Author: उजुर राई

  • माओवादीबाट मन्त्रीका सम्भावित दाबेदार को को छन् ?

    माओवादीबाट मन्त्रीका सम्भावित दाबेदार को को छन् ?

     

    नेकपा माओवादी केन्द्रबाट कुल ७ देखि ९ मन्त्रालय बनाउने तयारी गरिएको छ । संविधानले २५ जना भन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था छ । नेकपा एमाले,

    माओवादी केन्द्र सहित सात दल र स्वतन्त्र सांसदले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका छन् । अहिलेसम्म ८ मन्त्रीले शपथ लिइसकेका छन् । अब १७ मन्त्री मात्रै बनाउन सक्ने अवस्था छ ।

    माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रीको शपथ लिइसकेका छन् । अब माओवादीबाट बढीमा ८ मन्त्री बन्न सक्ने प्रधानमन्त्रीकी एक स्वकीय सचिवले गंगा दाहालले बताइन् । ‘अहिले गठबन्धनको सरकार भएकाले सबैलाई चित्त बुझाउनुपर्ने छ । सबैको चित्त बुझाएपछि हामीले लिने अवस्था छ,’ दाहालले भनिन् ,‘त्यसो हुँदा अब बढीमा ८ मन्त्री पार्टीबाट बन्ने अवस्था छ ।’ प्रधानमन्त्री प्रचण्डले अब सबै दलसँग छलफल गरेर प्याकेजमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    माओवादीबाट अब हुने मन्त्रीमा वर्षमान पुन पहिलो दाबेदार हुन् । अहिलेका नयाँ गठबन्धनका सूत्रधार भएकाले मन्त्री पदमा पुनको स्वाभाविक दाबेदारी रहेको छ । तर रवि लामिछाने उपप्रधानमन्त्री सहित गृहमन्त्री भइकेकाले उनी भन्दा तल्लो  वरियतामा बसेर मन्त्री नहुने सम्भावना पनि छ । पार्टीबाट उपप्रधानमन्त्रीमा श्रेष्ठ भइसकेकाले अर्को उपप्रधानमन्त्री थपिने अवस्था छैन । त्यसो हुँदा पुन मन्त्री नहुने प्रबल सम्भावना छ । तर, पुनका स्वकीय सचिव सन्तोष पुनले सरकारमा जाने वा नजाने विषयमा फाइनल भई नसकेको बताए । अहिले सरकारमा जाने विषयमा छलफल भइरहेकाले केही भन्न नसकिने पुनले बताए । पुन यसअघि तीन पटक मन्त्री भई सकेका छन् । यस्तै अर्का पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेत मन्त्री हुने सम्भावना भएका नेता हुन् । लगातार चार पटक सांसद र तीन पटक मन्त्री भएका बस्नेत चौथो पटक मन्त्री हुन लागेका छन् । तर पुन जस्तै बस्नेत पनि वरियतामा रविभन्दा तल रहेर मन्त्रिपरिषद्मा सहभागी हुने कि नहुने भन्नेमा अन्योलमा छन् ।

    यस्तै माओवादीबाट मन्त्री हुने सम्भावना भएको नेतामा रेखा शर्मा हुन । दाङ २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेर निर्वाचित भएकी थिइन । दुई पटक समानुपातिक सांसद र एक पटक प्रत्यक्ष निर्वाचित शर्मा एक पटक सामान्य प्रशासन मन्त्री भई सकेकी छन् । माओवादीबाट महिला नेतामध्येबाट शर्मा मात्रै निर्वाचित भएकाले मन्त्री हुने सम्भावना  रहेको छ । तर, शर्माले आफूलाई मन्त्री बनाउने विषयमा जानकारी नभएको बताइन । पार्टीले मन्त्री बनाएमा सरकार जाने शर्माको भनाई छ ।

    यस्तै भोजपुरबाट निर्वाचित सुदन किराती, मोरङ–४ बाट निर्वाचित अमनलाल मोदी मन्त्रीका प्रवल दाबेदार हुन । किराती ​र मोदी तीन–तीन पटक सांसद भई सकेका छन् । किराती र मोदीले मन्त्री हुने अवसर नपाएकाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने देखिएको छ । किराती र मोदीलाई प्रचण्डले समेत यसअघि मन्त्री बनाउन खोज्दा समेत हुन नसकेका थिएनन्  । प्रचण्ड प्रधानमन्त्री भएपछि किराती जनजाति कोटा र मोदी मधेसी कोटबाट समेटिन सक्ने बताएको छ । यस्तै माओवादी चुनाव चिन्ह लिएर जितेका सर्लाही २ का महिन्द्र राय यादव मन्त्री हुनेमा पक्का जस्तै छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीका नेता यादव एक्लैले मात्रै चुनाव जितेकाले मन्त्री हुने निश्चित जस्तै छ ।

    दोलखाबाट निर्वाचित गंगा कार्की, काभ्रे १ बाट निर्वाचित सूर्यमान दोङ, नुवाकोट १ बाट हितबहादुर तामाङ सम्भावना भएका सांसद हुन । कार्की पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित भएपनि पार्टीको पुरानो नेता भएकाले उनी मन्त्री हुन लागि परेका छन् । दोङ यसअघि राज्य मन्त्री मात्रै भएकाले पार्टीको पुरानो नेता भएकाले यस पटक मन्त्री हुन जोडबलका साथ लागेका छन् । यस्तै तामाङ लगातार चार पटक निर्वाचित हुँदा समेत एक पटक मात्रै भएकाले मन्त्री हुन पाउनुपर्ने माग छ । राताेपाटी

  • खोटाङ दिक्त्तेलका भाकाहरु लण्डनमा अनवरत गुञ्जिँरहदा

    खोटाङ दिक्त्तेलका भाकाहरु लण्डनमा अनवरत गुञ्जिँरहदा

    भीम राई

    हाते घडीमा समय अपरान्हको ४ बजेको हुनुपर्छ । अझै तिथिमिति तोकेर ठ्याक्कै भन्ने हो भने त्यस दिन १२ नोभेम्वर २०२२ को दिन हुन आउँछ । बेलायती नोभेम्बर महिना भनेपछि मुटु ठिङ्ग्रिने जाडोको कल्पना गर्न सकिन्छ । त्यति मात्र नभएर त्यस महिनामा बेलायती आकासदिउसै अन्धकारमयदेखिन्छ । त्यसैले अपरान्हकोसमय ४ बजेको भएतापनि रात परिसकेको आभास हुन्छ । त्यस्तो हिउँदे मौसममा झरी र हुरीले लछप्पै भिज्नेअल्डरसट धन्न त्यस दिन पानी नपरेर थोरै ओबानो बनेको छ । तैपनि घरबाहिरको जाडोचाहिँ खप्पि नसक्नुको छ । त्यसैले प्रायः मानिसहरु आ-आफ्नो घरदेखि बाहिर निस्केकाकहिँ कतै देखिँदैनन् ।यदि गृष्मकालिन समय हुँदो हो त ‘मिनी नेपाल’ भनेर परिचय बनाएको अल्डरसट बजारभरि गोर्खा सिपाहीहरु र पूर्व गोर्खा सिपाहीका परिवारहरुछपक्कै देखा पर्दथे ।

