× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / हरित गाउँपालिका तर्फ लम्किदै साकेला

हरित गाउँपालिका तर्फ लम्किदै साकेला

टेम्के सम्बादाता । साकेला गाउँपालिकालाई हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उदेश्यले सडक किनारामा वृक्षारोपण कार्य सुरु गरिएको छ । गत वर्ष पालिकाको केन्द्र रहेको मानेभञ्ज्याङ र कार्यालय परिसरमा करीव ६ सय विरुवा रोपेको पालिकाले यस वर्ष साप्सुखोला-मानेभञज्याङ-तावाभञ्ज्याङ सडक अन्तर्गत सडकको किनारामा विभिन्न प्रजातिका विरुवाहरु रोप्न सुरु गरेको हो ।

साकेला गाउँपालिका र उक्त सडक निर्माण गरिरहेको मल्ल कन्ट्रक्सनको संयुक्त पहलमा सडक किनारमा भौगौलिक बनावट अनुसार हावापानी सुहाउँदो फलफूलजन्य र भू-क्षयलाई नियन्त्रण गर्ने जैविक प्रकृतिका विरुवा रोप्न सुरु गरिएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो ।

उक्त सडकले समुन्द्रि सतहको १२ सय उचाईदेखि २८ सय उचाईसम्मको भू-भागलाई छोएको छ । तल्लो वेशी क्षेत्रमा अशोकको विरुवा सँगै भूगोल अनुसारको फलफूलको विरुवा रोपिएको छ भने बीचको क्षेत्रमा गुल्मर, निल्मर, ज्याकारअण्डासँगै हावापानी सुहाउँदो फलफूलको विरुवा लगाउन सुरु गरिएको अध्यक्ष राईको भनाई छ ।

हामी साकेला गाउँपालिकालाई वातावरणमैत्री सँगै हरित पालिका पनि निर्माण गर्ने अभियानमा छौं अध्यक्ष राईले भन्नुभयो- गत वर्षपनि विभिन्न प्रजातिका विरुवाहरु कार्यालय परिसर र बजार एरियामा रोपिएको छ, यस वर्ष पनि करीव दश हजार विरुवा रोप्ने तयारी गरिरहेका छौं ।

गाउँपालिकाले सडक किनारासँगै प्रत्येक विद्यालय, वडा कार्यालय, स्वास्थ्यसंथ्था र सार्वजनिक स्थलहरुमा भूगोल सुहाउँदो विरुवा रोप्ने योजना बनाएको छ । पालिकाको वेशी क्षेत्रदेखि लेकालि भेगसम्म फस्टाउने विभिन्न प्रजाति र फलफूल जन्य करीव दश हजार थान विरुवा नर्सरीहरुमा माग गरिएको अध्यक्ष राईको भनाई छ । २०८० साउन ५ गते ।

प्रतिक्रिया दिनुहोस्