Author: उजुर राई

  • रवि लामिछानेको पार्टी दिगो हुँदैन : विशाल भट्टराई

    रवि लामिछानेको पार्टी दिगो हुँदैन : विशाल भट्टराई

    नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले मूलधारका राजनीतिक दलको कार्यगत शैलिमा परिवर्तन आउन जरुरी रहेको बताएका छन्।

    प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शनिबार दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले मूलधारका राजनीतिक दलको कार्यगत शैलिका कारण मूलुकमा नयाँ शक्तिको रुपमा रवि लामीछानेहरुको पार्टी उदय भएको बताए।

    दिक्तेलस्थित होटल शुभदिनमा आयोजित पत्रकार भेटघाटका क्रममा नेता भट्टराईले देशमा मूलधारका राजनीतिक दलको विकल्प नरहेको दाबी गरे।

    ‘रवि लामिछानेजीको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा अस्थायी रुपमा सफल भएपनि दिगोपन हुँदैन’, उनले भने, ‘पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको नयाँ शक्ति तथा रविन्द्र मिश्र जीको नेतृत्वमा बनेको विवेकशील–साझा पार्टीजस्तै रवि जीको नेतृत्वमा बनेको पार्टी पनि असफल हुन्छ। मूलुकको समृद्धि र विकासका लागि मूलधारका राजनीतिक दलको विकल्प छैन । रातारात उदायका पार्टीहरु अस्थायी हुन्। यिनीहरुको दीगोपन हुँदैन। पाँच वर्षपछि अहिलेका रेकर्ड पल्टाएर हेर्दा हुन्छ।’

    नेता भट्टराईले निर्वाचन परिणमलाई लिएर अरुको नेतृत्वमा सरकार नबनेको खण्डमा एमालेले त्यसको नेतृत्व गर्ने बताए। ‘जनादेशअनुसार सरकार निर्माणको काममा हाम्रो पार्टीको ध्यान जाँदैन’, उनले भने, ‘निश्चित स्वार्थमा गठबन्धन बनाएका राजनीतिक दलहरुले निर्वाचन परिणमपछि सरकार बनाउन नसकेको खण्डमा त्यसको नेतृत्व एमालेले गर्छ। तर, अहिले एमालेको ध्यान सरकार निर्माणमा छैन । निर्वाचनको अन्तिम नतिजा आएपछि जोडघटाउ हुन्छ।’

    नेता भट्टराईले वर्तमान पाँच दलीय सत्ता गठबन्धन दलहरु निर्वाचनमा पूर्णरुपमा असफल भएको दाबी गरेका छन्। ‘पाँच दलीय गठबन्धन सत्ता टिकाउन र एमालेलाई परास्त गर्नका लागि गठबन्धन बनेको थियो’, उनले भने, ‘गठबन्धनको जन्म नै निश्चित स्वार्थपूर्तीका लागि भएको हो। जुन जनताको मतले अस्वीकार गरेको छ । गठबन्धन पूर्णरुपमा असफल भएको छ।’

    नेता भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले खोटाङ जिल्लामा लोकप्रिय मत ल्याएको दाबी गरे । “निर्वाचनमा आफू पराजित भएपनि विजयीलाई मेरोतर्फबाट सकारात्मक तथा रचनात्मक सहयोग रहन्छ”, उनले भने, “जितेकाहरुको खुट्टा तान्ने काम मबाट कहिले पनि हुँदैन । आगामी दिनमा पार्टीको नेतृत्वदायी भूमिकामा रहन्छु । विकास÷निर्माणको काममा अनवरतरुपमा काम गर्छु । जनताका समस्याहरु सम्बन्धित निकायमा पु¥याउछु । अधुरा काम पूरा गर्न खबरदारी गर्छु ।”

    नेता भट्टराई नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’सँग पराजित भएका हुन् । मन्त्री पासाङले ३१ हजार ३५१ मत प्राप्त गरेर विजयी हुँदा एमाले नेता भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका थिए । तस्वीर उपलब्ध छ ।    केदार मगरकाे सहयाेगमा