    बेलायती नेपालीहरुको क्यालेण्डरमा त्यसदिन एउटा रमाईलो दिन थियो । किनभने अल्डरसटको एम्पाएर हलमा धुमधामको साथ राजेश पायल राईको ‘एकल कन्सर्ट’हुँदै थियो । जसले गर्दा भर्खरभर्खर बजारमा हल्काफुल्का गोर्खालीहरु देखा पर्न सुरु गरेका थिए । तिनै कन्सर्ट हेर्नका लागि हामी पनि चुल्है निम्तो अल्डरसट बजारमा पुगेका छौं । नत्रभने हामीबानबरी भन्ने सानो गाउँमा बस्छौं । अनि त्यो गाउँअक्सफोर्डसायर जिल्लामा पर्छ । जुन गाउँमा हामी बाहेक अन्य नेपालीहरु बसेका छैनन् होला जस्तो लाग्छ । नत्रभने बिगत ५ बर्षको समयभित्र हामीले कुनै न कुनै नेपालीलाई भेटनु पर्ने हो । तर कसैलाई नभेटेर पनि हामीलाई एक्लोपनमहसुस भएका छैन् । यदि त्यस्तो भयो भने पनि औसी पूर्णेमाहामी त्यसरी नै अल्डरसट पुगिहाल्छौं । र, धित मरिन्जेल नेपाली टोपी लगाएका मानिसहरु हेरेर आफ्नो प्यारो जन्मभूमीबुईपा, खोटाङको याद गर्दैगर्दै बानबरी फर्कन्छौं ।

    ‘रापा’ कन्सर्टको समय बेलुकि ७ बजे छ । तैपनि हामी सबेरै होटलमा चेकइन भइँसकेका छौ । यसपटक छोरीको काम होटल आरक्षण गर्नु थियो । त्यसैले उनको रोजाइ अनुसार नै उनले‘ट्राभल लज’ आरक्षण गरिन् र पैसा पनि उनैले तिरिसकेकी छिन् । भरै बेलुकी रेष्टुरेन्टमा खाना खाएको पैसा तिर्ने कामचाहिँ छोरोको अँशमा परेको छ । तर यसबेलासम्म उनको अनुहार अल्डरसटमा देखापरिसकेको छैन् । किनभने गत रात उसको रात्रीकालिन ड्यूटी थियो । बिचरा अस्पतालमा कामगर्ने मान्छे । सेन्ट मार्क अस्पताल लण्डनमा रातभरी दुईजना बिमारी गोराहरुको आन्द्राभुँडी चिरफार गरेर जोडेपछि सिधै ऊँ रेल यात्रामा लागेका छन् भन्ने कुरो उनले फोन मार्फत जानकारी गराएका छन् । आधुनिक जमानाका सर्जन । रातभरी काम गरयो । अनि दिनभरी रेल यात्रामा आखाको बिषमारयो । लण्डन जस्तो व्यस्त सहरमा यो नै उसको दिनचार्य बनेको छ ।

    हामी होटलमा चेकइन भएपछि, “म एकछिन आराम गर्छु है,किनभने समय पनि फालाफाल छ । फेरि मलाई गाडीले थोरै मातेको जस्तो भयो ।” ताराले सानो स्वरमा मलाई सुनाइँन,र थपक्कै खास्टो ओढेर आराम गर्न थालिन् । आधुनिक मटरहरु र तारा एक अर्कामा बिपरित धृवहरु जस्तै हुन् भन्ने कुरो मैले निक्कै अगाडीदेखि चाल पाएको छु ।त्यसैले यस बारेमा मैले केही भन्न चाहिनँ । नत्रभने मैले एक रफ्तारमा थोत्रो मर्सिडिज हाकिरहँदा कतै छाउरी कुकुर्नीझैं भुक्लुक्कै वान्ता गर्छिन कि भन्ने सुर्तामा थिए । धन्न त्यस्तो दुर्घटनाचाहिँ घटेन । त्यसैमा बिघ्न खुसी छु । तर अति आरामदायी बिस्तारा भेटेपछि कुकुरकोझैंखुट्टा कुङलिङ्ग बाङ्गो पारेर मज्जाले निदाइँ हालिन । मचाहिँ खै अलिक बूढो भएछु कि क्या हो? सुत्नेबेलामा किताब नपल्टाइँ छुसुक्क सुतेको रेकर्ड नै अहिलेसम्म छैन् ।

    उनी निन्द्रामा परेपछिमहातेझोला उघार्छु । एकछिनखत्र्याकखुत्रुक चकचक गर्छु । झोलादेखिलैनसिंह बाङदेलको “स्पेनको सम्झँना” पुस्तक निकाल्छु । र, तिनै पुस्तकलाई सरसर्ती पढन थाल्छु । मैले ध्यान दिएर खुरुन्धार त्यस पुस्तक पढनुको मूख्य कारण कुनै परिक्षा उतिर्ण हुनको लागिचाहिँ कदापि हुँदै होइन । आगामी जनवरी महिनामा हामी स्पेन जादै छौं । अनि मैले एउटा कुरो यहाँ नढाँटी भन्नुपर्छ । पहिले पहिलेम स्पेन त्यतिक्कैपुगेको रहेछु । केही नपढि,केही नबुझि । अझ त्यो पनि एकचोटी मात्र कहाँ हो र ? तीन तीन चोटि । पहिले स्पेनको मूख्यभूमी बार्सोलोना (क्याटोलोनिय) क्षेत्र, त्यसपछि मार्लोका (बलेरिक टापुहरु) अनि अन्तमा लान्जारोटी र फियोर्टभेन्चुरा (क्यानरी टापुहरु) पुगेको सम्झन्छु ।

    स्पेनदेखि हुरुरु मन उडाएर अल्डरसटमा ल्याउँछु । हामी होटलको दोश्रो तलामा छौं । होटलको कोठा एकदम सुनसान वा प्रायः मृत अवस्थामा छ । त्यति सुनसान कोठामा म एक्लै घुटुकघुटुक चिया पिउँछु । तर चियाको कप टेबलमा राख्दा निस्केको टक्क आवाजले घरिघरि म झस्कन्छु । म त्यसरी झस्केपछि किताबका पानाहरुदेखि नजर भगाएर होटल बाहिरतिरडुलाउछु । अनि बेलायती सेनाको घर (होम अफ द ब्रिटिस आर्मी) अल्डरसटलाई दूरसम्म नियाल्छु । त्यसपछि मुन्टोलाई १ सय ८० डिग्री घुमाउँछु र किताबका पानाहरुमा पुनः ठोकाउँछु । किताबमा भएका कलापारखीहरु पिकासो, एल ग्रे र भेलास्कीका नामहरु कण्ठस्त बनाउनको लागि मन्त्रमुग्ध हुन्छु । अझै भिन्सी, भ्यान गग, मोनेट, रेम्ब्रान्ड र माइकल एन्जेलोको कला हेर्न म लण्डनदेखि एउटा थोत्रो झोला बोकेर न्यूयोर्क, पेरिस, आम्सटर्डम, रोम, बार्सोलोना र सेन्ट पिटर्सबर्ग कहाँकहाँ र कतिचोटी पुगेँ होला भनेर एकछिन स्मंरण गर्छु ।

    साँच्चै मानिसको मन आकासभन्दा फराकिलो हुन्छ रहेछ भनेर एकछिन सोच्छु । तर त्यसरी सोच्दै गर्दा अचानक मेरो मोबाइलको घण्टी बज्छ । फोनबाट आएको किरिङकिरिङ आवाजले मेरो ध्यान भङ्ग हुन्छ । कस्ले फोन गरेछ भनेर एकझलक स्क्रिनमा हेर्छु । ए…अरुण भान्जा पो रहेछ भनेर हतारहतारफोन उठाउछु ।

    फोन उठाउने बितिक्कै, “मामा ! कता हुनुहुन्छ ?” भान्जाको पातलो स्वर सुनिन्छ ।

    “होटलमा नै छु,” छोटो उत्तर दिन्छु ।

    “यतै आउनोस है,” अनुरोध गर्नुहुन्छ ।

    “हस् हस्,” भनेर फोन मार्छु ।

    त्यसबेलासम्म तारा बेडमा लम्पसार परेर सुतिरहेकी छे । म उनलाई नजिकदेखि एक झलक नियाल्छु । त्यसपछि हतार हतार शरिरमा एकसरो कपडा उन्छु । र,हिड्नको लागि तयारभइँहाल्छु । तर म कोठामा त्यसरी चलमलाएको सुनेर उनी अचानक ब्युझँन्छिन् ।

    “सात बजेको कार्यक्रम हेर्न पाँच बजेनै जानु हुन्छ कि के हो ?” अनायसै उनको मुख खोलिन्छ ।

