Author: उजुर राई

  • बाम्राङमा बृध्द मृत फेला

    टेस

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सिरिसेमा आइतबार बिहान एक बृद्ध मृत फेला परेको छ । ७३ वर्षीय शम्शेर राई आइतबार मृत फेला पर्नुभएको हो ।

    खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार घाँस काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । वृद्ध मृत फेला परेपछि बिहान आठ बजे खबर आएको र घटनास्थलमा पुगेर कानुनी प्रक्रियाका साथै थप अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।

    शनिबार बेलुकी नै उनको मृत्यु भएको हुन सक्ने वडा अध्यक्ष महेन्द्र राईले बताए । उनी घरमा एक्लै बस्ने गरेको राईको भनाइ छ । मृतक राइका एक छोरा बैदेशीक रोजगारीको शिलशिलामा बिदेमा बस्दै आउनु भएको छ । २०८० साउन २१ गते ।

  • हरित गाउँपालिका तर्फ लम्किदै साकेला

    हरित गाउँपालिका तर्फ लम्किदै साकेला

    टेम्के सम्बादाता । साकेला गाउँपालिकालाई हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उदेश्यले सडक किनारामा वृक्षारोपण कार्य सुरु गरिएको छ । गत वर्ष पालिकाको केन्द्र रहेको मानेभञ्ज्याङ र कार्यालय परिसरमा करीव ६ सय विरुवा रोपेको पालिकाले यस वर्ष साप्सुखोला-मानेभञज्याङ-तावाभञ्ज्याङ सडक अन्तर्गत सडकको किनारामा विभिन्न प्रजातिका विरुवाहरु रोप्न सुरु गरेको हो ।

    साकेला गाउँपालिका र उक्त सडक निर्माण गरिरहेको मल्ल कन्ट्रक्सनको संयुक्त पहलमा सडक किनारमा भौगौलिक बनावट अनुसार हावापानी सुहाउँदो फलफूलजन्य र भू-क्षयलाई नियन्त्रण गर्ने जैविक प्रकृतिका विरुवा रोप्न सुरु गरिएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो ।

    उक्त सडकले समुन्द्रि सतहको १२ सय उचाईदेखि २८ सय उचाईसम्मको भू-भागलाई छोएको छ । तल्लो वेशी क्षेत्रमा अशोकको विरुवा सँगै भूगोल अनुसारको फलफूलको विरुवा रोपिएको छ भने बीचको क्षेत्रमा गुल्मर, निल्मर, ज्याकारअण्डासँगै हावापानी सुहाउँदो फलफूलको विरुवा लगाउन सुरु गरिएको अध्यक्ष राईको भनाई छ ।

    हामी साकेला गाउँपालिकालाई वातावरणमैत्री सँगै हरित पालिका पनि निर्माण गर्ने अभियानमा छौं अध्यक्ष राईले भन्नुभयो- गत वर्षपनि विभिन्न प्रजातिका विरुवाहरु कार्यालय परिसर र बजार एरियामा रोपिएको छ, यस वर्ष पनि करीव दश हजार विरुवा रोप्ने तयारी गरिरहेका छौं ।

    गाउँपालिकाले सडक किनारासँगै प्रत्येक विद्यालय, वडा कार्यालय, स्वास्थ्यसंथ्था र सार्वजनिक स्थलहरुमा भूगोल सुहाउँदो विरुवा रोप्ने योजना बनाएको छ । पालिकाको वेशी क्षेत्रदेखि लेकालि भेगसम्म फस्टाउने विभिन्न प्रजाति र फलफूल जन्य करीव दश हजार थान विरुवा नर्सरीहरुमा माग गरिएको अध्यक्ष राईको भनाई छ । २०८० साउन ५ गते ।

  • साकेला गापामा पाँचदिने आधारभूत पत्रकारिता तालिम सुरु

    साकेला गापामा पाँचदिने आधारभूत पत्रकारिता तालिम सुरु

    टेम्के सम्वादाता

    साकेला- साकेला गाउँपालिकाको आयोजनामा सोमबारदेखि पाँच दिने आधारभूत विकास पत्रकारिता तालिम मानेभञ्ज्याङमा सुरु भएको छ । ग्रामीण स्तरमा सूचना र सञ्चारको पहुँच विस्तार गर्ने उदेश्यका साथ पत्रकारिता सम्बन्धी अध्ययन नगरेका र तालिम बाट समेत बञ्चित स्थानीय नागरिकहरुलाई समेटेर तालिम सञ्चालन गरिएको हो ।

    तालिममा गाउँपालिकाका पाँच वटै वडाबाट तीन/तीन जना स्थानीय नागरिकहरु सहभागि भएका छन् । गाउँपालिकाभित्र भएका विकासका गतिविधिहरुलाई अन्य नागरिक समक्ष सुसुचित गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

    गाउँपालिकाका प्रमुख रवि प्रकाश राईको अध्यक्षतामा सुरु भएको तालिममा समाचारको विषयवस्तु छनौट, संकलन, लेखन, फिचर लेखन, अन्तरवार्ता तयारी, रेडियो, पत्रपत्रिका तथा अनलाईन रिपोर्टिङको विषयमा प्रस्तुती हुनेछ । तालिमको सहजीकरण टेम्के खबर डटकमका अध्यक्ष उजुर राई र किराँत-कोशी डटकमका अध्यक्ष भीम राईले गरिरहनुभएको छ ।

    तालिम उद्घाटन पछि सहभागिहरुमाझ संक्षिप्त भनाई राख्नुहुँदै गाउँपालिका अध्यक्ष राईले कलमको शक्तीको महत्व बुझि सत्यतथ्यमा आधारित भएर विषयवस्तुको गहिराईमा डुबेर मात्र कलम चलाउन आग्रह गर्नुभयो । गलत सूचना वा समाचार सम्प्रेषण गर्दा समाजमा नकारात्मक प्रभाव पर्नुका साथै दुर्घटना समेत निम्तने बताउँदै उहाँले पत्रकारिताको मर्म, भावना अनुरुप सन्तुलित र विश्वसनीय खबर प्रवाह गर्न आग्रह गर्नुभएको हो । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई लगायतको उपस्थिती रहेको थियो । २०८० असार २० गते

     

  • डिजिटल प्रोफाईल बनाउँदै साकेला गाउँपालिका

    डिजिटल प्रोफाईल बनाउँदै साकेला गाउँपालिका

    असार २० गते । साकेला- साकेला गाउँपालिकालाई पूर्ण रुपमा डिजिटल पालिका बनाउने कार्यको सुरुवात गरिएको छ । सूचना प्रविधि र सञ्चारको प्रयोग गरी साकेला गाउँपालिकालाई प्रविधिमैत्री बनाउँदै सुशासनतर्फ अग्रसर बनाउने उदेश्यका साथ गाउँपालिकाले डिजिटल गाउँपालिका निर्माण गर्ने कार्य सुरु गरेको हो ।

