× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / बाम्राङमा बृध्द मृत फेला

बाम्राङमा बृध्द मृत फेला

टेस

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सिरिसेमा आइतबार बिहान एक बृद्ध मृत फेला परेको छ । ७३ वर्षीय शम्शेर राई आइतबार मृत फेला पर्नुभएको हो ।

खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार घाँस काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । वृद्ध मृत फेला परेपछि बिहान आठ बजे खबर आएको र घटनास्थलमा पुगेर कानुनी प्रक्रियाका साथै थप अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।

शनिबार बेलुकी नै उनको मृत्यु भएको हुन सक्ने वडा अध्यक्ष महेन्द्र राईले बताए । उनी घरमा एक्लै बस्ने गरेको राईको भनाइ छ । मृतक राइका एक छोरा बैदेशीक रोजगारीको शिलशिलामा बिदेमा बस्दै आउनु भएको छ । २०८० साउन २१ गते ।

प्रतिक्रिया दिनुहोस्