उदयपुर (टेस)
जिल्ला ट्राफिक कार्यालय उदयपुरले आर्थिक बर्ष २०८१–०८२ मा १ करोड २४ लाख २१ हजार रुपैँया राजस्व संकलन गरेको छ । २०८१ साउन देखी ०८२ असार सम्म कारवाहिमा परेको जम्मा १५ हजार ५ सय ३८ वटा सवारी साधनबाट उक्त राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरको तथ्याङ्क अनुसार यस अवधिमा ट्रक २ हजार ४ सय १७ वटा, टिपर ६ सय ४४ वटा, बस १ हजार २ सय ९१ वटा, कार–जिप ४ हजार ९ सय ७८ वटा, ट्याक्टर ६ सय ६२ वटा, मोटरसाईकल ४ हजार ४ सय २३ वटा, टेम्पो–अटो १ हजार १ सय ६ वटा र अन्य १७ वटा सवारी साधनलाई कारवाहि गरिएको छ ।
सबै भन्दा बढी राजस्व कार र जिप बाट संकलन भएको छ । कारवाहिमा परेको कार र जिपबाट ३८ लाख ८५ हजार रुपैँया राजश्व संकलन गरिएको हो । त्यस्तै मोटरसाईकलबाट ३३ लाख ९३ हजार ५ सय, ट्रकबाट १९ लाख ५ हजार ९ सय, टेम्पो–अटोबाट ११ लाख २७ हजार ५ सय, बसबाट ९ लाख ९४ हजार, टिफरबाट ५ लाख ५७ हजार ५ सय, ट्याकटरबाट ४ लाख ९३ हजार ५ सय र अन्य सवारी साधनबाट ११ हजार रुपैँया गरी जम्मा १ करोड २४ लाख २१ हजार रुपैँया राजस्व संकलन गरिएको तथ्याङ्कले देखाएको छ ।