× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / मुख्यमन्त्रीमा राई नियुक्ती

मुख्यमन्त्रीमा राई नियुक्ती

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुनुभएको छ ।

सोमबार निबर्तमान मुख्यमन्त्री भिम आचार्यले पदबाट राजिनामा दिएपछि मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गर्नुभए बमोजिम नेकपा समाजबादी पार्टी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा बहुमत सहित दावी गर्नु भएको थियो ।
नबनियुक्त मन्त्री राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो । आचार्य गत भदौ महिनामा नेकपा एमालेको तर्फबाट प्रदेश १ को मुख्य मन्त्रीमा नियुक्ती हुनु भएको थियो । (२०७८ कातिक १६ गते)

प्रतिक्रिया दिनुहोस्