× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / इमानसिं राईको निधनले सबै क्षेत्रमा क्षति

इमानसिं राईको निधनले सबै क्षेत्रमा क्षति

खोटाङका शिक्षासेवी इमानसिं राईको निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको सिरिसे निवासी राईको बुधबार ९६ वर्षको उमेरमा उपचारकोक्रममा निधन भएको हो । राईको निधनले खोटाङमा शैक्षिक, सामाजिक क्षेत्रमा क्षेत्रमा क्षेत्रमा क्षति पुगेको छ ।
बिक्रम सम्बत् १९८२ साल पुस १५ गते जन्मिएका शिक्षासेवी राईको शिक्षण अस्पताल महाराजगञ्ज काठ्माण्डौंमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । सिकिस्त बिरामी परेका राईलाई मंगलबार उपचारका लागि हेलीकोप्टरमार्फत काठ्माण्डौं लगिएको थियो ।
व्याई भर्ति भई बेलायती सेनामा लामो समय सम्म सेवा गरि अबकास हुनु भएको थियो । अबकास पछि शिक्षक पेशामा प्रवेश गरी उमेको हदको कारण शिक्षक सेवाबाट समेत अवकाश प्राप्त व्यक्ती हुन् । बिक्रम सम्बत २०२३ सालमा बेलायती सेनाबाट घाइते पेन्सन सुबिधा लिई अवकाश हुनु भएका राईले २०४७ सालमा शिक्षकबाट अवकाश लिनु भएका थिए । सेनाबाट फर्किएपछि सरस्वती मावि दिक्तेलमा पढाउँदै र सोही विद्यालयमा कक्षा ९ मा भर्ना भएर अध्ययन सुरु गरेका राईले बिएड उत्तिर्ण गरि महेन्द्रोद्धय माबि ओख्रे डाँडागाउँ र दिक्तेल ईङ्लिस बोर्डिङ स्कुसलका संस्थापक प्रिन्सिपलको भुमीका निर्वाह गर्नु भएका थियो ।
उक्त बिद्यालयहरुबाट पुनः अबकास भई गाउकै बिद्यालय श्री साबित्रा माध्यामिक बिद्यालयमा केहि समय प्रधानाध्यपकक भई शैक्षिक पेशामा योगदान दिनु भएको थियो । शिक्षासेवी, सामाजिक अभियान्ता लगायतका बहुआयमिक व्यक्तित्वका धनी राई २०५४ सालमा तत्कालिन बाम्राङ गाबिस अध्यक्षमा पनि निर्वाचित भएका थिए ।
शिक्षा र समाजसेवाका माध्यमबाट आफ्नो समाज, गाउँ र ठाउँको उत्थानमा सेवा पु¥याएकोमा
िशक्षासेवी राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २०७५ सालमा एक लाख राशीको ‘नगर व्यक्ती पुरस्कार’ प्रदान गरेको थियो । बिभिन्न क्षेत्रबाट समाज तथा नगरपालिकाको उत्थानकालागि बिशेष योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गर्नेगरी स्थापना गरिएको नगर वर्ष व्यक्ती प७३घढसरस्कार सो वर्ष राईलाई प्रदान गरिएको थियो । खोटाङ, असोज ६ गते । (पत्रकार दमन राईको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्