× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / बाम्रङमा फस्टायो फुटबल भाले प्रतियोगिता

बाम्रङमा फस्टायो फुटबल भाले प्रतियोगिता

उजुर राई
बाम्राङ– बाम्राङमा केहि बर्ष यता फुटबल प्रतियोगितामा भाले पुरस्कार दिने प्रचलन फस्टाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ बाम्राङमा गत तीन बर्ष देखि भाले प्रतियोगिताको नाम गरी प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई भाले पुरस्कार प्रदान गर्ने प्रचलन चलेको छ ।
भाले प्रतियोगिता अन्तरगत बाम्राङको साविक वडा नं. ४ कट्टीको अजम्बरी स्पोर्टस क्लवले प्रथम हुने टिमलाई ६ किलोग्राम बराबरको तीनवटा, दोश्रो हुने टिमलाई ४ किलोग्राम बराबरको दुईवटा भाले र तृतिय हुने टिमलाई २ किलो बराबरको एकवटा लोकल भाले प्रतियोगिता सम्पन्न गरी उक्त प्रतियोगितालाई निरन्तर दिने काम भयो ।
उक्त प्रतियोतिगामा साविक वडा नं. २ सिरिसेको मिर्मिरे क्लव प्रथम स्थान हासिल गरी तीवटा भाले पक्रन सफल भयो भने, दोश्रो स्थान हासिल गरी साविक वडा नं. ५ सामातुङको राईजिङ स्पोस्र्ट क्लवले दुईवटा भाले पक्रन सफल भयो, त्यस्तै साविक वडा नं. ८ को बाम्राङ पूmलबारी सेवा समाज तेश्रो स्थान हासिल गरी एकवटा भाले पक्रन सफल भएका थिए ।
गत तीन बर्ष देखि बाम्राङमा भाले प्रकृतिको फुटबल खेलको आयोजना हुदै आएको छ । यसै बर्षमा यस प्रकारकोे खेल मिर्मिरे स्पोस्र्ट क्लवले आयोजना गरेको थियो । यस प्रतियोगितामा भने राईजिङ स्पोस्र्ट क्लव प्रथम, मिर्मिरे स्पोस्र्ट क्लब दोश्रो भएको थियो ।
बिगत तीन बर्ष देखि संचालन हुदै आयको भाले प्रतियोगितामा बाम्राङका साविक वडा तथा बिभिन्न संस्थाहरुले आयोजना गदै आएको थियो । आगामि फागुन महिनामा साविक वडा नं. ८ खत्रीगाउँले पनि यस्तै प्रकारको खेलको आयोजना गर्ने आयोजक सदस्य पवन दाहालले बताए ।
यस प्रकारको फुटवल खेलको आयोजना गर्दा खेलाडीहरुले खेल खेलिसके पछि उत्साहित भई खानपिनमा सन्तुलन हुने र अन्य खेलप्रेमीहरुलाई छुट्टै सन्देश जाने आयोजक संस्थाका सदस्य सचिव पवन थापाले बताए । २०८० माघ २९ ।

प्रतिक्रिया दिनुहोस्