    यतिबेला स्थानीय सरकारको सेवा-सुविधा जनताको हातहातमा उपलब्ध गराउने प्रयासमा सिङ्गो गाउँपालिका लागि रहेको छ । डिजिटल पालिका निर्माण गर्ने अभियान अन्तर्गत पालिकाले आफ्नै मोवाईल एप समेत सञ्चालनमा ल्याएको छ । उक्त एप प्रयोग गर्नका लागि आफ्नो मोवाईलको प्ले स्टोरबाट एप डाउनलोड गरी डिजिटल पालिका निर्माण सम्बन्धि गतिविवधि हेर्न र प्रयोग गर्न सकिनेछ ।

    गाउँपालिकाको हरेक काम कारवाही र गतिविधिलाई विद्युतीय प्रणाली मार्फत गरि सेवाग्राहीलाई बिना झण्झट सुविधा प्रदान गर्ने पालिकाको उद्देश्य छ । गाउँपालिकाले निर्माण गरिरहेको पाँच वर्षे आवधिक गुरु योजनामा समेत डिजिटल पालिकालाई गौरवको योजनामा अघि सारिएको छ । सोही योजनालाई प्राथमिकता दिँदै गाउँपालिकाले डिजिटल पालिका निर्माणको कार्य सुरुवात गरेको हो ।

    उक्त कार्यका लागि गाउँपालिका प्रमुख रवि प्रकाश राईको अध्यक्षतामा सोमबार गाउँपालिकाको सभाहलमा डिजिटल भिलेज प्रोफाईल निर्माण सम्बन्धि पहिलो चरणको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । छलफलको क्रममा अध्यक्ष राईले डिजिटल प्रोफाईल निर्माण सम्पन्न भईसकेपछि सामान्य कामको लागि समेत पालिका र वडा सम्म धाई रहनुपर्ने सर्वसाधारण नागरिकको वाध्यता हटेर जाने बताउनुभयो ।

    घरै बसि बसी सरकारको सुविधा उपभोग गर्न पाईन्छ, उहाँले भन्नुभयो- पालिकाको गौरवको योजनाहरुमध्ये प्रविधिमैत्री डिजटल पालिका र पेपरलेस कार्यालय निर्माण गर्दै देशकै उत्कृष्ट पालिका बनाउनेछौं । अर्थतन्त्रलाई टेवा पुग्ने प्रकारका विकास योजनाहरु, पर्यटन प्रवर्द्धन हुने प्रकारका योजना, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा समेत पालिकालाई विकास गर्दै लगिने अध्यक्ष राईले बताउनुभयो ।

    पालिकाले निर्माण सुरु गरेको डिजिटल भिलेज प्रोफाईलमा साकेलाबासी नागरिकहरुको सत्यतथ्य विवरण सहित वैयत्तिक विवरणदेखि वडा अनुसारको विवरण, घरधुरीहरुको स्मार्ट विवरण, सार्वजनिक स्थलहरु, सुशासनको क्षेत्रदेखि व्यक्तिगत घटना, नागरिक वडापत्र, डिजिटल सिफारिस, आकस्मिक सेवा, भुक्तानी, शिक्षा, स्वास्थ्य, कृषि लगायत जनप्रतिनिधि र नागरिकबीचको सहकार्यका विषयहरुलाई समेटिनेछ ।

    पालिकालाई सूचना तथा आधुनिक प्रविधिको माध्यमद्धारा सशक्त बनाई हरेक नागरिकलाई डिजिटल प्रविधिको प्रयोगमा अग्रसर गराउने उद्देश्य गाउँपालिकाको रहेको अध्यक्ष राईले बताउनुभयो ।

    प्रोफाईल निर्माण सम्पन्न भएपश्चात विद्युतीय सुशासन अन्तर्गत डिजिटल विधिद्वारा सिफारिस, जुनसुकै ठाउँबाट घटना दर्ता, डिजिटल नागरिक वडापत्र तथा भुक्तानी, पेपरलेस पञ्जीकरणको सुविधा लगायत ऐन,नियम र निर्देशिका, जनगुनासो, कर भुक्तानी लागायतको सेवा नागरिकहरुले प्राप्त गर्नेछन् ।

    डिजटल भिलेज प्रोफाईल निर्माणको प्राविधिक सहयोग स्मार्ट पालिका प्रालि काठमाडौले गरिरहेको छ । पहिलो चरणको छलफल कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई सहित जनप्रतिनिधिहरु र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो . -डिएम चामलिङकाे सहयाेगमा