  • खोटाङमा भट्टराईलाई पराजित गर्दै राई विजयी

    खोटाङमा भट्टराईलाई पराजित गर्दै राई विजयी

    टेम्के सम्बददाता
    यहि मङ्सिर ४ गते सम्पन्न प्रतिनिधी सभा निर्बाचनमा खोटाङबाट रामकुमार राई पासाङ बिजयी हुनु भएको छ । संयुक्त बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवारकोरुपमा उम्मेदवारी दिनु भएका पासाङले नेकपा एमालेका उम्मेदवार बिशाल भट्टराईलाई २ हजार ६ सय ६९ मत अन्तरले पछि पार्दै बिजयी हुनु भएको हो ।
    बिजयी हुनु भएका राईले ३१ हजार ३ सय ५१ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्दान्दि भट्टराईले २८ हजार ६ सय ८२ मत प्राप्त गनु भएको भएको थियो । निर्बाचनमा जनता समाजबादी पार्टीका राकेश राईले १ हजार ९ सय १४ मत ल्याई तेश्रो मत ल्याउनु भएको थियो ।
    त्यसैगरी, निर्बाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठले १७ सय ६१, स्वतन्त्रका जयन्द्रकुमार राईले २ सय ३९, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रमणी राईले २ सय ४, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १ सय ४० र मङ्गोल नेशनल अर्गनाईजेसन पार्टीका दिपक मगरले १ सय ३१ मत प्राप्त गर्नु भएको जिल्ला निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    खोटाङ जिल्लामा कुल मतदाता संख्या १ लाख ४२ हजार ७ सय ९२ मध्ये जम्मा खसेको मत ६७ हजार ४ सय ८ थियो । खसेको मत मध्ये ६४ हजार ४ सय २२ मत सदर भएको र २ हजार ९ सय ८६ मत बदर भएको जिल्ला निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७९ मङ्सिर ८ गते ।

  • प्रदेशतर्फको मतगणना : कुन प्रदेशमा कुन पार्टी विजयी, कसको अग्रता ?

    प्रदेशतर्फको मतगणना : कुन प्रदेशमा कुन पार्टी विजयी, कसको अग्रता ?

    आइतबार सम्पन्न आम निर्वाचनको प्रदेशसभा तर्फको मतगणना जारी रहेको छ । बुधबार बिहान साढे ११ बजेको अध्यावधिक विवरणअनुसार प्रत्यक्षमा प्रदेश १ मा नेपाली कांग्रेस एक प्रदेशसभा निवाचन क्षेत्रमा विजयी भएको छ भने ११ स्थानमा अगाडि छ । यस्तै माओवादी केन्द्र एक स्थानमा विजयी हुँदा ६ मा अग्रता रहेको छ ।

    यस्तै एमालेले प्रदेशसभा निर्वाचन क्षेत्रमा १९ स्थानमा अग्रता बनाएको छ भने राप्रपाले ३, नेकपा एकीकृत समाजवादीले २ स्थानमा अग्रता बनाएको छ । यस्तै मधेस प्रदेशमा जनमत पार्टीले २ स्थानमा जित र ३ स्थानमा अग्रता बनाएको छ भने कांग्रेसमा एकमा विजयी तथा ११ स्थानमा अग्रता बनाएको छ । यस्तै जसपा १ स्थानमा विजयी हुँदा ८ स्थानमा अगाडि छ भने माओवादी केन्द्र १ स्थानमा विजयी हुँदा ६ स्थानमा अगाडि छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा जित हासिल गर्दा एक  ४ स्थानमा अगाडि छ । यसैगरी अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवार १९ स्थानमा अगाडि छन् ।

    यसैगरी बागमती प्रदेशमा कांग्रेसले ८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने १२ मा अग्रता बनाएको छ । यस्तै एमाले ४ मा विजयी हुँदा ११ स्थानमा अगाडि छ । माओवादी केन्द्र एक निर्वाचन क्षेत्रमा विजयी हुँदा ८ स्थानमा अगाडि छ भने एकीकृत समाजवादी पार्टी १ स्थानमा विजयी हुँदा ८ स्थानमा अगाडि छन् ।

    यस्तै राप्रपाले ६ स्थानमा अग्रता बनाएको छ भने अन्य स्थानमा २ उम्मेदवारको अग्रता छ ।

    यस्तै गण्डकीमा कांग्रेसले ३ स्थानमा विजयी र ९ स्थानमा अग्रता बनाएका छन् । यस्तै एमालेले १ स्थानमा जित र १० स्थानमा अग्रता बनाएका छन् । यस्तै माओवादी केन्द्र १ स्थानमा विजयी र ४ स्थानमा अगाडि छ । यस्तै मनाङमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

