× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / स्वास्थ्य शिविरबाट १ सय ६८ लाभान्दित

स्वास्थ्य शिविरबाट १ सय ६८ लाभान्दित

टेस
साकेला- टोल तथा बस्तिहरुमा रहेका महिलाहरुको स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको समस्याहरुलाई समाधान गर्ने उदेश्यका साथ साकेला गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरबाट 168 जना महिलाहरुले उपचार तथा परामर्श सेवा पाएका छन् ।
गाउँपालिकाको पाँच वटै वडाहरुमा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य, रुग्णता सम्बन्धि स्क्रिनिङ शिविरबाट पाठेघरको मुखको क्यान्सर VIA जाँच तथा परामर्श सम्बन्धिको उपचार ८४ जनाले पाएका छन् । त्यस्तै परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट २४ जनाले राखेका छन् । परिवार नियोजनकै अस्थायी साधन इम्प्लान्ट १३ जनाले झिकेका छन् भने पुरानो झिकेर नयाँ राख्ने ९ जना छन् । कपर्टी एक जनाले प्रयोग गरेका छन् ।
शिविरबाट आङ खस्ने समस्या भएका ११ जनाको रिङ प्रेसरी राखेर प्राथमिक उपचार गरिएको छ भने दुई जनालाई अन्यत्र उपचारका लागि रेफर गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताउनुभएको छ ।
गत आईतबार मात्तिम स्वास्थ्यचौकी देखि सञ्चालन गरिएको शिविर शुक्रबार वडा नम्बर २ को साकेला आधारभूत अस्पतालमा आएर टुङ्गिएको छ । शिविरको दोश्रो दिन सोमबार आधारभूत स्वास्थ्य सेवा ईकाई केन्द्र मात्तिम, मंगलबार स्वास्थ्यचौकी खिदिमा, बुधबार स्वास्थ्य चौकी बाँझेच्यानडाँडा, बिहीबार सामुदायिक स्वास्थ्य सेवा ईकाई केन्द्र डाँडागाउँ र अन्तिम दिन शुक्रबार साकेला आधारभूत अस्पतालमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरबाट सेवाग्राहीलाई यौन रोग सम्बन्धी उपचार तथा परामर्श सेवा समेत उपलब्ध गराईएको संयोजक ढकालको भनाई छ ।
गाउँपालिकाले आङ् खसेर बिरामी भई अन्त्रय उपचारका लागि रेफर भएका बिरामीहरुको अस्पताल जाने-आउने, अस्पतालमा लाग्ने खर्च र उपचार अवधिभरको खानेबस्ने व्यवस्था गर्ने भएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले त्यस्ता बिरामीहरुको लागि छुट्टै कार्यविधि बनाएर सहयोग उपलब्ध गराईने बताउनुभयो । गाउँघरमा अझै पनि प्रजनन स्वास्थ्य सम्बन्धि जटिल समस्या रहेको बताउँदै उहाँले सम्भव भएसम्म आगामी दिनहरुमा टोलटोलमा स्वास्थ्य सेवा पुर्याई नागरिकको पहिचान गरि सुविधा उपलब्ध गराईने बताउनुभएको छ । २०८० माघ २८ ।

प्रतिक्रिया दिनुहोस्