× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / धकेलेर लडाउदा फुपाजुको मृत्यु

धकेलेर लडाउदा फुपाजुको मृत्यु

टेम्के सम्बाददाता । सामान्य वादविवादकोक्रममा धकेलेर लडाउदा खोटाङमा एक बृद्धको मृत्यु भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा का २९ बर्षीय मन कुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर लडाउदा सोही ठाउँका ६९ बर्र्षीय हरीप्रसाद राईको मृत्यु भएको हो ।
यहि १९ गते राती ११ बजे एकआपसमा बिवाद हुँदा मनकुमार राईले धकेलेर लडाउदा हरीप्रसाद घाइते हुनु भएको थियो । उहाँको न्युरो अस्पताल काठमाण्डौमा उपचारकोक्रममा आईतबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिनुभयो । घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक चौधरीले बताउनुभयो । मृतक हरीप्रसाद र मन कुमार साईनोले फुपाजु भदै हुन् । २०७९ जेठ २३ गते ।

प्रतिक्रिया दिनुहोस्