    यसैगरी लुम्बिनी प्रदेशसभामा जसपाले २ स्थानमा जित हासिल गर्दा एक जना स्वतन्त्र उमेदवार पनि विजयी भएका छन् । यस्तै एमाले १४, कांग्रेस १२, माओवादी ४ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवार ८ स्थानमा अगाडि छन् ।

    यस्तै कर्णालीमा कांग्रेस २ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडि छ भने माओवादी ५, एमाले १ स्थानमा अगाडि छ ।

    सुदूरपश्चिम प्रदेशमा कांग्रेस एक स्थानमा विजयी हुँदा ६ स्थानमा अगाडि छ । यस्तै माओवादीले एक प्रदेशसभामा जित हासिल गर्दा २ मा अगाडि छ । यस्तै एमालेका ४, नागरिक उन्मुक्ति पार्टीका २ र एकीकृत समाजवादी पार्टीका १ उम्मेदवारले पनि अग्रता बनाएका छन् । राताेपाटी डट कम



    यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा जित हासिल गर्दा एक  ४ स्थानमा अगाडि छ । यसैगरी अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवार १९ स्थानमा अगाडि छन् ।

  • समानुपातिकमा माओवादीले पनि कटायो एक लाख मत, कुन दलले कति पाए ?

    प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएका हुन् ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत पाउँदा नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ११ हजार ३९४ र नेकपा माओवादी केन्द्रले एक लाख ३६४ मत पाएको छ ।

  • चार गतेको निर्बाचन जनमत संग्रहः अध्यक्ष प्रचन्ड

    चार गतेको निर्बाचन जनमत संग्रहः अध्यक्ष प्रचन्ड

    टेम्के सम्बाददाता
    आगामी मंसिर चार गते हुन लागेको निर्वाचन भनेको जनमत संग्रह भएको नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले बताउनु भएको छ । अध्यक्ष प्रचन्डले यो अभिब्यक्ति खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा दिनु भएको हो ।
    बाम लोकतान्त्रीक गठबन्धनले बुधबार आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नृुहुदै अध्यक्ष प्रचन्डले आगामी मंसिर चार गते हुने भनिएको निर्वाचन भनेको संबिधान च्यात्न चाहने, उल्ट्याउन चाहने, राजतन्त्र तिर फर्काउने चाहने र संबिधानको, लोकतन्त्रको, गणतन्त्रको, संघीयताको, समाबेसीको रक्षा गर्ने बीचको जनमत संग्रह भएकोले मुलुक भर गठबन्धनको पक्षमा जनलहर देखा परिसकेको दावी गर्नु भयो ।
    दुई मिनेट १५ सेकेन्ड मात्र कार्यक्रमलाई सम्बोधन गर्नु भएको प्रचन्डले खोटाङको बिकासको निम्ति माओबादी पार्टी र गठबन्धनले सक्दो सहयोग गर्ने प्रतिबद्दता जाहेर समेत गर्नु भयो । उहाँले खोटाङमा बाम लोकतान्त्रीक गठबन्धनका संघीय संसदका उम्मेदवारका रामकुमार राईलाई बिजयी गराएमा मन्त्री बनाउन सक्दो सहयोग गर्ने बचन समेत दिनु भयो भने अन्य प्रदेशका उम्मेदवारहरु बिरबलकाजी राई र भुपेन्द्र राईलाई समेत महत्वपुर्ण जिम्मेवारी पस्कने बताउनु भयो । २०७९ काति ३० गते बुधबार ।

  • निर्वाचनअघिको ४८ घण्टा ‘स्थिर समय’: चुनावी प्रचारप्रसारमा रोक

    निर्वाचनअघिको ४८ घण्टा ‘स्थिर समय’: चुनावी प्रचारप्रसारमा रोक

    मंसिर ४ गते हुने निर्वाचनको ४८ घण्टा अघिबाट कुनैपनि किसिमका चुनावी प्रचारप्रसारका गतिविधि गर्न नपाइने भएको छ । निर्वाचन आयोगले ४८ घण्टा अघि अर्थात् मंसिर १ गते राति १२ बजेपछि कुनैपनि उम्मेदवार र राजनीतिक पार्टीहरूले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको हो ।

    निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आयोगले आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरूलाई पुनः सचेत गराएको हो । अघिल्ला निर्वाचनहरूमा आयोगले मौन अवधि तोक्ने गरेपनि यसपटक मौन अवधि नरहेकाले सो अवधिको समयलाई स्थिर समयको रुपमा प्रयोगमा ल्याएको आयोगको भनाइ छ । ‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनैपनि कार्यक्रमहरू गर्न पाइँदैन। सम्पूर्ण कार्यक्रम निषेध गर्दछ,’ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाइ छ । उनले विगतमा मौन अवधि समेत भन्ने गरिएपनि त्यसको सट्टा शून्य समय भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टाको समय भनेको स्थिर समय भनेर सम्बोधन गर्न उचित हुने बताए ।

    ‘मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध हुन्छ । त्यो समयमा कुनैपनि प्रकारको प्रचारप्रसार वा यसलाई मत देऊ, यसलाई नदेऊ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देऊ, नदेऊ भन्न पाइँदैन,’ आयुक्त भण्डारीले भने, ‘यदि कसैले प्रचारप्रसार ग¥यो भने यो निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय हुन्छ ।’

  • अरिङ्गालको टोकाईबाट एककाे मृत्यु दुइ घाईते

    अरिङ्गालको टोकाईबाट एककाे मृत्यु दुइ घाईते

    जुनु परियार
    अरिङ्गालको टोकाईबाट खोटाङमा एक युवाको ज्यान गएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ बाम्राङ मावलीघर बस्दै आएका बिनोद परियारको सुक्रबार बिहान अरिङ्गालको टोकाईबाट ज्यान गएको हो ।
    शारिरिकरुपमा अशक्त भएका परियारको घर ओखलढुङ्गा भए पनि मावली घरमै जन्मिएर हुर्किएका थिए । बिहानको करिव साँढे आठ बजे छिमेकीको घर तर्फ जादै गर्दा हब्दमा खोला छेउमा एक्कासी अरिङ्गालले टोके पछि चिच्याएर गुहार समेत मागेको प्रत्यक्षदर्शीहरुले बताए । मृतकले गुहार मागे पछि छिमेकी शर्मिला हिङ्माङ र मृतककै बाजे नैव सिं दर्जीले गुहार गर्दा उनिहरु दुबैलाई पनि अरिङ्गालले टोकेर हाल उपचारको लागि जिल्ला अस्पतालमा उपचारको लागि पठाईएको छिमेकीहरुले बताए ।
    हाल मृतक परियारको सदगत गरिसकिएको आफन्तहरुले बताए । २०७९ असोज २८ गते ।

