× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / नेराकस (निजामती) को अध्यक्षमा सुवेदी

नेराकस (निजामती) को अध्यक्षमा सुवेदी

परिता तामाङ टेस
नेकपा (माओवादी केन्द्र) निकट कर्मचारीहरुको सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) खोटाङको अध्यक्षमा चित्रकुमार सुवेदी चयन हुनुभएको छ । सङ्गठनको शनिबार दिक्तेलमा सम्पन्न चौथो जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सविना मगर र कल्पना तोलाङ्गे, सचिवमा पङ्कज आचार्य, सहसचिवमा करुना श्रेष्ठ र कोषाध्यक्षमा युवराज कालीकोटे चयन हुनुभएको छ । समितिको सदस्यहरुमा काँशीराज कार्की, विष्णु श्रेष्ठ, सयन्द्र राई, विवश राई, सम्झना माझी, दीपक राई, प्रदीप पोखरेल, कमला विश्वकर्मा, रामबहादुर नेपाली र विष्णु अधिकारी रहनुभएको छ ।
सदरमुकाम दिक्तेलको जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनले १७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिमा धर्मराज आचार्य, मोहन महासेट, दीपकचन्द्र आचार्य, मनकुमार राई, विमलकुमार देव, मीना राई, कृष्णप्रसाद बास्तोला, ध्यानबहादुर राई, तुलसी गुरागाईँ, मोहन मगर, सुनिल पन्थी, तेजप्रकाश देवकोटा, कान्ती श्रेष्ठ, रामसागर मण्डल र नीरकुमार बस्नेत रहनुभएको छ ।
यस्तै, सङ्गठनको प्रदेश प्रतिनिधिमा उत्तम आचार्य, बाबुराम बस्नेत, युवराज कालीकोटे, प्रेमकुमार राई, धनकुमार खत्री, सुजन राई, तोसल भट्टराई र प्रविणा तोलाङ्गे छनौट हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा राजकुमार राई, सुजन भण्डारी, तीर्थ विश्वकर्मा र होमनाथ ढकाल चयन हुनुभएको छ ।

सङ्गठनको जिल्ला अधिवेशन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै १ नं. प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका पासाङले कर्मचारीले सत्य, निष्ठा र विश्वसनीयताका आधारमा काम गर्नुपर्ने बताउनुभयो ।
कर्मचारी जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका व्यक्ति भएकाले राष्ट्रसेवक कर्मचारीहरुसँग जनताले धेरै आशा राख्ने गरेको उहाँले बताउनुभयो । नेपाली जनताको लामो त्याग, तपश्या र बलिदानबाट प्राप्त वर्तमान व्यवस्थालाई थप प्रभावकारी बनाउन राष्ट्रसेवक कर्मचारीको सबैभन्दा ठूलो दायित्व रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले जनतासँग रातदिन सँगै काम गर्ने कर्मचारी र नेताहरुको बीचको सम्बन्ध समधुर रहनु पर्ने बताउनुभयो । उहाँले राष्ट्रसेवक कर्मचारीहरुको सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीमा आवद्ध कर्मचारीहरुले पार्टीले हाँकेर ल्याएका आन्दोलनको उपलब्धीको रक्षार्थ उभिनुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेश समिति सदस्य टंक थापा, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)का केन्द्रीय उपाध्याक्ष अम्बादत्त भट्ट लगायत पार्टीका नेता तथा कार्यकर्ता पार्टी निकट जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको रहेको थियो ।
उद्घाटन कार्यक्रममा सङ्गठनका पूर्वकेन्द्रीय उपाध्याक्ष विनोद थापामगरलाई दोसल्ला ओडाएर सम्मान गरिएको सङ्गठनका निवर्तमान अध्यक्ष ध्रुवराज राईले जानकारी दिनुभयो । जिल्ला अधिवेशनमा सहयात्री सङ्गठनका प्रतिनिधीहरु निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खोटाङका अध्यक्ष ध्रुव कार्की, नेपाल निजामती कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष रेखा राई, नेपाल निजामती कर्मचारी युनियन खोटाङका जिल्ला सचिव शम्भु तामाङ लगायतको उपस्थिति रहेको थियो  । २०७९ फागुन ६ गते सनिबार ।

प्रतिक्रिया दिनुहोस्