× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / बालक हराएको पाचदिन पछि मृत फेला

बालक हराएको पाचदिन पछि मृत फेला

टेम्के सम्बाददाता । हराएको पाँचदिन पछि खोटाङमा एक बालक मृत फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११ खार्मीका १५ बर्षिय रविन दाहाल घर नजिकैको खोलाको दहमा आईतबार मृत अबस्थामा भेटिएको हो ।
मृतकका भेनाजु पवन थापाका अनुसार असार ८ गते बिहान नजिकैको बिद्यालय गएका दाहाल बेलुकी घर नफकेको कारण गाउघरमा खोजतलास गर्दा कहि नभेटिएको र आईतबार घर नजिकैको अखम खोलाको दहमा तैरिरहेको अबस्थामा फेला परेको थियो भने उनको कपडा र किताव खोला किनारामा नग्न अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक दाहाल बिद्यालय छुट्टि भएपछि साथीहरु संगै विद्यालयबाट हिडेको तर केहि पर पुगेपछि साथीहरु संग म तल्लो बाटो जान्छु भनि छुटेको मृतकका भेनाजुले थापाले बताउनु भयो । मतकको शब जिल्ला अस्पतालमा पोष्टमार्टम गरि आफन्तलाई आईतबार नै बुझाईएको प्रहरीले जनाएको छ । २०७९ असार १३ गते

प्रतिक्रिया दिनुहोस्