    “भान्जाले बोलाउनु भएको छ । त्यसैले अबउतै जान्छु । भरै कार्यक्रम स्थलमा नै भेटौला नि,” भन्छु । त्यसपछि ड्याम्मै ढोका बन्द गर्छु । र, ठमठम हिडिहाल्छु ।

    होटल छाडेपछि सडकको बाया किनारै किनार हिड्न थाल्छु ।एकछिन हिडेपछि एम्पाएर हलको सामुन्ने पुग्छु । हलको ढोका छेउँमा अरुण भान्जासँग भेट भइँहाल्छ । भान्जाले भेट हुने बितिक्कै नेपालको राजनैतिक गफ सुरु गर्न खोज्नु हुन्छ । किनभने अर्को हप्ता नेपालमा व्यवस्थापिका संसद र प्रदेशको मतदान हुन गइँरहेको छ । मलाई बेलायत बसेर के नेपाली राजनैतिक गफ गर्ने भन्ने मनमनै लाग्छ । तर भान्जालाई त्यसो भनिहाल्न पनि सक्त्तिनँ । धन्न अहिलेसम्म परदेश पसेर त्यति कुटनीतिसम्म जानेको रहेछु भन्ने भान हुन्छ । अझै त्यतिले मात्र मेरो मन कहाँ मान्छ र ?

    “हिड्दा पाइतालाले किरा फटेङ्ग्रा नमरोस, र बोल्दा मानिसको अनुहार नजलोस,” भन्ने मनमनै सोच्छु ।

    साँच्चै साँच्चै भन्नुपर्दा हामीलाई राजनैतिक बिज्ञानको ज्ञान छैन भने पनि हुँदोरहेछ । मैले आफू पूर्व गोर्खा सैनिक भएकोले मात्र त्यसो भनेकोचाहिँ निश्चय पनि होइनँ । नेपाली राजनीतिलाई नै व्यावसाय बनाएका र देशभित्र बसिरहेका मानिसहरुको मनगढन्ते बिचार सुनेर त्यस्तो चाल पाएको हुँ । हुनत मैले राजनीति बुझ्नको लागि पटकपटक रहर गरेको हुँ । तर प्रत्यक्ष भाग लिनको लागि होइनँ । त्यसैले पटकपटक रोम र एथेन्स पुगेर केवल दिमागलाई दुःखमात्र दिएको छु । प्राचिनकालकाराजनीति शास्त्रका पिता अरिस्टोटलदेखि आधुनिक राजनीति शास्त्रका पिता निकोला म्याकाभेलियाको बिचारहरु यूरोपमा बसेर अध्यान गर्ने अवसर जुरेका छन् । तरपूर्विय र पश्चिमी दर्शनहरु अध्यान गरेपछि झन धेरै अलमल्ल परेर कुहिरोभित्रको कागझैं बनेको छु । त्यसैले अहिले त्यस बिषयलाई चट्टै भुलेर साधरण जिन्दगी बिताउदै छु । नत्रभने सतहिमा बोल्यो, अनि अनुहार खुम्च्याउनु बाहेक केही नहुने रहेछ जस्तो लाग्छ ।

    आखिर कुरो संक्षिप्तमा हुनुपर्छ भन्ने सोच्छु । त्यसपछिसानो स्वरमा, ‘भान्जा ! राजनीतिज्ञले मानिसलाई दुई भागमा धृविकरण गर्छन् “ट्रुप्स अथवा इनेमी”नित्सेको भनाई सुनाउछु र प्रसङ्ग बदल्छु ।

    “अ…बरु भट्टी पशल खोलियो कि छैन?” भनेर सोध्छु ।

    “अघि नै खोलिसकेको छ, भित्र जाने हो र ?”सोध्नु हुन्छ । त्यसपछि हामी दुईजना सुस्तरि हिड्दै कार्यक्रम हुने हलतिर जान्छौं । तर मूख्य द्वारमा पुग्दा २-३ जना महिला स्वंयसेविकाहरुलेधमाधम टिकट बिक्री गरिरहेकोरमाईलो दृश्य देख्छौं । अन्य स्वंयसेविकाहरुलाई मैले चिन्न सकिनँ । तर एकजनाचाहिँमेरी बुहारी हुन्–‘अनिता’ । रात दिन केहि नभनि अहोरात्र सामाजिक सेवामा खटिरहने बुहारीलाई देखेर अति प्रसन्न हुन्छु । उनलाई देखेपछि म उनको नजिकै पुग्छु रसंक्षिप्तमा बोल्न थाल्छु, –

    “जेठी ! मैले टिकटबोकेको त छैन् । अग्रिम टिकट खरिद गरेका छौं । तर मसँग छैन्, नमिताले पो बोकिरहेकी छिन् ?” बिस्तारै सुनाउछु । (नमिता गायक राजेशपायलको आफ्नै दिदीहुन् र, उनी आफ्नो परिवारको साथमा अल्डरसटलाई गृह नगर बनाएर यतै घरजम गरेकी छिन् )

    मेरो कुरो सुनेर, “काका ! हस् हस्,” मात्र भन्दै थिइँन् । तर उनको हातमा भएको फोन अचानक बजिहाल्छ । त्यसबेला बुहारी र म सानो टेबलको वारिपारी उभिरहेका थियौं । त्यति नजिक भएको हुनाले फोन भतिज गजेन्द्रको रहेछ भनेर मैले ठहर गरें । अझै उनले ठूल्ठूलो स्वरमा, “मेरो कालो कोट कता राखेकी छौं ?” भन्दै बुहारीलाई थर्काएको पनि सुनें । मैले पनि तारालाई त्यसरी थर्काउने भए, मैले यहाँ बोकिहिडेकी छु र ? भन्ने उत्तर पाउँथे हुँला । धन्न मेरो अगाडी बुहारीले त्यसोचाहिँ भनिनन् ।

    तैपनि भतिजको कुरो सुनेर म एकछिन छक्क परें । किनभने उनको हजुर बाबुले शखुँ खोलाको सिरदेखि छसुङ खोलाको दोभानसम्म दुई गाउँ जग्गा जमिन जोडिदिनु भएको छ । आलमारी भित्रको कोट नदेख्नेले त्यतिका धेरै जग्गा जमिन भविष्यमा कसरी हेरचाह गर्छ होला भनेर एकछिन पिर परें । त्यतिले मात्र कहाँ हुनु र ? मेरो भतिज ज्यादै भाग्यमानी रहेछ । किनभने उनको छोरी ‘अमेरिकन ल फर्म’ लण्डनमा सोलिसिटर हुँदै छिन् र ३० बर्ष भन्दा सानी उमेरमा ६ अङ्क वेतन खानेवाला छिन् । त्यो सुनेर गर्वले मेरो कुखुरे छाती पनि फुलेर सगरमाथाझैं अग्लो हुन खोज्छ ।

    बुहारीलेफोन राखेपछि उनी थोरै व्यस्त भइँन् । म त्यहाँदेखि अलिक पछाडी सरें र भित्ताको नजिकै अडेस लगाएर उभिरहें । केहीबेरमाहस्याङ फस्याङ गर्दै नमिता आइँपुग्छिन्। उनी आउने बितिक्कै, ‘काका ! यी टिकटहरु लिनुहोस,’ भन्दै उनले मलाई टिकटहरु दिन्छिन् ।मैले ५ वटा टिकटहरु खरिद गर्नको अग्रिम जानकारी गराएकोथिएँ । त्यसपछि हामी दुईजना त्यहिँ कुनामा एकछिनकमिला गन्थन गर्न थाल्छौं । ठीक त्यहिँबेला तारा, उनकी आमा, र छोराछोरीहरु सँगसँगै कार्यक्रम स्थलमा आइँपुग्छन् ।

