Blog

  • दिप्रुङ गापाले ३३ लाखको योजना संसोधन ग¥यो

    दिप्रुङ गापाले ३३ लाखको योजना संसोधन ग¥यो

    खोटाङ ÷ खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नौ योजनालाई संशोधन गर्दै रकमान्तर गरेको छ । सोमबार सम्पन्न १० औं हिउँदे गाउँसभामार्फत गाउँपालिकाले ३३ लाखको विभिन्न योजनालाई संशोधन गर्दै नयाँ योजनामा रकमान्तर गर्ने निर्णय गरेको हो ।

    दिप्रुङ गाउँपालिका–१ याम्खास्थित साना जुत्ता तथा चप्पल उद्योगका लागि विनियोजित ३ लाखमध्ये चुलिपहरा याम्खा सडक योजनाका लागि २ लाख ५० हजार र देउराली राईटोल हुँदै इश्वर विष्टको घरसम्म सडक निर्माणका लागि ५० हजार विनियोजन गरिएको गाउँसभा सदस्य अमृत गिरीले जानकारी दिए ।

    यस्तै, दिप्रुङ गाउँपालिका–२ डाँडागाउँस्थित वासमाला कोप्चे खानेपानी योजनाका लागि विनियोजन गरिएको २ लाख बजेटमध्ये नाली भीमसेनथान मन्दिर निर्माणमा १ लाख, बोडिङ मुहान भइ ओख्रेबजार खानेपानी योजनाका लागि ५० हजार र वारङ खानेपानी योजनाका लागि ५० हजार विनियोजन गरिएको छ ।

    गाउँसभाले डाँडागाउँकै गेरीबारी खानेपानी योजनाका लागि विनियोजन गरिएको १ लाख ५० हजारको सट्टा मझौं सडक सोलिङ तथा वाल निर्माणको काम गर्ने निर्णय गरेको छ । डाँडागाउँस्थित नालिटार खानेपानी योजनाका लागि विनियोजित २ लाखबाट पञ्चकन्य आधारभुत विद्यालय शौचालय निर्माणका लागि १ लाख ५० हजार र नालीडाँडा घर धारा मर्मतका लागि ५० हजार खर्च गरिने भएको छ ।

    यस्तै, दिप्रुङ गाउँपालिका–३ छोरम्बुस्थित खरुवा खोला रोभोलुङ राजकुलोका लागि विनियोजन गरिएको १५ लाखमध्ये सिस्ने खानेपानी मर्मत रोभोलुङका लागि ५ लाख, रोभोलुङ आहालडाँडा रातमाटा सडकका लागि ५ लाख, बुल्कुखोला मुहान भइ वारिपुच्छरसम्म आउने कुलोका लागि १ लाख, कोटालेडाँडा जाने सडकका लागि २ लाख र याङसोला वरडाँडा सडकका लागि २ लाख विनियोजन गरिएको छ । छोरम्बुकै एकछाँगे कुलो मर्मतका लागि बिनियोजन गरिएको ४ लाखले सापातेल खेलमैदान प्याराफिट निर्माणको काम गर्ने निर्णय गरिएको गाउँसभा सदस्य गिरीले बताए ।

    दिप्रुङ गाउँपालिका–४ बतासेस्थित बालाचौंर खानेपानी योजनाका लागि विनियोजन गरिएको २ लाख र पिपलकुवा मर्मतका लागि विनियोजन गरिएको १ लाखबाट बाचाचौंर खाल्ले सडक निर्माण गरिने भएको छ ।

    दिप्रुङ गाउँपालिका–५ सछितापोखरीस्थित दाहाल प्रतिष्ठान कुलपुजा मन्दिर निर्माणका लागि विनियोजन गरिएको ३ लाखबाट दाहाल प्रतिष्ठानमा वाल निर्माण गर्नेगरी रकमान्तर गरिएको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्ष खर्च हुन नसकेर सञ्चित कोषमा जम्मा भएका ४९ लाख बजेट २५ वटा नयाँ योजनामा विनियोजन गरिएको छ ।(यो समाचार खोटाङ खबर डटकमबाट सहयोग लिईएको हो)