  • साकेला गापाको बजेट ३४ करोड

    साकेला गापाको बजेट ३४ करोड

    टेम्के सम्दादाता
    खोटाङको साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । सुसंस्कृत, संस्थागत र समृद्ध साकेला भन्ने मुल नाराका साथ आईतबार गाउँपालिकास्थित सभाहलमा सम्पन्न १३ औं गाउँसभाले आवधिक योजनामा समेटिएका गौरवका योजनाहरुलाई आगामी वर्षको लागि प्राथमिकता दिँदै बजेट प्रस्तुत गरिएको छ ।
    २०८०÷०८१ आर्थिक वर्षमा आय तर्फ अर्थ मन्त्रालयबाट प्राप्त वित्तिय समानीकरण अनुदान अन्तर्गत ७ करोड ११ लाख, राजश्व वाँडफाँडबाट ६ करोड ७९ लाख, सशर्त अनुदान तफै १६ करोड ४१ लाख र विशेष अनुदान १ करोड ५० लाख बिनियोजन गरिएकोछ । साकेला गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले प्रस्तुत गर्नुभएको बजेटमा प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ४० लाख ९४ हजार, सवारी कर वाँडफाँटबाट २७ लाख ५३ हजार, प्रदेश सशर्त अनुदान चालु २९ लाख २५ हजार, पूँजिगत तर्फ ३८ लाख ३० हजार रहेको छ । संघको समपुरक अनुदान रकम १ करोड ३५ लाख, प्रक्षेपित राजश्व १५ लाख जम्मा आम्दानी ३३ करोड ८८ लाख ८१ हजार रहेको छ ।
    यस्तै आर्थिक बर्ष २०८०÷०८१ मा संघीय, प्रदेश सरकार र पालिको आन्तरीक राजश्वबाट सिमाङ्कन रकमबाट ३३ करोड ८८ लाख ८१ हजार रकम अनुमानित गरिएको छ । यो बजेटमा चालु तर्फ २१ कारोड ९३ लाख ५७ हजार र पूँजिगत तर्फ ११ करोड ९५ लाख २४ हजार गरि जम्मा ३३ करोड ८८ लाख ८१ नै खर्च हुने अनुमान गरिएको छ । यस गाउँपालिकाले गत बर्ष २०७९÷०८० मा ३७ करोड ७४ लाख ७५ हजार रकम विनियोजन गरेकोमा २६ कारोड ४७ लाख १८ हजार रुपियाँ अर्थात कुल बजेटको ६२ दशमलब ४५ प्रतिशत मात्र खर्च भएको प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । कार्यक्रमको सभाध्यक्ष तथा साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बजेट सकेलाको दिगो विकाशको लागि आबाधिक योजाना मर्फत आगामि पाँच बर्ष भित्र गौरवका योजानाहरु सम्पन्न गरिने र ती गौरवका योजनहरुलागि सहजरुपमा सम्पन्न गर्नका लागि पालिका भित्र अस्तित्ववान सम्पुर्ण पार्टीका प्रतिनिधी जनप्रतिनिधी, कर्मचारी, शिक्षक नागरिक समाज र सरोकारवाला सबैलाई आग्रह गनुभयो । अध्यक्षले वृहत पर्याटनक्षेत्रको विकासको लागि तवाताल निर्माणको लागि संघ तथा प्रदेश सरकारको समन्वय र सहयोगमा निर्माण कार्य सम्पन्न गरिने प्रतिवद्वता जाहेर गर्नु भयो । त्यस्तै मपारुङ भिर, धन्यश्वरी गुफा, सकेला पर्क, लामदुवाली, तावादोभान र क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गरिने र गाउँपालिकामा साँस्कृतिक भिलेज निर्माण गरिने बताउनु भयो । अध्यक्ष राईले अधिबेशनलाई समापन गनहुदै गाउँपालिकालाई डिजिटल गाउँपालिका बनाउने प्रतिवद्वता जनाउनु भयो । आर्थिक बर्ष २०८०÷०८१ मा चालु तर्फ ६ करोड २५ लाख ३२ हजार रुपियाँ बिनियोजन गरिएको छ भने सबै भन्दा धेरै कर्मचारीलाई १ करोड ७० लाख बजेट बिनियोजित छ । त्यसैगरी पूजीगत खर्च तर्फ पुर्वधारमा ३ करोड ७० लाख ९७ हजार २ रुपियाँ, आर्थिक विकासमा १० लाख, आर्थिक विकास क्षेत्रको कृषि तथा पशु सेवामा १ करोड, सामाजिक क्षेत्रमा ४० लाख ५० हजार, शिक्षामा १ करोड १६ लाख ४९ हजार ६६१, स्वास्थ्य र सरसफाईमा ९२ लाख ३६ हजार, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणमा ५ लाख र वन वाताबरण तथा विपद् व्यवस्थापनमा २० लाख ५० हजार रुपियाँ सभाले बिजियोजन
    गरेको छ । सभाले पालिकाका पाँचवटा वडाको लागि बिभिन्न शीर्षकहरुमा जम्मा ७बmउस करोड ६९ लाख ९४ हजार रुपियाँ विनियोजन गरेको छ । संघीय सरकारको सशर्त अनुदान तर्फ बिभिन्न शीर्षकमा १ करोड ५५ हजार रुपियाँ बिनियोजन गरेको छ । भने प्रदेश सरकारको सशर्त अनुदान तर्फ बिभिन्न शीषर्कमा बिनियोजन गरि संघ र प्रदेश दुवै तर्फको रकम २ करोड ८५ लाख बिनियोजन गरेको छ ।
    कार्यक्रमको सभाध्यक्ष तथा साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बजेट सकेलाको दिगो विकाशको लागि आबाधिक योजाना मर्फत आगामि पाँच बर्ष भित्र गौरवका योजानाहरु सम्पन्न गरिने र ती गौरवका योजनहरुलागि सहजरुपमा सम्पन्न गर्नका लागि पालिका भित्र अस्तित्ववान सम्प७त्रगयतसर्ण पार्टीका प्रतिनिधी जनप्रतिनिधी, कर्मचारी, शिक्षक नागरिक समाज र सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । अध्यक्षले वृहत पर्याटनक्षेत्रको विकासको लागि तवाताल निर्माणको लागि संघ तथा प्रदेश सरकारको समन्वय र सहयोगमा निर्माण कार्य सम्पन्न गरिने प्रतिवद्वता जाहेर गर्नुभयो । त्यस्तै मपारुङ भिर, धन्यश्वरी गुफा, सकेला पर्क, लामदुवाली, तावादोभान र क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गरिने र गाउँपालिकामा साँस्कृतिक भिलेज निर्माण गरिने बताउनु भयो । अध्यक्ष राईले अधिबेशनलाई समापन गनुहुदै गाउँपालिकालाई डिजिटल गाउँपालिका बनाउने प्रतिवद्वता जनाउनु भयो ।

     

     

     

     

     

     

  • साँच्चै हामी किन यति धेरै अविश्सनिय भयौँ? किन पत्यारै नलाग्ने भयौँ?

    साँच्चै हामी किन यति धेरै अविश्सनिय भयौँ? किन पत्यारै नलाग्ने भयौँ?

    कसैको श्रीमान्, कसैको बाबु अनि सञ्चारकर्मीका रूपमा गरेका गतिविधि छाडौँ, सांसद भएपछि रवि लामिछानेसँग जोडिएर जे जति विषय सार्वजनिक भए त्यति अन्य कुनै दलका उम्मेदवार एक्सपोज भएको भए प्रतिस्पर्धी हुने त कल्पनै नगरौँ जमानत जोगाउन पनि हम्मेहम्मे हुन्थ्यो।

    तर वैशाख ७ सम्मको दृश्यले उनले गरेका कानुन विपरीतका जे जति गतिविधि सार्वजनिक भए पनि त्यसले उनको लोकप्रियतामा कुनै असर परेको देखिएन।

    आफैंले गरेका गलत कामको दोष अरूको टाउकोमा थोपर्ने त्यो पनि पत्यार लाग्ने गरी। गजबको कला पाएकै हुन् उनले। त्यही कलाको भरपूर प्रयोग गरिरहेका छन्। काम पनि लागिरहेकै छ।

    नत्र मन्त्री बन्न आफ्नै पार्टीका सभापतिको कोर टिमलाई साढे २ करोड बुझाउनुपर्ने विवरण सार्वजनिक हुँदा पनि कोर टिमै नखुलाइ भ्रष्टाचार विरोधी छवि कायम राख्न कहाँ सम्भव छ र!

    १० वर्षमा नागरिकको गोजीबाट १ अर्ब रूपैयाँ निजी कम्पनीले पाउने ठेक्का सदर गरेको सार्वजनिक हुँदा पनि’ऐन अनि नियम त मिलेको रहेनछ तर कर्मचारीले जे भने त्यो पत्याएर हस्ताक्षर गरे’ भन्दा पनि हो हो भन्ने समर्थक अन्य दलका नेताले कहाँ पाएका छन् र!