    उनीहरु आएपछि हामी सरासर कार्यक्रमस्थलभित्र छिर्छौं । र, सुस्तरी हिड्दैभट्टिपशलमा पुग्छौ । त्यहाँ पुगेर छोराले नाती र बजुको लागि एक-एक पाइन्ट बियर मगाइँ हाल्छन् । त्यसपछि हामीलाई के के पिउँनु हुन्छ भनेर सोध्छन् । ताराले एक गिलास वाइन पिउने रहर गरिन् । छोरीले जिन एण्ड टोनिक पिउँछु भनिन् । म अलिक कमजोरी मान्छे । तैपनि किराँतीको छोराले जाडरक्सी छोएन भने गरिखान्छ भन्ने सपना देखेर मादक पदार्थको नजिक नपुगेको दुई दशक भएको छ । बरु धेरै बोलेर हरहर तिर्खा लागिरहेको थियो । त्यसैले एक बोतल पानीपिउछु भनें । त्यसपछि हामी हातमा पेय पदार्थ बोकेर बस्ने स्थानको खोजिमा लाग्छौं । हलभित्र रङ्गिचङ्गी बलिरहेको बत्तिमा झुमुस खाँदैखाँदै अगाडी बढ्छौं ।

    निक्कै अगाडी पुगेपछि बाटैमा ठिङ्गै उभिरहेको एकजना स्वयंसेवकसँग हाम्रो भेट हुन्छ । उनले भेटने बितिक्कै, “अगाडिको तीनलहरमा राखिएका कुर्सीहरु अल्डरसटकाअति महत्वपूर्ण (भिआइपी) मानिसहरु बस्नको लागि हुन् । त्यसपछिका अन्य कुर्सीहरुदोश्रो दर्जाका मानिसहरुका लागि । ती कुर्सीहरुमा झुसमुस र गिरिधारीलालहरु जतासुकै बसेपनि हुन्छ,” पल्टने भाषा प्रयोग गरेर उनले आफ्नो वाक्यांशलाई बिट मार्छ । उनको भनाइँ सुनेर मलाई हाइगेटमा लम्पसार परेर सुतिरहेको कार्ल मार्क्सको बेस्सरी याद आउछ । उनले समस्त मानव जातिलाई ‘कुलिन र सर्वहारा’ दुई बर्गमा बिभाजन गरेका थिए । अबमलाई यहाँनेर, “पैसा सबै चिज होइनँ, तर केही चिज हो,” भन्ने महसुस हुन्छ ।स्वयंसेवकको भनाइले म अक्क न बक्क भएर उभिरहेको देखेर ताराले, “ल ! ठीक्छ, हामी यतै बसौं कि कसो ?” भन्छिन् । मैले प्रति उत्तर नफर्काएपछि उनको कुरोलाई आमाले सहि थाप्छिन् र हामी त्यहिँ आसन गर्छौं ।

    हामी कुर्सीमा आसन गरेपछि बिस्तारै बिस्तारै हल भरिनँ सुरु गर्छ । एकछिनपछि त भरिभराउ मात्र नभएर खचाखच भइँहाल्छ । एउटै स्थानमा त्यतिका धेरै नेपाली मूलका मानिसहरु देख्दा अल्डरसटलाई त्यतिक्कै मिनी नेपाल भनेको होइनँ रहेछ भन्ने महसुस हुन्छ । त्यतिका धेरै मानिसहरु देखेपछि हाते घडिलाई एकझलक हेर्छु । बेलुकिको समय ७ बज्नै लागेको थियो । सोहि बेला अचानक स्टेजमा ज्यादै आकर्षक शरिरकी धनि एकजनाउद्घोषिका देखा पर्छिन् । उनले आफ्नो नाम प्रमिला लाबुङ बताएपछि बहुचर्चित गायक राजेशपायललाई स्टेजमा आमन्त्रण गर्छिन् । हुनत त्यो कार्यक्रम बेलायती गृष्मकालिन मौसम जुलाईमा निर्धारित गरिएको थियो । तैपनि बिबिध कारणहरुले गर्दा अनिश्चितकालसम्मका लागि स्थगित भयो । त्यसैले लामो समयको प्रतीक्षापछि कार्यक्रम गरिएको हुनाले कार्यक्रम स्थलभित्र खुट्टा टेक्ने ठाउँ नै थिएन ।

    उद्घोषिकाले राजेशपायललाई बोलाएपछि भिडको बिचमा सानो बाटो खुल्छ । तिनै बाटोमा अजङ्गका तीनजना अश्वेत सुरक्षाकर्मीहरुले घेरा हालेर अति सुरक्षित तरिकाले राजेशलाई स्टेजतर्फ लान्छन् । उनलाई त्यसरी डोहोर्याउँदै लैजादा दर्शकहरुले गडगडाहत तालीले भव्य स्वागत गर्छन् । हलभित्र स्वागत गर्ने दर्शकहरुमध्ये मेरो आदरणिय दाजु र भाउज्यू अथवा उनका आमा र बाबु पनि हुनुहुन्छ । त्यति जोडदार होहल्ला र तालिको साथमा हलभित्र उनी छिर्दा मैले नजिकबाट दाजु र भाउजूको अनुहार पढिरहेको हुन्छु ।उहाँहरुलाई यतिबेला कस्तो अनुभूती भइँरहेको छ होला भनेर म मनमनै कल्पना गर्छु । अब त्यो वातावरण र उत्साह देखेर म आफै त त्यति उत्साहित छु भने उहाँहरु आफ्नो छोरालाई देखेर झन कति धेरै उत्साहित एबम गौरवान्तित भएका होलान् भनेर झन सोच्न बाध्य हुन्छु ।

    राजेशपायलले स्टेजमा पुग्ने बितिक्कै, “कृपया ! तपाईहरुको सिटको बेल्ट बाँध्नुहोला, अब सांगीतिक यात्रा सुरु हुनै आँटेको छ,” ध्वनिप्रसारक यन्त्र हातमा लिएर पहिलो वाक्यशँ छाड्दा म कताकता हर्षले बिभोर भइँरहेको हुन्छु । मैले जीवन जिउने क्रममा लगभग छ दशक जिन्दगी पार गरिसकेको छु । तैपनि जीवनमापहिलो चोटि नेपाली सांगीतिक कन्सर्ट हेर्न गइँरहेको छु । ताराले त पहिले पनि अल्डरसटमा उनको कन्सर्ट हेरिसकेकी थिइनँ । तैपनि मभन्दा अझै बढि उनी नै खुसि देखिन्थिन् ।कारण के छ भने उनको माइती घरमा हिउद बर्खा पारिवारिक राजनैतिक खिचातानी भइँरहन्छ । जस्ले गर्दा यस बर्षको दशै तिहार उनलेआफ्नी आमासँग मनाउन पाएकी थिइँनन् । बल्लबल्ल कन्सर्टको समयमा आज काकताली परेको छ । त्यसैले आमाको छेउमा बसेर केटाकेटीझैं पुल्पुलिरहेकी छिन् । र, उनको खुट्टा भुइँमा नभएर माथिमाथि उडि हिडेको छ ।

    राजेशपायल उर्फ ‘राई इज किङ’ले स्टेजमा पुगेर सबैभन्दा पहिले ‘नमाग मसँग सहारा नमाग, भूइँमा छु आकासका जुन तारा नमाग’ भन्ने गित गाउदा म भावुक बनिसकेको छु । त्यो गित सुन्दैगर्दा मेरो तन त्यतिका धेरै मानिसहरुको बिचमा भएतापनि मन हुरुरु उडेर उनको जन्मघरबुईपा, लेक्पाको बेसीडाँडा पुग्छ । मैले यहाँ गर्वको साथ के भन्नु पर्छ भने उनको घर मुनी एउटा फाटिलो जमिन छ र जस्लाई टारी खेत भन्ने गरिन्छ । तिनै टारी खेतमा फलेको मार्सी धानको भात खाएर मात्र होइन टारी खोलाको पानी पिएर हुर्केको एकजना बालकले जगतभरि पुगेर बसोबास गरिरहेका हरेक नेपाली भाषीहरुको मन र मुटु जित्न सफल भएको छ । जुन सौभाग्य जो कोहीलाई मिल्न त अवश्य सक्त्तैन । केवल राजेशलाई जुरेको छ भन्ने सोचिरहन्छु ।

