× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / खोटाङका श्रष्टा श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ श्रोता माझ

खोटाङका श्रष्टा श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ श्रोता माझ

जुनु परियार

खोटाङका सर्जक श्रीराम राईले आफ्नाे दोस्रो गीत हालै सार्वजनिक गर्नुभएको छ । आज भन्दा चार बर्ष अगाडी शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गर्नु भएको हो।
यो गितमा श्रीरामको शब्दमा ओमप्रकाश राईले संगीत गर्नु भएको छ भने ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ । ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमा बी राई खोटाङकै उदीयमान गायिका हुन्।
गितकार राई १० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पा,चिउरीडाँडाका साहित्य लेखन र पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।
गीतकार राईले बालकथा, लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन्। उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित गरिसक्नु भएको छ ।
संयुक्त लघुकथासंग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उहाँका तीनवटा लघुकथा समावेश छन् भने लघुकथासंग्रह प्रकाशनको तयारीमा रहेको साहित्यकार बताउनुहुन्छ ।
रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुनुहुन्छ । २०७९ भदौ १२ गते ।

प्रतिक्रिया दिनुहोस्