  • फोक्सिनटार पुल  अन्तिम चरणमा कस्ले लिने जस

    फोक्सिनटार पुल अन्तिम चरणमा कस्ले लिने जस

    सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल– गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीको फोक्सिटारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ । वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीसँग सम्झौता भएको फोक्सिब्टार पुल निर्माणको कामले पछिल्लो समय गति लिएको हो ।
    खोटाबबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिनटारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदा प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलाप देखि विकास निर्माणमासमेत पर्दै आएको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिनटारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भइसकेको छ । अस्थायी रुपमा जडान गरिने फोक्सिनटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी– जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लाबासीको बाध्यता छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलासुस्ती हुँदा आवत–जावत गर्नदेखि दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको छ । खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तरगत जयरामघाटपछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिब्टारमा पक्की पुल नहुँदा हरेक वर्ष वर्षादको समयमा यातायात ठप्प हुने गरेको छ । पुल अभावमा हरेक वर्ष करीब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य वृद्धि हुने गरेको छ । फोक्सिनटार पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटक–पटक आफैले गरेको प्रतिवद्धता कुल्चदै आएको छ । वि.सं. २०७८ माघ–२६ गते काठमाडौँमा भएको छलफलका क्रममा खोटाबकै दिप्रुद् चुइचुम्मा गाउँपालिकाका तत्कालीन प्रमुख हाल प्रदेशसभा सदस्यका उम्मेदवार भूपेन्द्र राई र सडक बिभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का प्रमुख इन्जिनियर कैलाश साहको अगाडि निर्माण कम्पनीका ठेकेदार रामकुमार थापाले पछिल्लो पटक थपिएको समयसिमा भित्र जसरी पनि पुलको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । फोक्सिबनटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका सम्पूर्ण काम पूरा गर्नेगरी कामलाई अघि बढाउन वि.सं. २०७४ माघ–२ गते ठेकेदार कम्पनीलाई लिखितरुपमै पत्राचार गरेको थियो । फोक्सिबटारमा शुरुमा ससपेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर, त्यसको सट्टा आर्को’ डिजाईनको पक्की पुल निर्माण गर्ने भन्दै वि.सं. २०७३ कातिकमा डिजाईन परिवर्तन गरिएको थियो । फोक्सिबटारको भौगोलिक स्वरुप अप्ठ्यारो भएका कारण ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएको भन्दै डिजाईन परिवर्तन गरेर आर्क’ डिजाईनको पुल निर्माण शुरु गरिएको हो ।
    खोटाबको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क’ डिजाइनको पुल निर्माणको कामले पछिल्लो समय भने गति लिएको छ । भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको फोक्सिनटार पुल १२० मिटर
    लम्बाईको हुने डिजाइनमा उल्लेख छ । निर्माण शुरु गरेको दश वर्षपछि सम्पन्न हुने छाँट (सम्भावना) देखिएको फोक्सिब्टार पुल अहिले जिल्लास्थित राजनीतिक दलका नेताहरुको जसले लिने माध्यम बनेको छ । आगामी मब्सिर–४ गते देशभर एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर मतदातालाई भ्रम फैलाउने होटबाजीमा नेताहरु लागेका छन् । स्ल्याप ढलान भइरहेको अवस्थामा फोक्सिब्टार पुलको तस्वीर फेसबुकमा राखेर
    फलानो दलका फलानो नेताको पहल सम्पन्न हुन लागेको भनेर बधाई दिने नेता तथा कार्यकर्ताहरु पनि उत्तिकै देखिएका छन् । सबैभन्दा बढी नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईको नाम जोडेर फेसबुकमार्फत बधाई दिने एमाले कार्यकर्ताहरुको
    लर्को देखिएको छ । एमाले नेता भट्टराईलाई बधाई तथा शुभकामना दिनेहरुमध्ये एक प्रतिनिधि पात्र हुनुहुन्छ केशव चाम्लिब दोबालिछा । उहाँले भट्टराईलाई ट्याग गरेर आफ्नो फेसबुक फेजमा लेख्नुभएको छ, “खोटाङको लाईफलाईन उदयपुरको रौतामाई गाउँपालिका–५ सँगै जोडिएको फोक्सिन्टार पुल सम्पन्नताको अन्तिम चरणमा छ । योगदान र चासो त धेरैको होला तर, नेकपा एमालेका नेता खोटाङगे जनताको ढुकढुकी मा.विशाल भट्टराईको योगदान, पहल कदमी र निरन्तर खबरदारी विशेष छ । मा. ज्यूलाई बिगत झै खोटाङगे जनताको मायाँ र साथ निरन्तर रहोस् शुभकामना !” एमाले नेता भट्टराईले पनि कार्यकर्ताको फेसबुकमा लेखिएका स्टाटसमा होमा हो थप्नुभएको देखिन्छ । यद्यपि, फोक्सिनटार पुल निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई जिल्लास्थित सबै राजनीतिक दलका नेताहरुले आ–आफ्नो क्षेत्रबाट खबरदारी गरिरहेका छन् । नेता भट्टराईले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल’ समक्ष वि.सं. २०७५ कातिक–५ गते ठेकेदार कम्पनी गौरी–पार्वती वाइपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गर्नुभएको थियो । हाल एमाले उपाध्यक्ष रहनुभएका तत्कालीन गृहमन्त्री बादलले ठेकेदार कम्पनीलाई तत्काल निर्माणको कामलाई अगाडि बढाउन निर्देशन दिए पनि ठेकेदार कम्पनीले कुनै चासो दिएको थिएन । उता, जनता समाजवादी पार्टी (जसपा) खोटाबका तत्कालीन अध्यक्ष टंकबहादुर थापा (हाल नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य) लगायत जसपाका जिल्लास्तरीय नेताहरुले तत्कालीन भौतिक पूर्वाधारंंंंंंंंंंमन्त्री रेणु यादवलाई भेटेर मन्त्रालयबाटै ठेकेदारलाई फोनमार्फत काम अगाडि बढाउन लगाएका थिए । वि.सं. २०७८ कातिक ३० गते तत्कालीन मन्त्री यादवले ठेकेदारलाई फोन गरेर तत्काल कामलाई अगाडि बढाउन लगाएको केही समयपछि फोक्सिब्टार पुलको कामले निरन्तरता पाएको थियो । सम्झौता गरेर काम थालेको केही समयसम्म निर्माण कम्पनीले पुल निर्माणको कामलाई गति दिए पनि लामो समयसम्म अलपत्र बनेको थियो । विशेषगरी एमालेले श्रेय लिन खोजेको फोक्सिब्टार पुलको योजना तत्कालीन नेकपा माओवादीबाट पहिलो संविधानसभा सदस्यमा निर्वाचित रामकुमार राई ।।।पासाब’ र समिता कार्की ।।।
    अस्मिता’को पालामा आर्थिक वर्ष २०६७÷६८ मा परेको हो । फोक्सिनटार निर्माणाधीन पक्की पुल आगामी मङसिरभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको ठेकेदार रामकुमार थापाले बताउनुभएको छ । “फेक्सिनटार पुलको स्ल्याप ढलानको काम हिजो (बिहीबार) साँझ सकियो”, उहाँले भन्नुभयो, “अब २१ दिनसम्म क्युरिब गर्नुपर्छ । त्यसबीचमा दाँयाबाँया रेलिङ हालेर मङ्सिर दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।” योजना जसको पहलमा परेपनि निर्माणाधीन फोक्सिबटार पुल सञ्चालनमा आएपछि भने, जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य घट्नुका साथै आवतजावतमा सहज हुने जिल्लाबासीको अपेक्षा छ । तराईसँग सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिनटारमा निर्माणाधीनक पुल सञ्चालनमा आएपछि जिल्लाको विकासमा समेत सहयोग पुग्ने जिल्ला समन्वय समिति खोटाबका प्रमुख सनबहादुर राईले बताउनुभयो । (केदार मगरको सहयोगमा) २०७९ असोज २८ गते