    करिब ८ सय दर्शकहरुको उपस्थिति रहेको त्यस कन्सर्ट हलमा उनले जीवनकै पहिलोपटक लाइभ ब्याण्डका साथ कन्सर्ट गरिरहेका छन् । विश्वको अलौकिक सहर लण्डनलाई क्रमशः साढे दुई घण्टा थर्काइरहँदा, “तिमी शक्त्ति पाएर जन्मेको रहेछौ- भाई,” रुन्चे स्वरमा ताराको मुख खोलिन्छ । दर्शन नमस्ते, मत मर्छु कि क्या हो, ठूली ? बैगुनि रैछौ मायालु, दिक्त्तेल बजार भन्ने कर्णपृय गितहरु गाउदा बैसालु जवानहरुदेखि केस पाकेका बुढापाकाहरुले पनि कम्वर हल्लाएका देखिन्छ ।

    ‘हौवा हौ हौवा’ भन्ने गित सुन्दा भने मेरो मन हाम्रै गाउँको बुईपा, पन्चरबाटोको हटिया भर्न पुग्छ । बिहे गरेर धेरै टाढा पुगेकी चेलीले लामो समयपछि आफ्नो माइतीलाई तिनै हटियामा भेट्दा एक बोतल रक्सि राखेर चाम्लिङ् भाषामा ‘दाजै, स्या मुइँ – हौवा है हौवा,’ भनेको सुन्दा चाम्लिङ्गेहरु बाहेक अरुले ‘बाहुनले च्याउँ खावस न च्याउँको स्वाद पावस’भन्ने आभाष हुन्छ । त्यति धेरै भाषा र संस्कृती बोकेका उनको गितहरुले हामीलाई भरपुर मनोरन्जन त यस्सै दिइँरहेकै छ । तैपनि त्यति रमाइलो समयले हामीलाई बिदाइ गर्छ ।

    त्यसपछि हामी सुस्तरी हलबाट बाहिर निस्कन खोज्छौ । तर बारको नजिकै मात्र के पुगेको हुन्छौं । एक हुल पूर्व गोर्खा यातायात रेजिमेन्टका सदश्यहरुसँग हाम्रो जम्काभेट भइँहाल्छ । १५-१६ बर्षपछि भेटिएका रेजिमेन्टमा सदश्यहरुसँग ‘पेचाउ, पेचाउ’ (क्यान्टोनिज भाषामा बियर) भन्दै सम्झना स्वरुप तस्विर लिएपछि मात्र बिदा हुन पाइन्छ ।

    होटलको लबिमा पुग्दा समय रातको ११ बज्छ । तर हामी त्यहाँ पुग्दा राजेशपायल र नमितात्यहिँ हुन्छ । अझै हामी पुग्ने बितिक्कै, –

    “काका ! अब राजेशसँग हाम्रो घरमा आउनोस है । मैले कालिजको मासु पकाएकी छु,” उनले अनुरोध गर्छिन् ।

    बेलायती सैनिक अधिकृत मेसकी अनुभवी भान्से छोरीको अनुरोधलाई अस्विकार गर्न त यो मन मान्दैन तैपनि, “म बुढो भएको मान्छे । यसोत्यसो गरेर ११ बजे त सुति हाल्छु, आज रात पनि धेरै गइसक्यो,” भन्छु ।

    “ल ल हामी काकासँग आउछौं,” उल्टो राजेशले जबाफ फर्काउछ ।

    त्यति बोलिसकेर नमिता आफ्नो बाटो लाग्छिन् । ‘अरुलाई के को धन्दा, घर जुवाइँलाई खानेको धन्दा’ भनेझैं जेशन बारमा जान्छ र नाति बजुलाई एक-एक पाइन्ट बियर लिएर आइहाल्छ । राजेशले अल्कोहल पिउँदिन भन्छ । तर, “मेरो कोठामा बर्गर छ लिएर आउछु है,”भनेर ऊ बसिरहेको ठाउँदेखि जुरुक्कै उठछ् । जेशनले, “मामा ! म पनि सघाउनको लागि आउनु कि ?” भनेर एक पटक सोध्छ । त्यसपछि उनीहरु दुवैजना सँगसँगैकोठातिर लाग्छन् । हुनत उसको र हाम्रो कोठा एउटै तलामा छ । अझै कोठाहरु पनि जानेको जस्तै ठ्याक्कै वरतिर र परतिर नै परेका रहेछन् ।

    एकछिनपछि दुईजनाले बर्गरहरु लिएर लब्बिमा उपस्थिति जनाउँछन् । बर्गरहरुको साइज हेर्दा बेलायती नभएर अमेरिकन हो कि भन्ने मलाई भान पर्छ । त्यसरी म छक्क परिरहेको बेला, “काका ! यो मेरो साथिले स्पेशल बनाइदिएको हो,” राजेशले भन्छ । हामी तिनै बर्गरलाई लब्बिमा बसेर टोक्न थालिहाल्छौं । उनलेबर्गरलाई केवल दुई गाँस पनि खान पाएको थिएनँ । तस्विर लिने भनेर एक हुल मानिसहरु सरासर होटलभित्र छिरिहाल्छन् । अब मानिसहरु उनलाई खोज्दै आएपछि खानुको सट्टा ऊँ उतैतिर लाग्छ । ऊँ हामीदेखि बिलय भएपछि हामीलाई पो मिनी दशैं सुरु हुन्छ । अब केहिबेरमा आउला भन्दा झन हुलका हुल फोटो खिच्ने मानिसहरुकोताँती लाग्छ ।

    ठीक त्यहिँबेला नमिताले मलाई किरिङकिरिङ फोन गर्छिन् ।

    “काका ! आउने होइनँ र ?” सोध्छिन् । म सानो स्वरमा, “छोरी ! आउदै छौं है,” भनेर फोन मार्छु । तर दुई टुक्रा रोटीलाईमज्जाले चपाउन पाउदा नपाउँदै त्यतिका धेरै मानिसहरुलाई समय दिनु पर्दा तारालेटाउको हल्लाउँदै अचानक मुख खोल्छिन्, –

     “साच्चै ! सेलिब्रेटीको जिन्दगी कति चर्को रहेछ, हगि ।”

     बानबरी, बेलायत ।

  • रवि लामिछानेको पार्टी दिगो हुँदैन : विशाल भट्टराई

    रवि लामिछानेको पार्टी दिगो हुँदैन : विशाल भट्टराई

    नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले मूलधारका राजनीतिक दलको कार्यगत शैलिमा परिवर्तन आउन जरुरी रहेको बताएका छन्।

    प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शनिबार दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले मूलधारका राजनीतिक दलको कार्यगत शैलिका कारण मूलुकमा नयाँ शक्तिको रुपमा रवि लामीछानेहरुको पार्टी उदय भएको बताए।

    दिक्तेलस्थित होटल शुभदिनमा आयोजित पत्रकार भेटघाटका क्रममा नेता भट्टराईले देशमा मूलधारका राजनीतिक दलको विकल्प नरहेको दाबी गरे।

    ‘रवि लामिछानेजीको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा अस्थायी रुपमा सफल भएपनि दिगोपन हुँदैन’, उनले भने, ‘पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको नयाँ शक्ति तथा रविन्द्र मिश्र जीको नेतृत्वमा बनेको विवेकशील–साझा पार्टीजस्तै रवि जीको नेतृत्वमा बनेको पार्टी पनि असफल हुन्छ। मूलुकको समृद्धि र विकासका लागि मूलधारका राजनीतिक दलको विकल्प छैन । रातारात उदायका पार्टीहरु अस्थायी हुन्। यिनीहरुको दीगोपन हुँदैन। पाँच वर्षपछि अहिलेका रेकर्ड पल्टाएर हेर्दा हुन्छ।’