    आफ्नी श्रीमती विरुद्ध २-४ स्टाटस आउँदा’प्रिय मेरा कारण तिमीले अनाहकमा दुख पायौँ’ भनेर लेख्दा ‘अघि बढ रवि दाइ हामी साथ छौँ भन्ने’ तर म रविलाई भोट दिन्न भनेर कुनै किशोरीले आफ्नो धारणा सार्वजनिक गर्दा चरित्रमाथि नै हमला गर्दै साइबर आक्रमण हुँदा पनि मौन बस्दा’रवि दाइ हाई-हाई भन्ने महिला मण्डल अन्य नेताले कहिले पाउनु?

    अमेरिकामा ठगी लगायतका ५० बढि मुद्दा भएकालाई कसैले सिधै केन्द्रीय सदस्य बनाउने हिम्मत गर्छन्? सोविता गौतम अनि विराजभक्त श्रेष्ठ जस्ता केन्द्रीय सदस्य हुन अयोग्य हुने तर सरकारी कागज किर्तेमा मुद्दा खेपिरहेको ब्यक्ती केन्द्रीय सदस्य हुन योग्य हुने मापदण्ड कतै छ?

    छक्क! जसरी साधुको भेषमा रहेका पाखण्डीहरूले फुकेकै भरमा क्यान्सर रोग उपचार गरिदिन्छु भन्दा पत्याउनेहरूको भिडै लाग्छ त्यस्तै दृश्य उपनिर्वाचनको माहौलमा पनि देखियो। कसैले उनमा कृष्णकै अवतार देखिरहेका छन्। कसैले ज्ञानेन्द्र शाहको।

    नत्र २० औँ वर्ष राजनीति गरेर एक तले घर बनाउने नेतामाथि हिजो चप्पल पड्काउने नेताले कहाँबाट कमायो घर बनाउने पैसा भनेर प्रश्न गर्नेहरू टेलिभिजन छाडेर बेरोजगार भएपछि पनि रविले कहाँबाट चितवनको भरतपुरमा तीन तले घर जोडे भनेर प्रश्न गर्दा प्रश्न कर्तालाई ‘१२ भाइ’ भनेर उछितो काढ्दै उल्टो राष्ट्रिय उनलाई ‘वेस्ट अफ लक’ भन्नेहरू कहाँ पाउन सकिन्छ र!

    निष्क्रिय नागरिकता कसैले प्रयोग गराएको थिएन उनलाई। उनैले जानाजान प्रयोग गरेका थिए। कमजोर राज्य संयन्त्रको उपयोग गरिसकेको अनुभवले होला सायद उनलाई सांसदै भएपछि त यतिको कुरा पचाउन सकिहालिन्छ नि भन्ने लागेको हुनसक्छ।

    किनकि नेपालमा विदेशी नागरिकले नातेदार भिसामा पारिश्रमिक लिएर वा नलिई काम गर्न नपाउने कानुन मिच्दा पनि उनले उन्मुक्ति पाएकै हुन्।

    मृत्यु अगाडिको बकपत्रलाई सबैभन्दा ठूलो प्रमाण मानिन्छ। तर लामो समय उनकै समूहको विश्वासपात्र बनेर काम गरेका सालिकराम पुडासैनीको भिडियो बकपत्रले उनलाई दोषी ठहर्याउन सकेन।

    अनुसन्धानका लागि प्रहरी हिरासतमा बिताएका दिनहरू त उनको राजनीतिक भूमि बन्न सहयोगी पो भयो।

    अमेरिकी राहदानी बोकेर नेपाल आउने अनि नेपाली हुँ भनेर नेपाली राहदानी बनाएको पोल खुले जेल जानुपर्ने हुनसक्छ भन्ने उनी जतिको जानकारले नजान्ने कुरा हुन्छ र!

    तर प्रमाणसहित पोल खुल्यो। अन्य नेपालीले जस्तै मैले पनि बनाए अनि के बिराए पो भने। पत्याइहाले।

    मासले पत्याएर मात्र कानुनबाट कहाँबाट उन्मुक्ति पाउन सकिन्थ्यो र!

    कानुनी रूपमा अदालतमा जाँदा त प्रमाणले पुष्टि भइहाल्थ्यो। हिजो नेपाली काँग्रेसले १४ बढिलाई ज्यूँदै इटा भट्टामा जलाएको आरोप लागेका मोहम्मद अफ्ताव आलम विरुद्धको उजुरीमा मुद्दा चलाउनु नपर्ने गरी महान्यायाधिवक्ता कार्यालयबाट निर्णय गराएको सम्झिए वा कसैले अक्कल दियो। उनले त्यही बाटो समाते। सफल पनि भए।

    तर आलमको निर्णय अदालतबाट उल्टिएर अहिले जेल पुगेको सत्य चैं त्यो अक्कल दिनेले दिए या दिएनन् कुन्नि!

    अमेरिकामा पारिवारिक अनि आर्थिक दुवैतिर सङ्कट परेपछि बिरक्तिएर नेपाल आए। अमेरिका जान ज्यानै फालेर १० महिनासम्म पैदल हिड्नेहरुको ताँती भएको देशमा देश बनाउन फर्किएको कथा नपत्याउने कुरै थिएन। पत्याए। ठगीका नौ मुद्दा चलेका त्यसमा अझै केही जीवितै रहेको तथ्य सार्वजनिक हुँदा वाह अमेरिकालाई नै पो ठगेको भन्नेहरू पनि देखिए।

    श्रीमतीसँग कुरा मिलेन। केही समय अर्कोसँग लिभिङ टुगेदरमा बस्दा बच्चा भयो त के भयो भन्दा परर ताली बज्यो।

    चमत्कार। साँच्चै चमत्कारेै त हो यो। आशाराम बापुको भन्दा पनि भयङ्कर चमत्कार। फु गरेकै भरमा गानोगोला हैन क्यान्सरै निको पारिदिने विश्वास।

    तर उनी नडराउने हैनन्, डराउँछन्। आन्तरिक बैठकहरूमा आफ्ना डर अभिव्यक्त गर्छन् पनि। तर सार्वजनिक कार्यक्रममा डरलाई आत्मविश्वासको रूपमा देखाउँछन्। आत्मविश्वासले सत्य कुरा पनि हैन कि क्या हो भन्ने बनाउन सफल हुने गजबको क्षमता।

    नत्र उता तनहुँ-१ मा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन नामुद भ्रष्टका रूपमा परिचित गोविन्दराज जोशीको समर्थन लिने अनि यता चितवनमा आएर आफ्नो नागरिकता निष्क्रिय ठहर हुँदा उपनिर्वाचनमा राज्य कोषबाट भएको खर्च ब्यहोर्नु परे भ्रष्टाचारीमाथि कारबाही गरेर फिर्ता गर्छु भन्न सक्थे र! अरूले भनेको भए तररर त्यसरी ताली बज्थ्यो र!

    अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुन प्राप्ति गर्ने प्रक्रिया पुरा नगरेको तथ्य प्रमाणसहित सार्वजनिक भयो उनी पार्टीका आन्तरिक बैठक अनि निकटहरूसँग त्यस्तै परे आफू जेल जान सक्ने भन्दै पार्टी सम्हाल्ने तयारीका लागि आग्रह गर्थे।

    तर जब सभा हुन्थ्यो षडयन्त्रको कथा रच्थे। चक्ब्युहको कुरा गर्थे। तर कानुनविरुद्ध षडयन्त्र त उनैले गरेका थिए। कानुन विपरीत काम गरेर उनैले चक्रब्युह रचेका थिए। तर मासलाई अर्कै षड्यन्त्रकारी देखाइदिन्थे। मास पनि हो मा हो मिलाइहाल्थ्यो। क्या गजब।

    जति ढाँटे पनि सर्वोच्च अदालतमा पुगेर रविको नागरिकता निष्क्रिय नै रहेको ठहर भयो। सांसद पद गुम्यो। तै पनि उनमा ग्लानि भएन। उनले त्यसलाई लगेर षडयन्त्रमै जोडे। उनीप्रति आँखा चिम्लिएर विश्वास गर्नेहरूले त्यसलाई अझै षडयन्त्रकै रूपमा लिएको देखियो। गजबको विश्वास।

    मिडियाले जति प्रमाण सार्वजनिक गरून् त्यसको कुनै काम छैन। जति प्रमाण देखाउन् त्यसकै कुनै प्रभाव छैन। रविले कालोलाई सेतो भने सेतै हुन्छ। कसैले कालो प्रमाणित गरे मैले लगाको चस्माको सिसा कालो  रैछ यसमा मेरो के दोष भन्यो कुरा सकियो।

    उनले जे बोल्छन् त्यो सत्य। उनले जे देखाउँछन् त्यो विश्वसनीय। बाँकी सबै अविश्सनिय। सत्य देखाउने पेसा त ‘हाम्रो’ पो हो। तर हामी किन यति धेरै अविश्सनिय भयौँ? किन पत्यार नलाग्ने भयौँ?

    अन्त्यमा नयाँ पत्रिकामा काम गर्दाको एक अनुभव लेख्न मन लाग्यो।

    भर्खर सुरक्षा सम्बन्धी विषयको रिपोर्टिङ गरेकाले जे विषय पनि समाचार हो जस्तै लाग्थ्यो। एक दिन तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाको गुण्डागर्दी हेर्ने शाखाबाट काठमाडौँका गुन्डाहरूको सूची नै फेला पर्यो।

    ए, बि, सी अनि डी गरेर समूह विभाजन गरिएको थियो। एरिया तोकिएको थियो। अनि नाइकेहरू पनि। समाचार कक्षमा छलफल गर्दा  राम्रै समाचार हुन्छ भन्ने सुझाव आयो। बढो मिहिनेत गरेर लेखे। छापियो।

    भोलिपल्ट कार्यालयमा ज्ञानेश्वर आचार्य दाइ भेट भयो। महाराजगन्ज क्षेत्रमा बस्ने आचार्यलाई त्यहाँको केही केटाले मेरो नाम किन छुटाएको भनेर हप्काएछन्।

    गुन्डाको सूचीमा नाम नपरेकोमा खुसी हुनुपर्नेमा उल्टो किन नलेखेको भनेर गाली खाएको सुनेर छक्क परेँ। पछि केहीले टोले गुन्डाहरूको नाम पत्रिकामा छापेर भाउ मात्र बढ्यो भन्ने प्रतिक्रिया पनि पाएँ। तर म विश्वस्त थिए मैले समाजमा भएका खराब पात्रहरूलाई चिनाउने असल काम गरेको छु। उनीहरूको भाउ बढ्ने हैन घट्छ अब।

    तर आज अनुभव भयो। म गलत रहेंछु।

    मेरा कारण गाली खानु परेकोमा सरी ज्ञानेश्वर दाइ।

    [यो लेख www.ukeraa.com बाट साभार गरिएको हो]

  • राई इज किङ नगर सदभावना दूत चयन

    राई इज किङ नगर सदभावना दूत चयन

    ‘राई इज किङ’को उपाधि पाउनु भएका गायक राजेशपायल राई खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको नगर सदभावना दूत चयन भएका छन्।
    गीत–संगीतको क्षेत्रमा लागेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाएका गायक राईलाई यही चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले सदभावना दूत चयन गरेको हो।
    सोही नगरपालिकाको वडा नं. १४ बुइपामा जन्मिएका गायक राईलाई नगरको शान, मान र स्वाभिमानको रूपमा लिइएकाले नगरपालिकाको समृद्धि र पहिचानका लागि नगर सदभावना दूत चयन गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।
    ‘गायक राजेशपायल राईले हाम्रो नगरपालिकाको समग्र विकासमा केही गर्न खोजिरहनुभएको थियो। नगर कार्यपालिकाको बैठकबाट उहाँलाई नगर सदभावना दूत चयन गरिएको छ,’ उनले भने, ‘सदभावना दूत चयन गरेपछि उहाँ नगरपालिकाको समृद्धि र पहिचानको निम्ति थप सक्रिय रहनुहुनेछ , उहाँको नियमित हुने देश तथा विदेश भ्रमणका क्रममा नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा हामी विश्वस्त छौँ।’
    नगर कार्यपालिका बैठकले विभिन्न १९ वटा विद्यामा सल्लाहकार चयन गरिएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । पूर्वनगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईलाई अनुभवी सल्लाहकार चयन गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख भट्टराईले जानकारी दिए।
    नगरपालिकाको राजनीतिक सल्लाहकारमा प्रकाशकुमार श्रेष्ठ, प्राज्ञिक सल्लाहकारमा जसराज किराँती, स्वास्थ्य सल्लाहकारमा डा. के.के. राई, सञ्चार सल्लाहकारमा कृष्ण आचार्य, कानुनी सल्लाहकारमा नारायणदाश राई, सांस्कृतिक संरक्षण सल्लाहकारमा पदमप्रसाद आचार्यलाई चयन गरिएको छ ।
    यस्तै, संस्कृति सभ्यता सल्लाहकारमा भोगीराज राई, कृषि सल्लाहकारमा सूर्य राई, पर्याटन सल्लाहकारमा ज्ञानिन राई, निजी क्षेत्र सल्लाहकारमा राजन आचार्य, परराष्ट्र समन्वय सल्लाहकारमा जेपी राई, खेलकुद सल्लाहकारमा बिचारी तामाङलाई चयन गरिएको छ ।
    स्थानीय सामग्री प्रवर्द्धन सल्लाहकारमा चन्द्रप्रसाद आचार्य, आन्तरिक पर्यटन सल्लाहकारमा जेपी राई, प्रदेश सञ्चार सल्लाहकारमा रत्नप्रसाद आचार्य र उपत्यका कानुनी सल्लाहकारमा लक्ष्मण आचार्यलाई चयन गरिएको पत्रकार सम्मेलनमार्फत जनाइएको छ । कानुनी सल्लाहकारबाहेक अन्य व्यक्तिलाई राज्यले उपलब्ध गराउने सेवासुविधा नदिने निर्णय गरिएको नगर प्रमुख भट्टराईले जानकारी दिए।
    बैठकले अनुभवी सल्लाहकार, नगर स्रोत व्यवस्थापन सल्लाहकार, प्रोजेक्ट बैंक सल्लाहकार र प्राज्ञ एवं विज्ञ समूहसमेत चयन तथा गठन गरेको छ ।
    यसैबीच, नगर कार्यपालिकाको बैठकले अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रमसमेत गर्ने निर्णय गरेको छ । जिल्लाको महत्व, यहाँका संस्कृति र सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले चित्रकला कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

