× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / साकेलाको स्ववियु घोषणा उल्टियो

साकेलाको स्ववियु घोषणा उल्टियो

जुनु परियार(टेस)
सोकला बहुमुखी क्याम्पसले स्वबियु निर्वाचनको परिणाम उल्टिएको छ । साकेला बहुमुखि क्याम्पसले चैत ५ गते अनेरास्वबियुको प्यानल निर्विरोध निर्वाचित भएको घोषणा गरेकोमा तत्कालै सर्वपक्षिय बिद्यार्थी संगठनहरुको बैठकले परिणाम उल्टाईदिएको छ ।
क्याम्पस निर्वाचन समितिका संयोजक ईन्द्रकुमार तामाङले चैत ५ गते अनेरास्वबियुका अध्यक्ष यामकुमार खड्काको प्यानल निर्विरोध निर्वाचित भएको घोषणा गरेलगतै क्रान्तिकारी, अनेरास्वबियु नेपाल बिद्यार्थी संगठन, अनेरास्वबियूले संयुक्त प्रेस विज्ञाप्ती प्रकाशित गरी बिरोध जनाएका थिए । बिद्यार्थी संगठनहरुले बिरोध जनाएपछि क्याम्पस प्रशासनले संगठनका बिद्यार्थीहरुको प्रतिनिधी सहितको बैठक बसी स्वबियु निर्वाचनको घोषणा रद्ध गरेको छ । प्राबिधिक समस्या भएको कारण देखाउदै यहि चैत १० गते स्वबियु निर्वाचन गर्ने निर्णय गर्ने समेत निर्णय गरेको छ । २०७९ चैत ६ गते ।

प्रतिक्रिया दिनुहोस्