    नेता भट्टराईले निर्वाचन परिणमलाई लिएर अरुको नेतृत्वमा सरकार नबनेको खण्डमा एमालेले त्यसको नेतृत्व गर्ने बताए। ‘जनादेशअनुसार सरकार निर्माणको काममा हाम्रो पार्टीको ध्यान जाँदैन’, उनले भने, ‘निश्चित स्वार्थमा गठबन्धन बनाएका राजनीतिक दलहरुले निर्वाचन परिणमपछि सरकार बनाउन नसकेको खण्डमा त्यसको नेतृत्व एमालेले गर्छ। तर, अहिले एमालेको ध्यान सरकार निर्माणमा छैन । निर्वाचनको अन्तिम नतिजा आएपछि जोडघटाउ हुन्छ।’

    नेता भट्टराईले वर्तमान पाँच दलीय सत्ता गठबन्धन दलहरु निर्वाचनमा पूर्णरुपमा असफल भएको दाबी गरेका छन्। ‘पाँच दलीय गठबन्धन सत्ता टिकाउन र एमालेलाई परास्त गर्नका लागि गठबन्धन बनेको थियो’, उनले भने, ‘गठबन्धनको जन्म नै निश्चित स्वार्थपूर्तीका लागि भएको हो। जुन जनताको मतले अस्वीकार गरेको छ । गठबन्धन पूर्णरुपमा असफल भएको छ।’

    नेता भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले खोटाङ जिल्लामा लोकप्रिय मत ल्याएको दाबी गरे । “निर्वाचनमा आफू पराजित भएपनि विजयीलाई मेरोतर्फबाट सकारात्मक तथा रचनात्मक सहयोग रहन्छ”, उनले भने, “जितेकाहरुको खुट्टा तान्ने काम मबाट कहिले पनि हुँदैन । आगामी दिनमा पार्टीको नेतृत्वदायी भूमिकामा रहन्छु । विकास÷निर्माणको काममा अनवरतरुपमा काम गर्छु । जनताका समस्याहरु सम्बन्धित निकायमा पु¥याउछु । अधुरा काम पूरा गर्न खबरदारी गर्छु ।”

    नेता भट्टराई नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’सँग पराजित भएका हुन् । मन्त्री पासाङले ३१ हजार ३५१ मत प्राप्त गरेर विजयी हुँदा एमाले नेता भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका थिए । तस्वीर उपलब्ध छ ।    केदार मगरकाे सहयाेगमा

  • खोटाङमा भट्टराईलाई पराजित गर्दै राई विजयी

    खोटाङमा भट्टराईलाई पराजित गर्दै राई विजयी

    टेम्के सम्बददाता
    यहि मङ्सिर ४ गते सम्पन्न प्रतिनिधी सभा निर्बाचनमा खोटाङबाट रामकुमार राई पासाङ बिजयी हुनु भएको छ । संयुक्त बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवारकोरुपमा उम्मेदवारी दिनु भएका पासाङले नेकपा एमालेका उम्मेदवार बिशाल भट्टराईलाई २ हजार ६ सय ६९ मत अन्तरले पछि पार्दै बिजयी हुनु भएको हो ।
    बिजयी हुनु भएका राईले ३१ हजार ३ सय ५१ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्दान्दि भट्टराईले २८ हजार ६ सय ८२ मत प्राप्त गनु भएको भएको थियो । निर्बाचनमा जनता समाजबादी पार्टीका राकेश राईले १ हजार ९ सय १४ मत ल्याई तेश्रो मत ल्याउनु भएको थियो ।
    त्यसैगरी, निर्बाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठले १७ सय ६१, स्वतन्त्रका जयन्द्रकुमार राईले २ सय ३९, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रमणी राईले २ सय ४, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १ सय ४० र मङ्गोल नेशनल अर्गनाईजेसन पार्टीका दिपक मगरले १ सय ३१ मत प्राप्त गर्नु भएको जिल्ला निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    खोटाङ जिल्लामा कुल मतदाता संख्या १ लाख ४२ हजार ७ सय ९२ मध्ये जम्मा खसेको मत ६७ हजार ४ सय ८ थियो । खसेको मत मध्ये ६४ हजार ४ सय २२ मत सदर भएको र २ हजार ९ सय ८६ मत बदर भएको जिल्ला निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७९ मङ्सिर ८ गते ।

  • प्रदेशतर्फको मतगणना : कुन प्रदेशमा कुन पार्टी विजयी, कसको अग्रता ?

    प्रदेशतर्फको मतगणना : कुन प्रदेशमा कुन पार्टी विजयी, कसको अग्रता ?

    आइतबार सम्पन्न आम निर्वाचनको प्रदेशसभा तर्फको मतगणना जारी रहेको छ । बुधबार बिहान साढे ११ बजेको अध्यावधिक विवरणअनुसार प्रत्यक्षमा प्रदेश १ मा नेपाली कांग्रेस एक प्रदेशसभा निवाचन क्षेत्रमा विजयी भएको छ भने ११ स्थानमा अगाडि छ । यस्तै माओवादी केन्द्र एक स्थानमा विजयी हुँदा ६ मा अग्रता रहेको छ ।

    यस्तै एमालेले प्रदेशसभा निर्वाचन क्षेत्रमा १९ स्थानमा अग्रता बनाएको छ भने राप्रपाले ३, नेकपा एकीकृत समाजवादीले २ स्थानमा अग्रता बनाएको छ । यस्तै मधेस प्रदेशमा जनमत पार्टीले २ स्थानमा जित र ३ स्थानमा अग्रता बनाएको छ भने कांग्रेसमा एकमा विजयी तथा ११ स्थानमा अग्रता बनाएको छ । यस्तै जसपा १ स्थानमा विजयी हुँदा ८ स्थानमा अगाडि छ भने माओवादी केन्द्र १ स्थानमा विजयी हुँदा ६ स्थानमा अगाडि छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा जित हासिल गर्दा एक  ४ स्थानमा अगाडि छ । यसैगरी अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवार १९ स्थानमा अगाडि छन् ।

    यसैगरी बागमती प्रदेशमा कांग्रेसले ८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने १२ मा अग्रता बनाएको छ । यस्तै एमाले ४ मा विजयी हुँदा ११ स्थानमा अगाडि छ । माओवादी केन्द्र एक निर्वाचन क्षेत्रमा विजयी हुँदा ८ स्थानमा अगाडि छ भने एकीकृत समाजवादी पार्टी १ स्थानमा विजयी हुँदा ८ स्थानमा अगाडि छन् ।

    यस्तै राप्रपाले ६ स्थानमा अग्रता बनाएको छ भने अन्य स्थानमा २ उम्मेदवारको अग्रता छ ।

    यस्तै गण्डकीमा कांग्रेसले ३ स्थानमा विजयी र ९ स्थानमा अग्रता बनाएका छन् । यस्तै एमालेले १ स्थानमा जित र १० स्थानमा अग्रता बनाएका छन् । यस्तै माओवादी केन्द्र १ स्थानमा विजयी र ४ स्थानमा अगाडि छ । यस्तै मनाङमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

    यसैगरी लुम्बिनी प्रदेशसभामा जसपाले २ स्थानमा जित हासिल गर्दा एक जना स्वतन्त्र उमेदवार पनि विजयी भएका छन् । यस्तै एमाले १४, कांग्रेस १२, माओवादी ४ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवार ८ स्थानमा अगाडि छन् ।

    यस्तै कर्णालीमा कांग्रेस २ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडि छ भने माओवादी ५, एमाले १ स्थानमा अगाडि छ ।

    सुदूरपश्चिम प्रदेशमा कांग्रेस एक स्थानमा विजयी हुँदा ६ स्थानमा अगाडि छ । यस्तै माओवादीले एक प्रदेशसभामा जित हासिल गर्दा २ मा अगाडि छ । यस्तै एमालेका ४, नागरिक उन्मुक्ति पार्टीका २ र एकीकृत समाजवादी पार्टीका १ उम्मेदवारले पनि अग्रता बनाएका छन् । राताेपाटी डट कम



    यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा जित हासिल गर्दा एक  ४ स्थानमा अगाडि छ । यसैगरी अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवार १९ स्थानमा अगाडि छन् ।

  • समानुपातिकमा माओवादीले पनि कटायो एक लाख मत, कुन दलले कति पाए ?