    आगामी वर्ष आयोजना गरिने चित्रकला कार्यक्रममा विभिन्न देशका वरिष्ठ चित्रकार तथा नेपालका मूर्धन्य चित्रकारहरूलाई दिक्तेलमा सहभागी गराउने कार्ययोजना बनाइएको नगर प्रमुख भट्टराईले जानकारी दिए।
    नगरपालिकाको समग्र विकासका लागि पाँचवर्षे आवधिक योजना निर्माणको काम भइरहेको पनि जनाइएको छ । आगामी दिनमा आवधिक योजनाको मार्गदर्शनअनुसार वार्षिक नीति तथा कार्यक्रम तयार पारेर कार्यान्वयन गरिने जनाइएको छ ।
    अघिल्लो कार्यकालका जनप्रतिनिधिले अघि बढाएका योजनालाई समेत प्राथमिकतामा राखेर नगरको विकासमा आफूहरू लागेको नगर प्रमुख भट्टराईले जानकारी दिए। प्रदेश तथा संघीय सरकारबाट प्राप्त बजेट मार्फत नगरभित्र सञ्चालित योजनाको गुणस्तर निर्धारण एवं छिटो सम्पन्न गर्न–गराउनसमेत निगरानी भइरहेको जनाइएको छ । २०७९ चैत २२ गते ।

     

  • कर्तुत लुकाउन परीक्षणमा नै अबरोध

    कर्तुत लुकाउन परीक्षणमा नै अबरोध

    (टेस)
    दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– ८ बुवालुङमा ढलान गरिएको सडकको गुणस्तर परीक्षणमा निर्माण उपभोक्ता समितिले रोक लगाएको छ ।
    गत असार मसान्तमा सम्पन्न गरिएको सडक ढलानको काम गुणस्तरहीन भएको भन्दै स्थानीय बासिन्दाले विभिन्न निकायमा उजुरी दिएको लामो समयपछि आइतबार नगरपालिकाको टोली गुणस्तर परीक्षण गर्न बुवालुङ पुगेका टोलीलाई रोक लागाएका हुन् ।
    नगरपालिकाको टोली आउने जानकारी पाएपछि कामदारसहित भेला भएका निर्माण उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर बानियाँ तथा पदाधिकारीले कुनै पनि हालतमा परीक्षण गर्न नदिने अडान कसेका थिए।
    आक्रोशित भेलाले सडक ढलानको गुणस्तर यसअघि पटक–पटक परीक्षण गरिसकेको भन्दै अब आउने कुनै पनि निकायलाई परीक्षण गर्न नदिने बताएका छन्।
    काठमाडौंबाट झिकाइएको हाइटेक ल्याब प्रालिका इन्जिनियरसहित बुवालुङ पुगेका नगर उपप्रमुख विशन राई तथा कर्मचारीविरुद्ध उनीहरूले अपशब्दसमेत प्रयोग गरेका छन्। आक्रोशित भिडलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षकको टोलीसमेत बुवालुङ पुगेको थियो।
    यसअघि गरिएका परीक्षणको आधारमा नगरपालिकाले भुक्तानी दिए लिने अन्यथा भुक्तानीसमेत नलिने निर्माण उपभोक्ता समितिका अध्यक्ष बानियाँले बताए।
    ‘हामीले नगरपालिकाको इन्जिनियर नै राखेर काम गरेका हौँ। नगरपालिकाले भुक्तानी रोकेपछि दिनरात कामदारहरू घर घेर्न आउँछन्। मैले के जवाफ दिनु ! कतिजनालाई सम्झाउनु,’ उनले भने, ‘नगरपालिका धाउँदा–धाउँदा दिक्दार भएपछि अब भुक्तानीसमेत नलिनेमा हामी पुगेका हौँ। यसअघि गरिएका परीक्षण तथा मूल्यांकनको आधारमा भुक्तानी दिए लिने, नदिए नलिनेमा हामी पुगेका छौँ।’
    तत्कालीन अध्यक्ष हरिकुमार खत्री स्थानीय तहको निर्वाचनमा सदस्य उम्मेदवार भएपघि बानियाँलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको पाइएको छ तत्कालीन अध्यक्ष खत्री अहिले नेकपा एमालेबाट निर्वाचित वडासदस्य छन्। नगरपालिकामा भने हरिकुमार खत्रीले नै सम्झौता गरेका छन्।
    गुणस्तरहीन काम गर्ने उपभोक्ता समितिका पदाधिकारीले नै परीक्षणमा अवरोध गरेपछि सर्जमिन मुचुल्का बनाएर फर्किएको अनुगमन समितिका संयोजकसमेत रहेका नगर उपप्रमुख राईले बताए।
    ‘प्राविधिक स्टमेटमा उक्त सडक १५ सेन्टिमिटर ढलान गर्नुपर्ने उल्लेख छ । तर, आठ सेन्टिमिटर मात्र ढलान गरेको पाइयो । यो योजना अघिल्लो जनप्रतिनिधिको पालामा विनियोजित बजेटबाट सञ्चालन भएको हो,’ उनले भने, ‘उहाँहरू (नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राई)को पालामै गुणस्तरहीन भएपछि रोकिएको रहेछ । हामी निर्वाचित भएर आएपछि गुणस्तर कायम गर्न निर्देशन दिइए पनि वडाध्यक्षज्यूले जबर्जस्ती काम अगाडि बढाउँदा समस्या आएको हो । उपभोक्ता समितिले नै अवरोध गरेपछि झनै समस्या सिर्जना भएको छ ।’
    दश महिनाअघि ढलान गरिएको सडक अहिले विभिन्न ठाउँमा फुटैको छ भने अधिकांश ठाउँमा उप्किन थालेको छ । सघीय सरकारको रु. ६८ लाख र वडाको रु. दश लाख गरी रु. ७८ लाख तथा उपभोक्ता समितिको दश प्रतिशत लागतमा मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्मको नौ सय १७ मिटरमध्ये पाँच सय ८५ मिटर सठक ढलान गरिएको हो।
    मध्यपहाडी लोकमार्गदेखि तीन सय ३२ मिटर सडकखण्ड गोल्डेन गुड कम्पनीले निःशुल्क कालोपत्र गरिदिएको जनाइएको छ । मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र गर्नेक्रममा गोल्डेन गुड कम्पनीले कालोपत्र गरेको उक्त सडकसमेत गत वर्ष आएको बाढीले खोलेर जीर्ण बनेको पाइएको छ ।
    उपभोक्ता समितिले ०७८ असोज १८ गते नगरपालिकासँग सम्झौता गरे पनि उक्त सडक ठेकेदारमार्फत गुणस्तरहीन ढलान गरिएको स्थानीय बासिन्दाको आरोप छ । सडक ढलान गुणस्तरहीन भएको भन्दै गत माघ २ गते स्थानीय जयप्रकाश राईले जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरीसमेत दिएका थिए।
    प्रशासनमा उजुरी परेपछि बनेको छानबिन समितिले ढलान गरिएका सडकको क्वान्टिटी पूरा भए पनि क्वालिटी नभएको भन्दै भुक्तानी दिन नमिल्ने बताएको थियो। सडक ढलानको काम गुणस्तरहीन भएको विषयमा अख्तियारमा समेत उजुरी परेको र नगरपालिकाको तर्फबाट काम रोक्न निर्देशन दिइए पनि वडाध्यक्ष लीलाकुमार चौहानले आफूखुसी काम गरेकाले भुक्तानी रोकिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन्।
    वडाध्यक्ष चौहानले भने राजनीतिक पूर्वाग्रही ढङगले आफ्नो वडामा सञ्चालित सडक ढलान योजनाको रकम भुक्तानी रोकेको आरोप लगाउँदै आएका छन्।
    ‘उपभोक्ता समितिले नगरपालिकाकै प्राविधिक राखेर सम्झौताअनुसारको तोकिएको समयमा काम सम्पन्न गरेको छ । तोकिएको समयमा काम सम्पन्न गरे पनि उपभोक्ता समितिले पेस्कीबापतको रकमबाहेक एक पैसा पनि लिएको छैन। यो रोक्नुको कारण के हो ? हामीले अहिलेसम्म बुझेका छैनौँ,’ उनले भने, ‘राजनीतिक रूपमा प्रतिशोध साँध्न भुक्तानी रोकिएको छ । यसले जटिलरूप लिने अवस्था छ ।’
    उता, निर्माणस्थलमा खटिएका प्राविधिक भोजराज सुनुवारले आफू सुरुको चरणमा निर्माणस्थलमा रहेको र पछिल्लो समय वडाध्यक्ष चौहानले आफूखुसी काम गराएकाले समस्या आएको बताएका छन्।
    एमालेको तर्फबाट वडाध्यक्ष जितेका चौहानको वडामा सञ्चालित सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्ती, कृषि अनुदानलगायतका विकासे योजनाका काममा अनियमितता भएको भन्दै विभिन्न समयमा विभिन्न निकायमा उजुरी परेको छ ।
    वडाध्यक्ष चौहानमाथि विभिन्न निकायमा परेका कुनै पनि उजुरीमा अहिलेसम्म फैसला भएको छैन। वडाध्यक्ष चौहानले कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग निर्माणका लागि सिस्ने–हर्कटे सामुदायिक वनमा अवैध ढुंगाखानी सञ्चालन गर्न लगाएको भन्दै स्थानीयले वडाध्यक्ष चौहानमाथि कारबाही गर्न माग गरेका छन्।
    अनुगमणटोलीलाई अनुगमण गर्न अबरोध गर्नु भनेको निर्माण कार्यमा गरिएका कमी कमजोरीलाई ढाकछोप गर्ने मनसाय रहेको बुद्दिजिबीहरुको बुझाइ छ । २०७९ चैत २२ गते ।

