कारागारका बन्दीकैदी रमाया आज

खोटाङ समाचारदाता
खोटाङ असार १६ गते । खोटाङ कारागारका कैदिबन्दीहरुले बिहिबार बिहान साँढे तीनघण्टा रमझममा बिताएका छन् । खोटाङको जिल्ला कारागारका कैदिबन्दीहरु बिहान ८ बजे देखि साँढे ११ बजे सम्म सन्देशमूलक नाटक, गित, गजल र कबिताहर सुनाएर र सुनेर रमाएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कारागार मानब अधिकार प्रबर्दन सम्बन्धि सचेतना कर्याक्रमको अबसरमा कारागार भित्रै आयोजित कार्यक्रममा र्कायक्रमको संयोजक संस्था हङ्सबाहिनी फिल्मस् प्रोडक्सन प्रा. लि. ईटहरीका कलाकारहरुसंग बन्दिकैदीहरु साँढे तीन घन्टा रमायका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमूख दिपनारायण रिजालको प्रमूख आतिथ्यमा आयोजित कार्यक्रममा फिल्म प्रोडक्सन प्रा.लि.का कलाकारहरुले सचेतानामूलक प्रहसन, गित, गजल कबिताहरु प्रस्तुत गर्नुभएको थियो भने कैदीबन्दीहरुको तर्फबाट पनि त्यस्तै प्रकारका रचना प्रतिभाहरु प्रस्तुत गरेका थिए । कैदीबन्दीको तर्फबाट रोशन तामाङले कबिता, सान्तोष राई लगायत दजनौले गित प्रस्त्ुत गर्नुभएको थियो ।
कारागारमा रहनु भएका कैदीहरुले कैद भुक्तान गरिसकेपछि समाजमा राम्रोसंग घुलमिल होस भन्ने मूख्य लक्षका साथ गरिएको यो कार्यक्रमको सभाध्यक्ष प्रमूख जिल्ला अधिकारी बिष्णुहरी उपाध्यय हुनुहन्थ्यो । यस कारागारमा अहिले पु्रुष ८२ महिला दुई गरि ८४ जना कैदी, थुनुवा बन्दी नौ पुरुष र एक नावालक रहेको जेलर चित्रखर आचार्यले बताउनु भयो । उजुर राई

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *