× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / तीन नम्बर वडामा शुभकामना

तीन नम्बर वडामा शुभकामना

टेम्के सम्बाददाता । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ३ बाम्राङले सोमबार शुभकामना आदनप्रदान तथा झन्डा पूजा गरेको छ ।
बडा दशै २०७८ सालको पावन अबसर पारेर वडा कार्यालयले सो कार्यक्रमको आयोजना गरेको हो । आयोजित कार्यक्रममा नगरपालिकाका प्रमूख दिपनारायण रिजाल र उपप्रमुख बीनादेबी राईले नेपालको राष्ट्रिय झन्डाको पूजा गरि वडा कार्यालय परिसरमा रहेको नयाँ झन्डा परिबर्तन गर्नुभएको थियो ।
सोहि अबसरमा नगरपालिकाद्धारा खरिद गरिएको नौमती बाजा नगरप्रमुख रिजाल, उपमेयर राई र वडाध्यक्ष ललितकुमार राईले संयुक्तरुपमा समुहका अध्यक्ष मनकुमार हिङमाङलाई प्रदान गरेका थिए । शुभ कार्यहरुमा बजाईने नौमति बाजाहरु लोप हुने अबस्था भएको कारण नौमती बाजा प्रबर्धनकै लागि पनि पालिकाले हस्तान्तरण गरेको वडाध्यक्ष राईले बताउनु भयो । (२०७८ असोज २५ गते)

प्रतिक्रिया दिनुहोस्