  • राष्ट्रपति कार्यालयको नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

    राष्ट्रपति कार्यालयको नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

    टेम्के सम्बाददाता
    सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो ।
    रिट निवेदक सुनिलरञ्जन सिंहले फुयालको इजलासले आग्राधिकारसहित कारण देखाउ आदेश जारी भएको जानकारी दिए । उनले अदालतले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश जारी भएको पनि रातोपाटीलाई बताए । साभार राताेपाटी डटकम २०७९।०६।०९

  • अशल चरित्रको अध्यक्षतामा किरात राई पत्रकार संघ गठन

    अशल चरित्रको अध्यक्षतामा किरात राई पत्रकार संघ गठन

    किरात राई पत्रकार संघ खोटाङमा अशल चरित्र राईको अध्यक्षतामा जिल्ला कार्य समिति गठन भएको छ । किरात राई पत्रकार संघको खोटाङको सदरमुकाममा बिहिबार सम्पन्न पाँचौ अधिबेषनले राईको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समिति चयन गरेको हो ।
    संघको जिल्ला कार्य समितिमा उपाध्यक्षमा सुनिता राई, सचिबमा योगिन राई, स–सचिबमा रेमन राई, कोषक्षमा मेनुका राई, सदस्यहरुमा क्रमशः क्रिश्टिना राइ, जिवन चामालिङ, राई अशोक, एल्जिना राई, पबित्रा राई र सदिक्षा राई चयन हुनु भएको छ । संघको काठमान्डौमा भदौ ३१ गते हुन गईरहेको केन्द्रिय महाधिबेषनका लागि केन्द्रिय प्रतिनिधिहरुमा उजुर राई, गोमा राई, संजिब राई र टिवन राईलाई चयन गरेको छ ।
    अधिबेषन संघका केन्द्रिय अध्यक्ष भिम राईको प्रमुख आतिथ्य र संघको निबर्तमान अध्यक्ष गोमा राईको अध्यक्षतामा सम्पन्न भएको थियो । २०७९ भदौ २३ गते ।

