानवादी नेताहरु दिक्तेलको किरातचोकबाट आइतबार पक्राउ परेका छन् ।
प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मंसिर ३० र ३१ गते प्रदेशभर यातायात बन्द घोषणा अन्तर्गत दिक्तेलको रत्नपार्कमा आईतबार बिहान यातायात बन्द गराउने क्रममा प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङ संयोजक युगसन किरात, निर्मल राई, लक्ष्मी राई, संगीता किरात, मेलिना राई, सोनामहाङ राई, सुनिल राई, उपार्जुन चाम्लिङ राईलाई पक्राउ गरिएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बतए।
पहिचानवादी नेताहरुले दिप्रुङबाट दिक्तेल हुँदै काठमाण्डौ जाने गाडीको पहिचानवादी नेताहरुले रत्नपार्कमा चाँबी खोसेपछि र प्रहरीसँग सामान्य भनाभन भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पहिचानबादी नेताहरुलाई जर्वजस्ती धकेलेर गाडीमा हालेको र गाडीभित्र बसेका महिला प्रहरीले पहिचानवादीको झण्डालाई फालिदिएका छन् ।
एमालेको संकल्प यात्रालाई प्रतिरोध गर्न मंसिर २६ गतेदेखि उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म गरिएको अनिश्चितकालिन यातायात बन्दलाई सफल बनाउन निस्केका पूर्व संस्कृति मन्त्री गोपाल किराती र संघर्ष समिति झापा संयोजक पाण्डपलाल चौधरी लगायत खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुरबाट पक्राउ परेका ३५ नेताहरुलाई सरकारले नछाडेपछि प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले शनिबार र आईतबार प्रदेशभरी यातायात बन्द घोषणा गरेको थियो। २०८० पुस १ गते ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *