× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / गोर्खा वेल्फेयर ट्रष्टले बनाईदियो बिद्यालय

गोर्खा वेल्फेयर ट्रष्टले बनाईदियो बिद्यालय

टे स (साकेला॒)  करीव तीन सय विद्यार्थी अध्ययनरत खोटाङको साकेला गाउँपालिका-५ स्थित सरस्वती माध्यमिक विद्यालयमा ब्रिटिश गोर्खा वेलफेयरको सहयोगमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको मात्तिमबिर्तास्थित सरस्वती माविमा दुई करोडभन्दा बढी लगानीमा बालबालिकामैत्री, अपाङ्गतामैत्री एकैसाथ दुई वटा भवन, व्यवस्थित शौचालय तथा खानेपानी सुविधा सहितको संरचना निर्माण गरिएको हो ।

गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं विद्यालय र समुदायको सहभागितामा सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । सरस्वती माविका लागि २ करोड ६५ लाख ९२ हजारको लागतमा एउटा आठ कोठे र एउटा चार कोठे भवन निर्माण गरिएको हो । ६ महिनामै निर्माण गरिएको भवन आज असार ४ गते गोर्खा वेल्फेयर ट्रष्टले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

देशभरीमा बनाइएका पाँच वटा आयोजनामध्ये साकेलामा विद्यालयको भवन निर्माण गरिएको हो । लामो समयसम्म ब्रिटिश आर्मीमा कार्यरत रहि सेवा निवृत्त हुनुभई ब्रिगेड गोर्खाकै ईतिहाँसमा पहिलो पल्ट स्थानीय तहको नेतृत्व सम्हालिरहनु भएका गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको पहलमा उक्त आयोजना मार्फत सो विद्यालय छनौटमा परेको थियो ।

दुई सय नौ वर्षभन्दा पुरानो इतिहास बोकेको ब्रिटिश गोर्खामा आफूले समेत रगत र पसिना बगाएको स्मरण गर्नुहुँदै अध्यक्ष राईले आफू पहिलो पल्ट निर्वाचित भएको ठाउँमा सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना उपलब्ध गराएको प्रति ब्रिटिश गोर्खा वेलफेयर, सिंगो गोर्खा वेलफेयर ट्रष्ट र भवन निर्माणको लागि पहल कदमी गर्नुहुने सम्पूर्ण व्यक्तित्वलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

व्यवस्थित, सुविधायुक्त र पर्याप्त कक्षाकोठा र भवनको अभाव भईरहेको अवस्थामा ब्रिटिश गोर्खा वेलफेयरबाट प्राप्त अनुदान सहयोगबाट विद्यालयको भवन निर्माण हुनु गाउँपालिकाको समृद्धिको यात्रामा ठूलो उपलब्धी हाँसिल भएको अध्यक्ष  राईले टिप्पणी गर्नुभयो ।

भवनसँगै आठ कोठे शौचालय, खानेपानी ट्यांकी, घेराबारा, चार कोठामा वालमैत्री फर्निचर, भित्तेलेखन तथा कार्पेटिङ, वालमैत्री धारा लगायतका संरचना निर्माण गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्टले विद्यालयलाई फलामको ४० जोर डेस्कबेञ्च पनि उपलव्ध गराएको छ । गोर्खा वेल्फेयर ट्रष्टले सोही विद्यालयमा पहार ट्रष्ट नेपालसँगको सहकार्यमा लाइब्रेरी प्रोग्राम सञ्चालन गर्ने प्रधाध्यपक सितल राईले बताउनुभयो । २०८२ जेठ ५

प्रतिक्रिया दिनुहोस्