× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / पत्रकार राईद्धारा क्यान्सर पिडीतलाई आर्थिक सहयोग

पत्रकार राईद्धारा क्यान्सर पिडीतलाई आर्थिक सहयोग

टेम्के सम्बाददाता । खोटाङ लगायत बिभिन्न स्थानमा लामो समय देखि पत्रकारीता गर्दै आउनु भएका पत्रकार उजुर राईले एक ब्लड क्यान्सर पिडीत बालकलाई आईतबार आर्थिक सहयोग गर्नु भएको छ ।
पत्रकार राईले खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १५ बिजयखर्क निवासी ६ बर्षिय बालक पुरुषेत्तम कटुवाललाई नगद १५ हजार रुपियाँ एक समारोहका बीच बिरामीका बुवा लेखबहादुर कटुवाललाई हस्तान्तरण गर्नु भएको हो ।
प्रेस सेन्टर नेपालले सनिबार खोटाङको सदरमुकाममा रहेको प्रेस सेन्टरको कार्यालयमा आयोजित एक कार्यक्रममा पत्रकार राईले नगद हस्तान्तरण गर्नु भएको थियो । निम्न आर्थिक अबस्था रहेका बिरामी बालक कटुवालको बिगत ५ महिना देखि रक्त क्यान्सर भई कान्ति बाल अस्पताल काठमान्डौमा उपचार गराई रहनु भएको छ ।
बिगत २५ बर्ष देखि पत्रकारीता गरिहनु भएका राईले बालक कटुवाललाई उपचारमा आर्थिक समस्या भएको भनि सामाजिक सन्जालहरुमा देखे पछि आर्थिक सहयोग गर्ने निधो गर्नु भएको हो । आप्mनी आमा र श्रीमती बिगत ७ र ५ बर्ष अगाडी भबितब्य स्वर्गरोहन भएको कारण उपचार गर्न नपाएकोले आर्थिक अबस्था कमजोर भई बिरामी उपचार गर्न नसकेकाहरुलाई आथिक सहयोग गर्ने मनासयले आफुले आर्थिक सहयोग गरेको उक्त कार्यक्रममा पत्रकार राईले बताउनु भयो ।
सोहि अबसरमा पुर्व संसद तथा नेकपा माओबादी केन्द्र अनुशासन बिभाग प्रमूख टंक राईले नगद रु ३ हजार प्रदान गर्नु भएको थियो । प्रमुख राईले बालकको शिध्र स्वास्थ्यलाभको कामना पनि गर्नु भएको थियो । (२०७८ कातिक १३ गते सनिबार¬)

प्रतिक्रिया दिनुहोस्