    प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएका हुन् ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत पाउँदा नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ११ हजार ३९४ र नेकपा माओवादी केन्द्रले एक लाख ३६४ मत पाएको छ ।

  • चार गतेको निर्बाचन जनमत संग्रहः अध्यक्ष प्रचन्ड

    चार गतेको निर्बाचन जनमत संग्रहः अध्यक्ष प्रचन्ड

    टेम्के सम्बाददाता
    आगामी मंसिर चार गते हुन लागेको निर्वाचन भनेको जनमत संग्रह भएको नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले बताउनु भएको छ । अध्यक्ष प्रचन्डले यो अभिब्यक्ति खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा दिनु भएको हो ।
    बाम लोकतान्त्रीक गठबन्धनले बुधबार आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नृुहुदै अध्यक्ष प्रचन्डले आगामी मंसिर चार गते हुने भनिएको निर्वाचन भनेको संबिधान च्यात्न चाहने, उल्ट्याउन चाहने, राजतन्त्र तिर फर्काउने चाहने र संबिधानको, लोकतन्त्रको, गणतन्त्रको, संघीयताको, समाबेसीको रक्षा गर्ने बीचको जनमत संग्रह भएकोले मुलुक भर गठबन्धनको पक्षमा जनलहर देखा परिसकेको दावी गर्नु भयो ।
    दुई मिनेट १५ सेकेन्ड मात्र कार्यक्रमलाई सम्बोधन गर्नु भएको प्रचन्डले खोटाङको बिकासको निम्ति माओबादी पार्टी र गठबन्धनले सक्दो सहयोग गर्ने प्रतिबद्दता जाहेर समेत गर्नु भयो । उहाँले खोटाङमा बाम लोकतान्त्रीक गठबन्धनका संघीय संसदका उम्मेदवारका रामकुमार राईलाई बिजयी गराएमा मन्त्री बनाउन सक्दो सहयोग गर्ने बचन समेत दिनु भयो भने अन्य प्रदेशका उम्मेदवारहरु बिरबलकाजी राई र भुपेन्द्र राईलाई समेत महत्वपुर्ण जिम्मेवारी पस्कने बताउनु भयो । २०७९ काति ३० गते बुधबार ।

  • निर्वाचनअघिको ४८ घण्टा ‘स्थिर समय’: चुनावी प्रचारप्रसारमा रोक

    निर्वाचनअघिको ४८ घण्टा ‘स्थिर समय’: चुनावी प्रचारप्रसारमा रोक

    मंसिर ४ गते हुने निर्वाचनको ४८ घण्टा अघिबाट कुनैपनि किसिमका चुनावी प्रचारप्रसारका गतिविधि गर्न नपाइने भएको छ । निर्वाचन आयोगले ४८ घण्टा अघि अर्थात् मंसिर १ गते राति १२ बजेपछि कुनैपनि उम्मेदवार र राजनीतिक पार्टीहरूले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको हो ।

    निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आयोगले आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरूलाई पुनः सचेत गराएको हो । अघिल्ला निर्वाचनहरूमा आयोगले मौन अवधि तोक्ने गरेपनि यसपटक मौन अवधि नरहेकाले सो अवधिको समयलाई स्थिर समयको रुपमा प्रयोगमा ल्याएको आयोगको भनाइ छ । ‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनैपनि कार्यक्रमहरू गर्न पाइँदैन। सम्पूर्ण कार्यक्रम निषेध गर्दछ,’ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाइ छ । उनले विगतमा मौन अवधि समेत भन्ने गरिएपनि त्यसको सट्टा शून्य समय भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टाको समय भनेको स्थिर समय भनेर सम्बोधन गर्न उचित हुने बताए ।

    ‘मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध हुन्छ । त्यो समयमा कुनैपनि प्रकारको प्रचारप्रसार वा यसलाई मत देऊ, यसलाई नदेऊ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देऊ, नदेऊ भन्न पाइँदैन,’ आयुक्त भण्डारीले भने, ‘यदि कसैले प्रचारप्रसार ग¥यो भने यो निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय हुन्छ ।’

  • अरिङ्गालको टोकाईबाट एककाे मृत्यु दुइ घाईते

    अरिङ्गालको टोकाईबाट एककाे मृत्यु दुइ घाईते

    जुनु परियार
    अरिङ्गालको टोकाईबाट खोटाङमा एक युवाको ज्यान गएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ बाम्राङ मावलीघर बस्दै आएका बिनोद परियारको सुक्रबार बिहान अरिङ्गालको टोकाईबाट ज्यान गएको हो ।
    शारिरिकरुपमा अशक्त भएका परियारको घर ओखलढुङ्गा भए पनि मावली घरमै जन्मिएर हुर्किएका थिए । बिहानको करिव साँढे आठ बजे छिमेकीको घर तर्फ जादै गर्दा हब्दमा खोला छेउमा एक्कासी अरिङ्गालले टोके पछि चिच्याएर गुहार समेत मागेको प्रत्यक्षदर्शीहरुले बताए । मृतकले गुहार मागे पछि छिमेकी शर्मिला हिङ्माङ र मृतककै बाजे नैव सिं दर्जीले गुहार गर्दा उनिहरु दुबैलाई पनि अरिङ्गालले टोकेर हाल उपचारको लागि जिल्ला अस्पतालमा उपचारको लागि पठाईएको छिमेकीहरुले बताए ।
    हाल मृतक परियारको सदगत गरिसकिएको आफन्तहरुले बताए । २०७९ असोज २८ गते ।