  • महिला उद्यमीहरुको तालिम समापन

    महिला उद्यमीहरुको तालिम समापन

    टेम्के सम्दाबदाता । खोटाङमा उद्यमशिल महिलाहरुको अचार बनाउने तालिम एक समारोहका बिच सोमबार समापन भएको छ । आठ दिने अर्गानिक अचार बनाउने तालिममा प्रशिक्षर्थीहरुले प्रशिक्षणकोक्रममा तयार पारिएको बिभिन्न प्रकारका अर्गानिक अचार कार्यक्रममा सजाईएको थियो ।
    कार्यक्रमको प्रमूख अथिती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमूख दिपनारायण रिजाल हुनुहुन्थ्यो त्यसैगरि समापन कार्यक्रको कार्यक्रम अध्यक्ष महिला उद्यमी संघ खोटाङकी अध्यक्ष बिमला राईले गर्नुभएको थियो । तालिमकी प्रशिक्षक कमला बास्कोटा रिजालले हुनुहुन्थ्यो भने समापन कार्यक्रममा महिला सहभागीहरुले उद्यमलाई निरन्तरता दिने प्रतिबद्दता समेत गरेका थिए । तालिममा जिल्लाका बिभिन्न स्थानका ४० जना महिला उद्यमीहरुको सहभागीता रहेको संघकी अध्यक्ष बिमला राईले बताउनु भयो । (२०७८ फागुन १० गते)

  • यथास्थितिबादीहरुको बिरुद्ध यो सरकारः मन्त्री राई

    यथास्थितिबादीहरुको बिरुद्ध यो सरकारः मन्त्री राई

    टेम्के सम्बाददाता । नवनियुक्त सामाजिक विकासमन्त्री राजन राईले यथास्थितिबादीहरको बिरुद्ध यो सरकार गठन भएको ब्यक्त गर्नु भएको छ । नेपाल कम्यूनिष्ट पार्टी समाजबादीका पोलिटब्यूरो सदस्य समेत रहनु भएका मन्त्री राईले उक्त कुरा सनिबार खोटाङको दिक्तेलमा एक कार्यक्रममा बताउनु भएको हो ।
    एक नम्बर प्रदेश सामाजिक बिकासमन्त्री राईले मन्त्रीमा नियुक्ती भएपछि पहिलो पटक गृह जिल्ला आउनु हुदा नेकपा समाजबादी जिल्ला समितिद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमालेलाई संज्ञा दिदै यथास्थितिबादी देशका ठूला पार्टीहरु यथास्थितिबाद र गणतन्त्र बिरोधी भएको आरोप लगाउनु भयो ।
    मन्त्री राईले अहिलेको गठन्धन भत्काउनको लागि देशी बिदेशी शक्तिहरु लागि परेकोले मिलियन च्यालेन्ज कर्पोरेशन (एमसिसि) जस्ताको तस्तै पास गर्न नहुने र बरु जति बेला पनि यो गठबन्धन सरकार छोड्न सकिने प्रष्ट पार्नु भयो । सकभर गठबन्धन जोगाउने तीर लागिन्छ तर एमसिसि यथास्थितिमा पारित गर्ने सहमत नभएको मन्त्री राईको धारण थियो ।
    मन्त्री राईले प्रदेशको नमाकरण सम्बन्धि बिचार राख्नुहुदै भन्नु भयो नामकरण सम्बन्धि सम्बैधानिक जटिलता रहेको र गठबन्धन भित्र पनि एक मत नभएको कारण पनि अहिले सम्म नामाकरण हुन नससेको बताउनु भयो । तर मन्त्री राईले आप्mनो ब्यक्तिगत धराणालाई अघि सार्नुहुदै एक नम्बर प्रदेशको नाम पहिचान र भुगोलको आधारमा राखिनु पर्ने प्रष्ट्याउनु भयो । २०७८ माघ २० गते ।

