× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / सम्पति सार्वजानिक

सम्पति सार्वजानिक

टेम्के सम्बाददाता । निवाचित जनप्रतिनिधी मध्ये खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले पहिलो पटक आप्mनो व्यक्तिगत सम्पत्ती सार्वजनिक गर्नुभएको छ । गत बैसाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवार बन्नु भएका नगरप्रमुख निर्वाचित भएका भट्टराईले आईतबार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलनमा सम्पत्ती सार्वजनिक गर्नुभएको हो ।
प्रमुख भट्टाराईले स्वेत पत्रमा सम्पन्ती सार्वजनिक गरे अनुसार आप्mनो नाममा दिरुमनपा ७ दोर्पामा पैतृक जग्गा १६ रोपनी २ आना ३ पैसा, दिक्तेलमा साढे ६ आना जग्गामा ८ कोठे २ तले काठको घर रहेको जनाईएको छ । त्यस्तै साझेदारीमै काठमाडौको डिल्लीबजारमा हलो हलेसी अफसेट प्रेस तथा साझेदारीमै दिक्तेलमा थुप्पा उधोग रहेको छ । नगरप्रमुख भट्टराईले थुप्पा उधोग सन्चालनका लागि एनआईसि एशिया बैंकबाट ७ लाख ५० हजार ऋण लिनु भएको जनाईएको छ ।
नगरप्रमुख भट्टराईका आमा पद्म कुमारी भट्टराईको नाममा सोहि वडामा ३ रोपनी ४ दाम १ पैसा, भक्तपुरमा श्रीमतीको नाममा ९ आना २ पैसा, श्रीमतीकै नाममा उदयपुरको रामपुरमा साढे २ कट्टा जग्गा रहेको छ । गहना साढे ७ तोला, चाँदी १६ तोला र श्रीमतीको नाममा बैंक खातामा ८० हजार नगद रहेको स्वेत पत्रमा उल्लेख गरिएकोछ ।
नगरप्रमुख भट्टराईले प्रमुखको टिकट पाएपछि चुनवी सभाहरुमा आफु निर्वाचित भएमा १५ दिनमा घोषणा गर्नु भएको थियो । सोहि कार्यक्रममा आप्mनो कार्यकाल पछि पनि सम्पत्ती सार्वजिन गर्ने सोहि कार्यक्रममा प्रतिबद्धता जनाउनु भयो । निर्वाचित जनप्रतिनिधीहरुले यसरी आप्mनो सम्पति सार्वजानिक गरेको भने यो पहिलो पटक हो । सार्वजानिक पदधारण गरेका व्यक्तिहरुले आप्mनो सम्पम्ति लिखितरुपमा गोप्य तरिका अपनाएर सम्पति सुद्धिकरण बिभागमा पेस गर्ने प्राबधान रहेको छ तर गरप्रमुख भट्टराईले भने पत्रकार सम्मेलन नै गरी स्वेतपत्र जारी गर्दै सम्पति सार्वजानिक गर्नुभएको हो । २०७९ जेठ २४ गते मङ्लबार ।

 

प्रतिक्रिया दिनुहोस्