  • खोटाङ माओबादीले टुङ्यायो उम्मेदवार

    खोटाङ माओबादीले टुङ्यायो उम्मेदवार

    जुनु परियार/टेस
    नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्रले) आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधी सभा र प्रदेश सभाको लागि उम्मेदवार टुङ्गो लगाएको छ ।
    खोटाङको सदरमुकाम दिक्तेलमा भदौ २० र २१ गते बसेको जिल्ला कमिटि बैठकले उम्मेदवार टुङ्याएर २१ गते पार्टी कार्यालय भववन गैरामा पत्रकार सम्मेदन गरि उम्मेदवारहरुको नामावली सार्वजानिक गरेको हो । बैठकले प्रतिनिधी सभा प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने, समानुपातिक तर्फ दुईजनाको नाम सिफारिस गरेको छ । त्यसैगरि प्रदेश सभा “क” मा प्रत्यक्ष चार र समानुपातिकमा ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सभा “ख” का लागि प्रत्यक्ष तर्फ तीन र समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
    सिफारिसमा पर्नुहुने उम्मेदवारहरुमा प्रतिनिधी सभा तर्फ टंक राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२, रामकुमार राई (पासाङ) साकेला गा. पा. २, समिता कार्की दि. रु. म. न. पा. ९, र दुर्गाजयन्ती राई दि. रु. म. न. पा. ६ रहनु भएको छ । त्यस्तै समानुपातिक तर्फ टंकनाथ तामाङ दि. रु. म. न. पा. ११, पर्शुराम बि. क. दि. रु. म. न. पा १ रहनु भएको छ । प्रदेश सभा “क” को प्रत्यक्ष तर्फ सिफारिस हुनुहुनेहरुमा जीवन राई( संगिन) हलेसी तुवाचुङ नगरपालिका वडा नं. ३, हस्तबहादुर राई (आमेद) ह. तु. न. पा. ५, बिकास राई दि. रु. म. न. पा. १२ र सिताराम अधिकारी रावाबेसी ४ रहनु भएको छ । समानुपातिक तर्फ जयप्रसाद आचार्य दि. रु. म. न. पा. १, मनकुमारी रसाईली केपिलासगढी ३, अगमसिंह राई ऐसेलुखर्क १, बन्दना तामाङ केपिलासगढी ४, ज्ञानबहादुर भुजेल ह. तु. न. पा. ७ र जयप्रकाश राई दि. रु. म. न. पा. १४ रहनु भएको छ ।
    बैठकले प्रदेश “ख” का लागि प्रत्यक्ष तर्फ ध्रुव बुढाथोकी (धिरेन) दि. रु. म. न. पा. ७, देवान चामालिङ खोटेहाङ ५, दिपक पान्डे (आकाश) दिप्रुङ चुईचुम्मा ५ लाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै समानुपातिक तर्फ निसाना राई बराहापोखरी ४, कल्पना राई(सोनिया) दिपु्रङ चुईचुम्मा १, बिनिता राई ( सुशिला) खोटेहाङ १, डा. विष्णु राई खोटेहाङ ५, नवल खड्का खोटेहाङ ८, गजेन्द्र राई साकेला ४, सुमिना राई साकेला १ नरेन्द्र निर्विकार दिपु्रङ चुईचुम्मा ६ को नाम सिफरिस गर्ने निर्णय गरेको छ ।
    उक्त बैठक नेकपा माओबादी केन्द्रका अनुसाशन आयोगका अध्यक्ष टंक राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । २०७९ भदौ ६ गते ।

     

  • खोटाङका श्रष्टा श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ श्रोता माझ

    खोटाङका श्रष्टा श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ श्रोता माझ

    जुनु परियार

    खोटाङका सर्जक श्रीराम राईले आफ्नाे दोस्रो गीत हालै सार्वजनिक गर्नुभएको छ । आज भन्दा चार बर्ष अगाडी शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गर्नु भएको हो।
    यो गितमा श्रीरामको शब्दमा ओमप्रकाश राईले संगीत गर्नु भएको छ भने ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ । ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमा बी राई खोटाङकै उदीयमान गायिका हुन्।
    गितकार राई १० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पा,चिउरीडाँडाका साहित्य लेखन र पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।
    गीतकार राईले बालकथा, लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन्। उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित गरिसक्नु भएको छ ।
    संयुक्त लघुकथासंग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उहाँका तीनवटा लघुकथा समावेश छन् भने लघुकथासंग्रह प्रकाशनको तयारीमा रहेको साहित्यकार बताउनुहुन्छ ।
    रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुनुहुन्छ । २०७९ भदौ १२ गते ।