× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / आर्थिक लाभ र अनैतिक सम्बन्धले पवित्राको हत्याः दुइ पक्राउ

आर्थिक लाभ र अनैतिक सम्बन्धले पवित्राको हत्याः दुइ पक्राउ

उजुर राइ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा सोही नगरपालिकाको वडा नं. १२ जालपाका वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती वर्षीया सिर्जना श्रेष्ठ (राई) काठमान्पडाैबाट पक्राउ परेका छन् । यहि मङ्सिर १९ गतेदेखि बेपत्ता भएकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा यही पुस–३ गते शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले पवित्राको हत्या आरोपमा श्रेष्ठ दम्पतीलाई पक्राउ गरिएकाे हाे ।
आफ्ना श्रीमानस‌ग सम्बन्ध बिच्छेद गरेर माइती घर बस्दै आएकी पवित्रा मङ्सिर १९ गते राति आठ बजेसम्म टेलिभिजन हेरेर बस्नुभएको र त्यतिबेलै देखि हराएकि थिइन् । भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि आफन्तले खोजी शुरु गरिएको थिए । बेपत्ता भएकी पवित्राको खोजीका लागि परिवारले मङ्सिर–२३ गते प्रहरीलाई खबर गरेका थिए । पवित्रा १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र मृत फेला पर्नुभएको थियाे ।
पबित्रालाइ शङ्कास्पद आवस्थामा मृत फेला परेपछि आफन्तले प्रहरीमा जाहेरी दिएसँग अनुसन्धान गर्नेक्रममा आरोपित श्रेष्ठ दम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीबाट पुस–११ गते पक्राउ गरेर पुस–१२ गते जिल्ला ल्याइएको जनाइएको प्रहरीले जनाएकाे छ । श्रेष्ठ दम्पतीलाई पक्राउ परेको आठ दिनपछि बुधबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हाे ।
श्रेष्ठले पवित्राको गत मङ्सिर–१९ गते राति नै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्काले जानकारी दिनुभएको छ । “आरोपित दीपकले आर्थिक लाभ तथा अनैतिक सम्बन्धका कारण पवित्राको हत्या गरेको पुष्टि भएको छ । दीपक आफैले पनि घटनाका विषयमा स्वीकार गरिसकेका छन्”, उहाँले भन्नुभयो, “आरोपित श्रेष्ठ दम्पतीबाट सबुत प्रमाणहरु समेत बरामद गरिएको छ । दोषी पत्ता लगाउनमा मृतकका परिवारको ठूलो सहयोग रह्यो । उहाँहरुका कारण बेलैमा दोषी पत्ता लगाएर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ ।”
घटनापछि मङ्सिर–३० गते भागेर ललितपुरको महालक्ष्मी नगरपालिका पुगेको अवस्थामा पक्राउ परेका श्रेष्ठ दम्पतीलाई प्रहरीले बरामद गरिएका सामानसहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । मृतक पवित्राले कानमा लगाउनुभएको सुनको रिङ, नाकको सुनकै फुली र पवित्राकाे मोबाइल हत्यामा प्रयाेग भएकाे किला ठाेक्ने मार्ताल प्रहरीले बरामद गरेर पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो ।
दीपकले पवित्राको हत्यामा प्रयोग गरेको मार्ताल भने परीक्षणका लागि राष्ट्रिय विधि विधान प्रयोगशाला काठमाडौँ पठाइएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ । “कसुरदार दीपकले योजनावद्ध तरिकाले पवित्राको हत्या गरेको देखिन्छ । मृतक पवित्राको शव भेटिएकै ठाउँ नजिक रगताम्मे भएको एउटा हम्मर फेला परेको थियो । त्यो हम्मर दीपक आफैले घरबाट लगेर गएको प्रहरीकाे अनुसन्धानबाट खुलेकाे हाे ।
कानमा लगाइने रिङ जालपास्थित सहकारीमा ऋण लिनका लागि रु ४० हजारमा धितो राखेको अवस्थामा, फुली दीपकको भाइ डम्बर श्रेष्ठबाट रु चार हजार ५०० मा धितो नै राखेको अवस्थामा र मोबाइल सिर्जनाको बुबा राजबहादुर राई (केपिलासगढी गाउँपालिका–७ सुङ्देल)बाट बरामद गरिएको प्रहरीले जनाएको छ । मृतक पवित्राले प्रयोग गर्दै आउनुभएको सिमकार्ड भने ललितपुरस्थित उनीहरु (श्रेष्ठ दम्पती)को कोठाबाटै बरामद गरिएको प्रनाउ खड्काले पत्रकारसम्मेलनमा जानकारी दिनुभएको छ ।
मुख्य कसुरदार मानिएका दीपक मङ्सिर–१९ गते दिउँसो श्रीमती सिर्जनाको लागि अनलाइन अडर (इन्टरनेटमार्फत मगाउने काम) गरिएको साडी लिन भन्दै घरबाट हिँडेर दिक्तेल आएपछि सिधै मृतक पवित्राको घर पुगेर हत्या गरेको पुष्टि भएको प्रनाउ खड्काले बताउनुभएको छ । “पवित्रासँग पहिलेबाटै अनैतिक सम्बन्ध रहेको दीपकले स्वीकार गरेका छन् । त्यो दिन पनि बलात्कारपछि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, अनुसन्धान जारी छ”, उहाँले भन्नुभयो, “सिर्जनालाई विवाह गरेर ल्याइसकेपछि पवित्रासँगको अनैतिक सम्बन्ध खुल्ने डरले हत्या गरेको देखिन्छ । सिर्जनालाई भने दीपकको कर्तुत लुकाउन सहयोग गरेको कारण पक्राउ गरिएको हो । उनीहरु दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।”
चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि नौँ महिनाअघि सम्बन्ध बिच्छेद गरेर माइती घर नाखाम फर्कनुभएको जनाइएको छ । तीन छोरी श्रीमानसँग छाडेर कान्छी छोरीसँगै लिएर माइती घर बस्दै आउनुभएकी पवित्राको शव पत्करले छोपेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिनुभएको छ ।
पवित्राको शव शङ्कास्पद अवस्थामा भेटिएकाले घटनाको विषयमा अनुसन्धान गर्दा श्रेष्ठ दम्पती दोषी देखिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार पत्करले छोपेको अवस्थामा मृत भेटिनुभएकी पवित्राको भित्रीबस्त्रसमेत थिएन । बाँस ढुवानीको काम गर्दै आएका आरोपित दीपकले तीन श्रीमती विवाह गरेको स्थानीय बासिन्दाले बताएका छन् । सिर्जनालाई तेस्रो श्रीमतीको रुपमा गत असोजमा मात्रै दीपकले घर भित्र्याएको अनुसन्धाटबाट खुलेको प्रहरीले जनाएको छ । घरमा जेठी श्रीमतीसहित उनीपट्टीको एक छोरी रहेको जनाइएको छ । जेठी श्रीमती घरमा हुँदाहुँदै माइली ल्याएपनि उनी अहिले सम्पर्कमा नरहेको बुझिएको छ । २०८० पुस २० गते

प्रतिक्रिया दिनुहोस्