× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / रवि लामिछानेको पार्टी दिगो हुँदैन : विशाल भट्टराई

रवि लामिछानेको पार्टी दिगो हुँदैन : विशाल भट्टराई

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले मूलधारका राजनीतिक दलको कार्यगत शैलिमा परिवर्तन आउन जरुरी रहेको बताएका छन्।

प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शनिबार दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले मूलधारका राजनीतिक दलको कार्यगत शैलिका कारण मूलुकमा नयाँ शक्तिको रुपमा रवि लामीछानेहरुको पार्टी उदय भएको बताए।

दिक्तेलस्थित होटल शुभदिनमा आयोजित पत्रकार भेटघाटका क्रममा नेता भट्टराईले देशमा मूलधारका राजनीतिक दलको विकल्प नरहेको दाबी गरे।

‘रवि लामिछानेजीको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा अस्थायी रुपमा सफल भएपनि दिगोपन हुँदैन’, उनले भने, ‘पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको नयाँ शक्ति तथा रविन्द्र मिश्र जीको नेतृत्वमा बनेको विवेकशील–साझा पार्टीजस्तै रवि जीको नेतृत्वमा बनेको पार्टी पनि असफल हुन्छ। मूलुकको समृद्धि र विकासका लागि मूलधारका राजनीतिक दलको विकल्प छैन । रातारात उदायका पार्टीहरु अस्थायी हुन्। यिनीहरुको दीगोपन हुँदैन। पाँच वर्षपछि अहिलेका रेकर्ड पल्टाएर हेर्दा हुन्छ।’

नेता भट्टराईले निर्वाचन परिणमलाई लिएर अरुको नेतृत्वमा सरकार नबनेको खण्डमा एमालेले त्यसको नेतृत्व गर्ने बताए। ‘जनादेशअनुसार सरकार निर्माणको काममा हाम्रो पार्टीको ध्यान जाँदैन’, उनले भने, ‘निश्चित स्वार्थमा गठबन्धन बनाएका राजनीतिक दलहरुले निर्वाचन परिणमपछि सरकार बनाउन नसकेको खण्डमा त्यसको नेतृत्व एमालेले गर्छ। तर, अहिले एमालेको ध्यान सरकार निर्माणमा छैन । निर्वाचनको अन्तिम नतिजा आएपछि जोडघटाउ हुन्छ।’

नेता भट्टराईले वर्तमान पाँच दलीय सत्ता गठबन्धन दलहरु निर्वाचनमा पूर्णरुपमा असफल भएको दाबी गरेका छन्। ‘पाँच दलीय गठबन्धन सत्ता टिकाउन र एमालेलाई परास्त गर्नका लागि गठबन्धन बनेको थियो’, उनले भने, ‘गठबन्धनको जन्म नै निश्चित स्वार्थपूर्तीका लागि भएको हो। जुन जनताको मतले अस्वीकार गरेको छ । गठबन्धन पूर्णरुपमा असफल भएको छ।’

नेता भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले खोटाङ जिल्लामा लोकप्रिय मत ल्याएको दाबी गरे । “निर्वाचनमा आफू पराजित भएपनि विजयीलाई मेरोतर्फबाट सकारात्मक तथा रचनात्मक सहयोग रहन्छ”, उनले भने, “जितेकाहरुको खुट्टा तान्ने काम मबाट कहिले पनि हुँदैन । आगामी दिनमा पार्टीको नेतृत्वदायी भूमिकामा रहन्छु । विकास÷निर्माणको काममा अनवरतरुपमा काम गर्छु । जनताका समस्याहरु सम्बन्धित निकायमा पु¥याउछु । अधुरा काम पूरा गर्न खबरदारी गर्छु ।”

नेता भट्टराई नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’सँग पराजित भएका हुन् । मन्त्री पासाङले ३१ हजार ३५१ मत प्राप्त गरेर विजयी हुँदा एमाले नेता भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका थिए । तस्वीर उपलब्ध छ ।    केदार मगरकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्