× होम समाचार राजनीति राष्ट्रिय स्थानीय विचार/व्लग अन्तराष्ट्रिय मनोरञ्जन अन्तरबार्ता खेलकुद
Home / काँग्रेस जिल्ला सभापतिमा चारको उम्मेदवारी

काँग्रेस जिल्ला सभापतिमा चारको उम्मेदवारी

टेम्के सम्बाददाता । आउदो नेपाली काँग्रेसको खोटाङ जिल्ला चुनावमा सभापतिको लागि चारको प्रतिश्पर्धा हुने देखिएको छ । काँग्रेस जिल्ला नेतृत्वलागि चारले सभापतिमा उम्मेद्वारी दिएसँगै जिल्ला चारजनाको प्रतिस्पर्धा हुने पक्का भएको हो ।
आउदो मंसिर ६ गते हुने जिल्ला सातौँ जिल्ला अधिवेशनमा जिल्ला तहको नेतृत्वका लागि कांग्रेसका पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य विष्णुकुमार राईको समूह नै धोषणा भएको भईसकेको छ । रााईको समूहबाट हलेसी तुवाचुङ नगरपालिकाका मेयर उपसभापतिमा ईवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई उम्मेद्वार रहनुभएको जनाईको छ भने सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जारालाई उम्मेद्वार बनाइएको जनाईको छ ।
चुनाबमा पुर्व राज्यमन्त्री सर्वधन राईले जिल्ला सभापतिमा आफ्नो उम्मेद्वार रहेको सामाजिक सञ्जालहरुमा सार्वजनिक गर्नु भएको राईको समुहमा उम्मेद्वार भन्ने टुङ्गो नलागेपनि उपसभापतीमा मनोज तिमिल्सीना र सचिवमा रोजन राईले आफ्नो उम्मेद्वार रहेको बुझिएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले पनि सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ, उहाँले औपचारीक कार्यक्रममै उम्मेद्वार घोषणा गर्नु भएको हो । निर्बाचनमा राईको समूहबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह–सचिवमा ध्यानबहादुर राई रहनु भएका छन् भने अरु उम्मेदवारहरुको भन्ने टुंगो लागेका छैनन् ।
अर्का नेपाली कांग्रेसका महासमिति सदस्य रबिप्रकाश राईले सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ । (२०७८ कातिक ३० गते)

प्रतिक्रिया दिनुहोस्