× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / खार्मी र नेर्पा सेमीफाइनलमा प्रबेश

खार्मी र नेर्पा सेमीफाइनलमा प्रबेश

परिता तामाङ टेस

खोटाङको सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगितामा दिक्तेल, बाक्सिला, नेर्पा र खार्मी सेमिफाइनल प्रवेश गरेका छन् । खोटाङका स्थानीय तहका वडालाई मात्र सहभागी गराइएको वडास्तरीय फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १८ वडाका खेलाडीले सहभागिता जनाएका छन् । सोल्मास्थित सोल्मा स्पार्टस् क्लबको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटर फाइनल खेलमा आयोजकलाई ४-० ले हराउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा नेर्पाका खेलाडी जर्सी नं. १४ का सुरज राई म्यान अफ द म्याच घोषित भएका छन् । यस्तै, बिहीबार भएको क्वाटर फाइनलको अन्तिम खेलमा खोटेहाङ गाउँपालिका-६ इन्दे्रणीपोखरीलाई ३-१ ले हराउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा खार्मीका खेलाडी जर्सी नं. १३ का अमिन राई म्यान अफ द म्याच घोषित भएका छन् । यसअघि बुधबार भएको क्वाटर फाइनल खेलमा हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडालाई ट्राइब्रेकरमा हराउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै, बुधबार भएको क्वाटर फाइनलको दोस्रो खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङलाई २-१ ले हराउँदै केपिलासगढी गाउँपालिका-४ बाक्सिला सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनल खेल भोलि (शुक्रबार) मध्यान्ह साढे १२ बजेबाट शुरु हुने आयोजकले जनाएको छ । सेमिफाइनलको पहिलो खेल दिक्तेल र नेर्पा तथा दोस्रो खेल खार्मी र बाक्सिलाबीच प्रतिस्पर्धा हुने आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्मा सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धतीय र सेमिफाइनलमा पुग्ने दुईवटा टिमले क्रमशः नगद रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका अनुशासित टिम र बेष्ट प्लेयरलाई नगद रु पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार ३३३ प्रदान गरिने क्लबले जनाएको छ । वडास्तरीय फुटबल प्रतियोगिता समापनको अवसरमा एकजना पत्रकारलाई नगद रु पाँच हजार ५५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गर्ने क्लबले जनाएको छ । खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले ‘दिक्तेल नगरपालिका कप २०७२’ सञ्चालन गरेको थियो । प्रतियोगिताको अवसरमा आयोजित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र सोल्मा स्पोर्टस क्लब सोल्माका भेट्रान टिमबीच भएको मैत्रीपूणर् खेल बराबरीमा टुङ्गिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले यही फागनु-६ गते सोल्मा स्पोर्टस क्लबको लोगोसहितको बेलुन उडाएर गर्नुभएको हो । सोल्मा स्पोर्टस् क्लबले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा चन्दा सङ्कलन गरेर जिल्लामै पहिलो पटक आफ्नै खेलमैदान निर्माण गरेको छ । २०७९ फागुन ११ गते ।

प्रतिक्रिया दिनुहोस्