  • माओवादी केन्द्रको १ प्रदेश कमिटी उपाध्यक्षमा किराती विजयी

    माओवादी केन्द्रको १ प्रदेश कमिटी उपाध्यक्षमा किराती विजयी

    टेम्के सम्बाददाता । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश कमिटी उपाध्यक्षमा खाेटाङका पृथ्वी किराती (देवान चाम्लिङ) विजयी हुन भएकाे छ । बिहीबार बिराटनगरमा निर्वाचन समितिले घोषणा गरेको मत परिणाम अनुसार किरातीले तीन उपाध्यक्ष मध्येमा सबैभन्दा बढी मत ल्याएर विजयी हुनु भएकाे हाे ।

    नेकपा माओवादी केन्द्र खोटाङको पार्टी संयोजक समेत रहनु भएका किरातीले १२० मत पाउनु भएकाे  १ न‌‍‍ प्रदेश निर्बाचन समितिले जनाएकाे छ ।  किरातीसँगै सुनसरीका शिवकुमार डांगी र झापाका मणिकुमार साम्पाङ उपाध्यक्षमा विजयी हुनुभएका छन्। डांगीले ११३ मत र साम्पाङले १११ मत ल्याउनु भएका थिए।  सचिवमा मोरङका गणेश उप्रती , सह–सचिवमा मोरङकै कुमारी राई , धनकुटाका ऋषीराम ढुंगाना र सोलुखुम्बुका सागर किराँती  तथा कोषाध्यक्षमा झापाका रेवतराज पुरी विजयी हुनु भएकाे छ ।

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश कमिटी अध्यक्षमा पाँचथरका हर्क बहादुर नेम्वाङ विजयी हुनु भएका छन्। अध्यक्षका प्रत्यासी सुनसरीका मुकेश लिम्बुलाई १०५ मतान्तरले पछि पार्दै नेम्वाङ अध्यक्षमा निर्वाचित हुनु भएका छन् ।

    नेम्वाङले १६९ मत प्राप्त गर्दा लिम्बुले भने ६४ मत प्राप्त गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले जानकारी दिनुभयो। प्रदेश कमिटी पदाधिकारी चयनका लागि बुधबार निर्वाचन भएको थियो। २०७८ पुस ९ गते

  • शैक्षिक कर्जाको व्यवस्था, महंगी नियन्त्रण लगायतको माग

    टेम्के सम्बाददाता । विद्यार्थीलाई शैक्षिक कर्जाको व्यवस्था, महंगी नियन्त्रणको माग गर्दै खोटाङ अनेरास्ववियुले हस्ताक्षर संकलन गरी सरकारलाई बुझाएको छ ।

    विद्यार्थीलाई शैक्षिक कर्जा कार्यान्वयन गर्न, यातायातमा विद्यार्थीलाई सहुलियत उपलव्ध गराउन, कालोबजारी, महंगी नियन्त्रण गर्न माग गर्दै अनेरास्ववियुले हस्ताक्षर संकलन गरेर नेपाल सरकारलाई बुझाएको हो । विद्यार्थीको हकहितमा सोमबार र मंगलबार संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालमार्फत नेपाल सरकारलाई पठाइएको हो ।

    अनेरास्ववियुका अध्यक्ष खेमराज देउसाली, सचिव मोहन संग्राम लगायतको विद्यार्थी नेताको टोलीले संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएका हुन् ।

    विभिन्न आन्दोलनबाट प्राप्त महत्वपूर्ण र ऐतिहासिक उपलब्धिलाई कमजोर बनाउने हेतुले परमादेसी सरकारले गरेको गतिविधिको घोर भत्सर्ना गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको अनेरास्ववियुका सचिव मोहन संग्रामले बताए ।

    शैक्षिक कर्जा, यातायातमा सहुलियत, कालोबजारी र महंगी नियन्त्रणमा दवाव सिर्जना गर्न प्रदेश नम्बर १ मा ५० हजार हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाइएको अनेरास्ववियुले जनाएको छ । २०७८ पुस ७ गते