  • उद्योग वाणिज्य संघको अध्यक्षमा गठबन्धनलाई हराउँदै एकीकृत समाजवादीका आचार्य विजयी

    उद्योग वाणिज्य संघको अध्यक्षमा गठबन्धनलाई हराउँदै एकीकृत समाजवादीका आचार्य विजयी

    खोटाङ उद्योग वाणिज्य संघ खोटाङकाे अध्यक्षमा ठूला तीन राजनीतिक दलका साझा उम्मेदवारलाई भारी मतले हराउँदै नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार राजनप्रसाद आचार्य विजयी भएका छन्।

    कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवार कांग्रेसका समुन्द्रप्रसाद जोशीलाई एक सय ९६ मतले पछि पार्दै आचार्य अध्यक्षमा भारी मतले विजयी भएका हुन् ।

    नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका सचिवसमेत रहेका आचार्यले तीन सय ३४ मत प्राप्त गरेर विजयी हुँदा जोशीले एक सय ३८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीले जानकारी दिएका छन्। कुल ६ सय ७१ मतदाता रहेको उद्योग वाणिज्य संघको बिहीबार भएको निर्वाचनमा चार सय ८० मत खसेको जनाइएको छ।

    महासचिवमा स्वतन्त्र उम्मेदवार भनिएका कांग्रेसका अजय बस्नेत भारी मतान्तरले विजयी भएका छन्। कांग्रेस, एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार माओवादी केन्द्रका सुमन श्रेष्ठलाई दुई सय १८ मतले पछि पार्दै बस्नेत विजयी भएका हुन्।

    महासचिवमा विजयी बस्नेतले तीन सय ४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्रेष्ठले एक सय २३ मतमात्र प्राप्त गरेका छन् । महासचिव पदका लागि खसेको चार सय ८० मतमध्ये १६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    कोषाध्यक्षमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार कांग्रेसका युधीर शाक्य विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार भनिएका नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश समिति सदस्य नेत्रबहादुर कटवाललाई ६४ मतले पछि पार्दै गठबन्धनका तर्फबाट कांग्रेसका शाक्य विजयी भएका हुन्।

    कोषाध्यक्षमा विजयी शाक्यले दुई सय ६० मत प्राप्त गरेर विजयी हुँदा कटवालले एक सय ९६ मत मात्र प्राप्त गरेका छन्। अध्यक्षमा पराजित जोशीको प्यानल (समूह)बाट सदस्यमा कुमार बजिमय तीन सय ७१, कृष्णकुमार श्रेष्ठ ‘मणि’ दुई सय ७८, टंकप्रसाद आचार्य तीन सय तीन, रोशन सैंजु तीन सय १३, विपिन श्रेष्ठ दुई सय ७७ र हिरालाल पुरी दुई सय ७२ मत ल्याएर सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

