उषाकला राईको केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा खोटाङबाट

टेम्के सम्बाददाता । पुर्व मन्त्री उषाकला राईले आसन्न नेकपा एमालेको १० औ राष्ट्रिय महाधिबेषणमा केन्द्रिय सदस्यको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।
राईले खोटाङको सदरमुकाम दिक्तेलमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारको घोषणा गर्नु भएको हो । पत्रकार सम्मेलनमा राईले आपूm समाबेसी या खुल्ला तर्फ उम्मेदवार हुने भन्ने बारेमा भने बोल्नु भएन ।
सोहि अबसरमा केहि दिन अघि हलेसी तुवाचुङ नगरपालिकामा प्रहरीद्धारा स्थानीय मदिरा बरामद गरि नस्ट गरिएको बिषयलाई घोर भत्र्सना गर्नु हुदै भन्नु भयो यो गरिवले एकछाक खानको लागि, बच्चाहरुलाई एकसरो कपडा लगाईदिनको लागि उत्पादन गरेको घरेलु मदिरा राज्यले निरंकुश शैलीमा जफत गरि नस्ट गरिनु भनेको गरिव जनता बिपरित कार्य भएको बताउनु भयो । सम्मेलनमा नेतृ राईले सरकारले त गरिव जनताको हितमा काम गर्नु पर्ने हो तर यो कार्य गरिव जनताको हित बिपरित गरियो । राज्यले गरिव जनताहरुको सपना पुरा गर्नु पर्छ भन्नु हुदै यो गरिव मारा काम मात्र नभएर यो संस्कार र संस्कृति माथिको आक्रमण हो नेतृ राईको कथन थियो । (२०७८ कातिक ३०)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *