विराटनगर । प्रदेश १ प्रदेशसभालाई सम्बोधन गर्दै जसपाकी सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बू रोएकी छिन् । प्रदेश १ को नामकरणको विषय भइरहेको बहसकाक्रममा उनले आफू बोलेको अधिकांश समय रोएरै विताएकि छिन् । उनले त्यसक्रममा पहिचान सहितको नामाकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको गुनासे पाखिन।
‘पहिचान सहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा पनि मलाई बोलाइएन । एक्कासि आज बोल्न त दिइयो तर, अपमानपूर्ण ढंगले,’ उनले भनिन्, ‘ऐतिहासिक जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन, पहिचानका विभिन्न आन्दोलनमा सहभागी भएर ज्यान अर्पण गरेका सहिदहरुलाई नमन गर्न चाहन्छु ।’ रातेपाटी डटकम