  • फोक्सिनटार पुल  अन्तिम चरणमा कस्ले लिने जस

    फोक्सिनटार पुल अन्तिम चरणमा कस्ले लिने जस

    सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल– गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीको फोक्सिटारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ । वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीसँग सम्झौता भएको फोक्सिब्टार पुल निर्माणको कामले पछिल्लो समय गति लिएको हो ।
    खोटाबबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिनटारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदा प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलाप देखि विकास निर्माणमासमेत पर्दै आएको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिनटारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भइसकेको छ । अस्थायी रुपमा जडान गरिने फोक्सिनटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी– जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लाबासीको बाध्यता छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नदेखि दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको छ । खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तरगत जयरामघाटपछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिब्टारमा पक्की पुल नहुँदा हरेक वर्ष वर्षादको समयमा यातायात ठप्प हुने गरेको छ । पुल अभावमा हरेक वर्ष करीब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य वृद्धि हुने गरेको छ । फोक्सिनटार पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटक–पटक आफैले गरेको प्रतिवद्धता कुल्चदै आएको छ । वि.सं. २०७८ माघ–२६ गते काठमाडौँमा भएको छलफलका क्रममा खोटाबकै दिप्रुद् चुइचुम्मा गाउँपालिकाका तत्कालीन प्रमुख हाल प्रदेशसभा सदस्यका उम्मेदवार भूपेन्द्र राई र सडक बिभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का प्रमुख इन्जिनियर कैलाश साहको अगाडि निर्माण कम्पनीका ठेकेदार रामकुमार थापाले पछिल्लो पटक थपिएको समयसिमा भित्र जसरी पनि पुलको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । फोक्सिबनटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका सम्पूर्ण काम पूरा गर्नेगरी कामलाई अघि बढाउन वि.सं. २०७४ माघ–२ गते ठेकेदार कम्पनीलाई लिखितरुपमै पत्राचार गरेको थियो । फोक्सिबटारमा शुरुमा ससपेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर, त्यसको सट्टा आर्को’ डिजाईनको पक्की पुल निर्माण गर्ने भन्दै वि.सं. २०७३ कातिकमा डिजाईन परिवर्तन गरिएको थियो । फोक्सिबटारको भौगोलिक स्वरुप अप्ठ्यारो भएका कारण ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएको भन्दै डिजाईन परिवर्तन गरेर आर्क’ डिजाईनको पुल निर्माण शुरु गरिएको हो ।
    खोटाबको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क’ डिजाइनको पुल निर्माणको कामले पछिल्लो समय भने गति लिएको छ । भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको फोक्सिनटार पुल १२० मिटर
    लम्बाईको हुने डिजाइनमा उल्लेख छ । निर्माण शुरु गरेको दश वर्षपछि सम्पन्न हुने छाँट (सम्भावना) देखिएको फोक्सिब्टार पुल अहिले जिल्लास्थित राजनीतिक दलका नेताहरुको जसले लिने माध्यम बनेको छ । आगामी मब्सिर–४ गते देशभर एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर मतदातालाई भ्रम फैलाउने होटबाजीमा नेताहरु लागेका छन् । स्ल्याप ढलान भइरहेको अवस्थामा फोक्सिब्टार पुलको तस्वीर फेसबुकमा राखेर
    फलानो दलका फलानो नेताको पहल सम्पन्न हुन लागेको भनेर बधाई दिने नेता तथा कार्यकर्ताहरु पनि उत्तिकै देखिएका छन् । सबैभन्दा बढी नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईको नाम जोडेर फेसबुकमार्फत बधाई दिने एमाले कार्यकर्ताहरुको
    लर्को देखिएको छ । एमाले नेता भट्टराईलाई बधाई तथा शुभकामना दिनेहरुमध्ये एक प्रतिनिधि पात्र हुनुहुन्छ केशव चाम्लिब दोबालिछा । उहाँले भट्टराईलाई ट्याग गरेर आफ्नो फेसबुक फेजमा लेख्नुभएको छ, “खोटाङको लाईफलाईन उदयपुरको रौतामाई गाउँपालिका–५ सँगै जोडिएको फोक्सिन्टार पुल सम्पन्नताको अन्तिम चरणमा छ । योगदान र चासो त धेरैको होला तर, नेकपा एमालेका नेता खोटाङगे जनताको ढुकढुकी मा.विशाल भट्टराईको योगदान, पहल कदमी र निरन्तर खबरदारी विशेष छ । मा. ज्यूलाई बिगत झै खोटाङगे जनताको मायाँ र साथ निरन्तर रहोस् शुभकामना !” एमाले नेता भट्टराईले पनि कार्यकर्ताको फेसबुकमा लेखिएका स्टाटसमा होमा हो थप्नुभएको देखिन्छ । यद्यपि, फोक्सिनटार पुल निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई जिल्लास्थित सबै राजनीतिक दलका नेताहरुले आ–आफ्नो क्षेत्रबाट खबरदारी गरिरहेका छन् । नेता भट्टराईले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल’ समक्ष वि.सं. २०७५ कातिक–५ गते ठेकेदार कम्पनी गौरी–पार्वती वाइपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गर्नुभएको थियो । हाल एमाले उपाध्यक्ष रहनुभएका तत्कालीन गृहमन्त्री बादलले ठेकेदार कम्पनीलाई तत्काल निर्माणको कामलाई अगाडि बढाउन निर्देशन दिए पनि ठेकेदार कम्पनीले कुनै चासो दिएको थिएन । उता, जनता समाजवादी पार्टी (जसपा) खोटाबका तत्कालीन अध्यक्ष टंकबहादुर थापा (हाल नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य) लगायत जसपाका जिल्लास्तरीय नेताहरुले तत्कालीन भौतिक पूर्वाधारंंंंंंंंंंमन्त्री रेणु यादवलाई भेटेर मन्त्रालयबाटै ठेकेदारलाई फोनमार्फत काम अगाडि बढाउन लगाएका थिए । वि.सं. २०७८ कातिक ३० गते तत्कालीन मन्त्री यादवले ठेकेदारलाई फोन गरेर तत्काल कामलाई अगाडि बढाउन लगाएको केही समयपछि फोक्सिब्टार पुलको कामले निरन्तरता पाएको थियो । सम्झौता गरेर काम थालेको केही समयसम्म निर्माण कम्पनीले पुल निर्माणको कामलाई गति दिए पनि लामो समयसम्म अलपत्र बनेको थियो । विशेषगरी एमालेले श्रेय लिन खोजेको फोक्सिब्टार पुलको योजना तत्कालीन नेकपा माओवादीबाट पहिलो संविधानसभा सदस्यमा निर्वाचित रामकुमार राई ।।।पासाब’ र समिता कार्की ।।।
    अस्मिता’को पालामा आर्थिक वर्ष २०६७÷६८ मा परेको हो । फोक्सिनटार निर्माणाधीन पक्की पुल आगामी मङसिरभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको ठेकेदार रामकुमार थापाले बताउनुभएको छ । “फेक्सिनटार पुलको स्ल्याप ढलानको काम हिजो (बिहीबार) साँझ सकियो”, उहाँले भन्नुभयो, “अब २१ दिनसम्म क्युरिब गर्नुपर्छ । त्यसबीचमा दाँयाबाँया रेलिङ हालेर मङ्सिर दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।” योजना जसको पहलमा परेपनि निर्माणाधीन फोक्सिबटार पुल सञ्चालनमा आएपछि भने, जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य घट्नुका साथै आवतजावतमा सहज हुने जिल्लाबासीको अपेक्षा छ । तराईसँग सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिनटारमा निर्माणाधीनक पुल सञ्चालनमा आएपछि जिल्लाको विकासमा समेत सहयोग पुग्ने जिल्ला समन्वय समिति खोटाबका प्रमुख सनबहादुर राईले बताउनुभयो । (केदार मगरको सहयोगमा) २०७९ असोज २८ गते

  • राष्ट्रपति कार्यालयको नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

    राष्ट्रपति कार्यालयको नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

    टेम्के सम्बाददाता
    सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो ।
    रिट निवेदक सुनिलरञ्जन सिंहले फुयालको इजलासले आग्राधिकारसहित कारण देखाउ आदेश जारी भएको जानकारी दिए । उनले अदालतले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश जारी भएको पनि रातोपाटीलाई बताए । साभार राताेपाटी डटकम २०७९।०६।०९

  • अशल चरित्रको अध्यक्षतामा किरात राई पत्रकार संघ गठन

    अशल चरित्रको अध्यक्षतामा किरात राई पत्रकार संघ गठन

    किरात राई पत्रकार संघ खोटाङमा अशल चरित्र राईको अध्यक्षतामा जिल्ला कार्य समिति गठन भएको छ । किरात राई पत्रकार संघको खोटाङको सदरमुकाममा बिहिबार सम्पन्न पाँचौ अधिबेषनले राईको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समिति चयन गरेको हो ।
    संघको जिल्ला कार्य समितिमा उपाध्यक्षमा सुनिता राई, सचिबमा योगिन राई, स–सचिबमा रेमन राई, कोषक्षमा मेनुका राई, सदस्यहरुमा क्रमशः क्रिश्टिना राइ, जिवन चामालिङ, राई अशोक, एल्जिना राई, पबित्रा राई र सदिक्षा राई चयन हुनु भएको छ । संघको काठमान्डौमा भदौ ३१ गते हुन गईरहेको केन्द्रिय महाधिबेषनका लागि केन्द्रिय प्रतिनिधिहरुमा उजुर राई, गोमा राई, संजिब राई र टिवन राईलाई चयन गरेको छ ।
    अधिबेषन संघका केन्द्रिय अध्यक्ष भिम राईको प्रमुख आतिथ्य र संघको निबर्तमान अध्यक्ष गोमा राईको अध्यक्षतामा सम्पन्न भएको थियो । २०७९ भदौ २३ गते ।