बैंकिङ कसुर सम्बन्धी जिल्लामा पहिलो पटक मुद्दा दायर

टेस
जिल्ला प्रहरी खोट्टाङले पहिलो पटक बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ गरी मुद्दा चलाएको छ । सो मुद्दाका फरार अवस्थामा रहेका प्रतिवादी सुनिता खड्कालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो।
जिल्ला अदालत खोटाङबाट पक्राउ अनुमति जारी गरी फरार रहेका ४१ वर्षीया खड्कालाई प्रहरी वृत सातदोवाटो ललितपुरको समन्वयमा ललितपुर महानगरपालिका–१४ थसिखेलबाट पुस १७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पुस १८ गते प्रकाशित प्रेस विज्ञाप्ती मार्फत जनाएको छ।
खड्का उदयपुरको चुहाडे गाविस–४ मा जन्मिएका खड्का हाल दोलखा फस्कु गाविस–६ स्थायी वतन भई काठमाण्डौ महानगरपालिका–३१ का वासिन्दा हुन्।
विभिन्न प्रलोभन देखाई विभिन्न मितिमा निर्मला भुजेलबाट ३५ लाख २५ हजार लगेकोमा सोही रकम बराबरको बैंक अफ काठमाण्डुको चेक काटीदिई साट्न जाँदा निज खड्काको खातामा मौज्दात नभएको भनि जिल्ला प्रहरी कार्यालयमा भुजेलले जाहेरीको जाहेरी आधारमा खड्कालाई पक्राउ गरिएको हो।
जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी खड्कालाई अनुसन्धान गरीरहेको छ। बैंकिङ कसुर मुद्दामा प्रहरीले प्रतिवादी पक्राउ गरेको यो पहिलो हो। यस अघिसम्म यही प्रकृतिको मुद्दा हेर्ने अधिकार जिल्ला अदालत खोटाङलाई नहुँदा विराटनगर उच्च अदालत पठाउने गरिएको थियो। २०८० पुस १९ गते

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *