× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / खोटाङ जिल्ला समन्वयमा गठबन्धन प्यानल बिजयी

खोटाङ जिल्ला समन्वयमा गठबन्धन प्यानल बिजयी

टेम्के सम्वाददाता । खोटाङ जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । सोमबार भएको समन्वय समितिको निर्वाचनमा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार साकेला गाउँपालिका रतन्छाका सनबहादुर राई निर्वाचित हुनु भएको छ ।
समितिमा उपप्रमुख पदमा गठबन्धनकै तर्फबाट दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका खार्मीका सुरेशकुमार तामाङ विजयी हुनु भएकाे छ । तमाङले एमालेका उमेदवार सन्ताेष राइलाइ पराजित गनु भएकाे हाे । सदस्यहरुमा दिरुम नपाका दुर्गाप्रसाद धिमिरे (नेका), जन्तेढुङ्गाका मोहन सुप्तिहाङ (नेका), हलेसी तुवाचुङ नगरपालिकाका ज्ञानेन्द्र राई (नेका) बिजयी हुनु भएको छ । त्यसैगरी महिला सदस्यहरुमा बिष्णुकला राई दिप्रुֿ (नेकपा माओबादी केन्द्र), दिप्रङ कला राई (नेका), केपिलासगढी दिलकुमारी राई (नेकपा एस), अल्पसंख्यकबाट एसेलुखर्क गापाका चमेली विश्वकर्मा (माओबादी) बिजयी हुनु भएको छ ।
प्रमुख निर्वाचन आयोग खोटाङका अनुसार दस पालिका रहेको यस जिल्लामा २० भोट रहेकोमा गठबन्धका उम्मेदवारहरुले १६÷१६ मत प्राप्त गर्नुभएको थियो भने बिपक्षि नेकपा एमालेका उम्मेदवारले चार भोट प्राप्त गर्नु भएको थियो । हलेसी तुवाचुङ नगरपालिकाका एमालेका किशोर श्रेष्ठले प्रमूख पदको लागि उम्मेदवारी दिनुभएकोमा उहाले चार मत पाउनु भएका थियो । नेकपा एमालेले प्रमुख पदमा मात्र उम्मेदवारी दिनु भएको थियो ।
निर्वाचित प्रमुख, उप्रमुख र अन्य सदस्यहरुले आजै सपथग्रहण गररि पदभार सम्हालेका छन् । २०७९ जेठ ३० गते ।

प्रतिक्रिया दिनुहोस्