× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / खोटाङमा ७७९ परिवार भूमिहिन पहिचान

खोटाङमा ७७९ परिवार भूमिहिन पहिचान

टेस
खोटाङ जिल्लामा ७७९ परिवार पहिचान भएका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले ७७९ भुमि व्यवस्था गर्नुपर्ने छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले मंगलबार पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क सार्वजनिक गर्दै खोटाङमा तीन प्रकारको भुमिहिन रहेको जनाएको हो ।
जिल्लाको १० वटै स्थानीय तहमा पुगेर संकलन गरिएको निवेदनका आधारमा आयोगले तथ्यांक सार्वजनिक गरेको हो । प्रत्येक स्थानीय तहमा सेवाकेन्द स्थापना गरेर आएको निवेदन तथा सिफारिसको आधारमा संख्या एकिन गरिएको जनाईएको हो । केही निवेदनहरुका निबेदन आवश्यक प्रकृया नपुगेकाले सच्याउन आवश्यक रहेकाले ती निवेदनहरु आउनेक्रममा रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
जानकारी अनुसार सबै भन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भुमिहिन परिवार पाईएको छ । भने सबै भन्दा कम भुमिहिन ऐसेलुखर्क गाउँपालिकामा रहेका छन् ।
जिल्लामा भूमिहिन सुकुम्बासी १४९, भूमिहिन दलित ५० परिवार र अव्यवस्थित वसोवास गरिरहका ५८० परिवारलाई व्यवस्थापन गर्नुपर्ने देखिएको छ । हाल सम्म प्राप्त निवेदनका आधारमा सबै भन्दा बढी २६७ परिवार भूमिहिन रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेको छ भने सबै भन्दा कम ऐसेलखर्क गाउँपालिकामा १० परिवारमात्र रहेको छ ।
यसैगरी हलेसी तुवाचुङ नगरपालिकामा १६२, खोटेहाङ गाउँपालिकामा २४, केपिलासगढी गाउँपालिकामा १२, जन्तेढुँगा गाउँपालिकामा ४६, बाराहा पोखरी गाउँपालिकामा ५५, रावावेसी गाउँपालिकामा ५७, दिपूङचुईचुम्मा गाउँपालिकामा ७२ र साकेला गाउँपालिकामा ७४ परिवारको निवेदन भूमि आयोग जिल्ला समितिमा आईसकेको छ ।
प्राप्त निवेदनको आधारमा आवश्यक प्रक्रिया अगाडि बढाईएको र उनिहरुलाई व्यवस्थापन गर्न अब पहल गरिने भुूमि आयोगका जिल्ला संयोजक सुरेश राईले बताउनु भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आथित्यतामा भएको पत्रकार सम्मेलनमा भूमि आयोग जिल्ला समितिका सदस्यहरु तथा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधीहरुको समेत उपस्थितिमा कार्यक्रम भएको थियो । फागुन १६ गते मङ्गलबार ।

 

प्रतिक्रिया दिनुहोस्