    नवनिर्वाचित अध्यक्ष आचार्यको प्यानल (समूह)बाट एकजना कैलाश भट्टराईले मात्र दुई सय ५२ मत ल्याएर विजयी भएको जनाइएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिव आचार्यको प्यानललाई स्वतन्त्र भनिए पनि तीनदलीय गठबन्धनमा रहेका एमालेका नेताहरूले खुलेआम भोट मागेका थिए।

    वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई ‘माया’, सचिवमा लेखबहादुर खड्का, महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भएका थिए। गत फागुन १४ गते उद्घाटन भएको उद्योग वाणिज्य संघको जिल्ला अधिवेशनमा राजनीतिक भागबन्डाको आधारमा सबै कार्यसमिति चयन गर्ने कसरत भए पनि अन्तिम समयमा असफल भएको थियो।

    उद्योग वाणिज्य संघ खोटाङमा १७ जना निर्वाचित, दुईजना मनोनीत र निवर्तमान अध्यक्षसहित २० जनाको कार्यसमिति हुने प्रावधान छ। उद्योग वाणिज्य संघको ११औँ जिल्ला अधिवेशनमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष र खुला सात सदस्यमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो केदार लाफाको सहयेगमा

     

  • साकेलाको स्ववियु घोषणा उल्टियो

    साकेलाको स्ववियु घोषणा उल्टियो

    जुनु परियार(टेस)
    सोकला बहुमुखी क्याम्पसले स्वबियु निर्वाचनको परिणाम उल्टिएको छ । साकेला बहुमुखि क्याम्पसले चैत ५ गते अनेरास्वबियुको प्यानल निर्विरोध निर्वाचित भएको घोषणा गरेकोमा तत्कालै सर्वपक्षिय बिद्यार्थी संगठनहरुको बैठकले परिणाम उल्टाईदिएको छ ।
    क्याम्पस निर्वाचन समितिका संयोजक ईन्द्रकुमार तामाङले चैत ५ गते अनेरास्वबियुका अध्यक्ष यामकुमार खड्काको प्यानल निर्विरोध निर्वाचित भएको घोषणा गरेलगतै क्रान्तिकारी, अनेरास्वबियु नेपाल बिद्यार्थी संगठन, अनेरास्वबियूले संयुक्त प्रेस विज्ञाप्ती प्रकाशित गरी बिरोध जनाएका थिए । बिद्यार्थी संगठनहरुले बिरोध जनाएपछि क्याम्पस प्रशासनले संगठनका बिद्यार्थीहरुको प्रतिनिधी सहितको बैठक बसी स्वबियु निर्वाचनको घोषणा रद्ध गरेको छ । प्राबिधिक समस्या भएको कारण देखाउदै यहि चैत १० गते स्वबियु निर्वाचन गर्ने निर्णय गर्ने समेत निर्णय गरेको छ । २०७९ चैत ६ गते ।

  • जसपा सांसद लिम्बू रोष्टममै रोएपछि संसदमा सन्नाटा

    जसपा सांसद लिम्बू रोष्टममै रोएपछि संसदमा सन्नाटा

    विराटनगर । प्रदेश १ प्रदेशसभालाई सम्बोधन गर्दै जसपाकी सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बू रोएकी छिन् ।  प्रदेश १ को नामकरणको विषय भइरहेको बहसकाक्रममा उनले आफू बोलेको अधिकांश समय रोएरै विताएकि छिन् । उनले त्यसक्रममा पहिचान सहितको नामाकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको गुनासे पाखिन।

    ‘पहिचान सहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा पनि मलाई बोलाइएन । एक्कासि आज बोल्न त दिइयो तर, अपमानपूर्ण ढंगले,’ उनले भनिन्, ‘ऐतिहासिक जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन, पहिचानका विभिन्न आन्दोलनमा सहभागी भएर ज्यान अर्पण गरेका सहिदहरुलाई नमन गर्न चाहन्छु ।’ रातेपाटी डटकम

  • खोटाङमा ७७९ परिवार भूमिहिन पहिचान

    खोटाङमा ७७९ परिवार भूमिहिन पहिचान

    टेस
    खोटाङ जिल्लामा ७७९ परिवार पहिचान भएका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले ७७९ भुमि व्यवस्था गर्नुपर्ने छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले मंगलबार पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क सार्वजनिक गर्दै खोटाङमा तीन प्रकारको भुमिहिन रहेको जनाएको हो ।
    जिल्लाको १० वटै स्थानीय तहमा पुगेर संकलन गरिएको निवेदनका आधारमा आयोगले तथ्यांक सार्वजनिक गरेको हो । प्रत्येक स्थानीय तहमा सेवाकेन्द स्थापना गरेर आएको निवेदन तथा सिफारिसको आधारमा संख्या एकिन गरिएको जनाईएको हो । केही निवेदनहरुका निबेदन आवश्यक प्रकृया नपुगेकाले सच्याउन आवश्यक रहेकाले ती निवेदनहरु आउनेक्रममा रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
    जानकारी अनुसार सबै भन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भुमिहिन परिवार पाईएको छ । भने सबै भन्दा कम भुमिहिन ऐसेलुखर्क गाउँपालिकामा रहेका छन् ।
    जिल्लामा भूमिहिन सुकुम्बासी १४९, भूमिहिन दलित ५० परिवार र अव्यवस्थित वसोवास गरिरहका ५८० परिवारलाई व्यवस्थापन गर्नुपर्ने देखिएको छ । हाल सम्म प्राप्त निवेदनका आधारमा सबै भन्दा बढी २६७ परिवार भूमिहिन रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेको छ भने सबै भन्दा कम ऐसेलखर्क गाउँपालिकामा १० परिवारमात्र रहेको छ ।
    यसैगरी हलेसी तुवाचुङ नगरपालिकामा १६२, खोटेहाङ गाउँपालिकामा २४, केपिलासगढी गाउँपालिकामा १२, जन्तेढुँगा गाउँपालिकामा ४६, बाराहा पोखरी गाउँपालिकामा ५५, रावावेसी गाउँपालिकामा ५७, दिपूङचुईचुम्मा गाउँपालिकामा ७२ र साकेला गाउँपालिकामा ७४ परिवारको निवेदन भूमि आयोग जिल्ला समितिमा आईसकेको छ ।
    प्राप्त निवेदनको आधारमा आवश्यक प्रक्रिया अगाडि बढाईएको र उनिहरुलाई व्यवस्थापन गर्न अब पहल गरिने भुूमि आयोगका जिल्ला संयोजक सुरेश राईले बताउनु भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आथित्यतामा भएको पत्रकार सम्मेलनमा भूमि आयोग जिल्ला समितिका सदस्यहरु तथा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधीहरुको समेत उपस्थितिमा कार्यक्रम भएको थियो । फागुन १६ गते मङ्गलबार ।