Author: उजुर राई

  • शैक्षिक स्थिती सुधारका लागि कडा निती

    शैक्षिक स्थिती सुधारका लागि कडा निती

    टेम्के खबर

    साकेला- साकेला गाउँपालिकामा शैक्षिक गतिविधिबारे गरिने हरेक औपचारिक कार्यक्रमहरुमा गाउँपालिकाका प्रमुख र उपप्रमुखलाई अनिवार्य रुपमा सहभागि गराउनुपर्ने नीति ल्याईएको छ । गाउँ शिक्षा समिति र गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले शैक्षिक गतिविधिबारे औपचारिक कार्यक्रम गर्नुपूर्व प्रमुख र उपप्रमुखलाई जानकारी दिएर मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने नीति ल्याईएको हो ।

    मंगलबार गाउँपालिकास्थित शिक्षा शाखाले आयोजना गरेको विद्यालयका प्रधानाध्यापकहरुको वैठकबाट उक्‍त प्रस्ताव निर्णय गरेको हो । वैठकमा प्रमुख अतिथिको रुपमा उपस्थित गाउँपालिका प्रमुख रवि प्रकाश राईले खस्कँदो शैक्षिक स्थितीलाई सुधार गरी शिक्षामा गुणस्तर बढाउन उक्त निर्णय गरिएको बताउनुभयो ।

    हामीले आवधिक योजनामै गुणस्तरीय शिक्षा सहितको नमूना विद्यालय निर्माणको नीति अघि सारेका छौं, प्रमुख राईले भन्नुभयो- शैक्षिक गतिविधिबारे हरेक कार्यक्रमहरुमा हाम्रो प्रत्यक्ष निगरानी हुनेछ । गाउँपालिकालाई हरेक क्षेत्रबाट समृद्ध बनाई नमूना पालिका निर्माण गर्नका लागि शैक्षिक क्षेत्रमा गुणस्तर बढाउनु पर्ने हुन्छ, भौतिक संरचनाले मात्र नभई गुणस्तरीय शिक्षामा विकास गराउन सके मात्र नागरिकले देखेको समृद्ध पालिकाको सपना पुरा हुने प्रमुख राईको तर्क छ ।

    पालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि भनेर आयोजना गरिएको वैठकले विभिन्न निर्णयहरु समेत गरिएको छ । २८ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक उपस्थित वैठकले हरेक त्रैमासिक रुपमा सञ्चालन गरिने परीक्षाको नतिजा प्रकाशन गरेपछि उक्त नातिजाबारे विष्लेषण र समिक्षा गर्न अभिभावकहरुसँग समिक्षा गर्ने, शैक्षिक गुणस्तर अभिवृद्धि गरि विद्यार्थीहरुलाई सिकाईप्रति जागरुक गराउन मासिक परीक्षा सञ्चालन गरी सो को समिक्षा विद्यार्थीसँग गर्ने लगायतका विभिन्न निर्णयहरु गरिएको छ । शिक्षा शाखा संयोजक कविराज राईले सञ्चालन गर्नुभएको अन्तरक्रियात्मक वैठकमा उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई समेतको उपस्थिती रहेको थियो । २०८० भदौ २७ गते ।

  • शिविरबाट ७ सय बढीले पाए सेवा

    शिविरबाट ७ सय बढीले पाए सेवा

    टेम्के सम्बाददाता

    साकेला- टोलका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै साकेला गाउँपालिकामा सञ्चालन गरिएको टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना नागरिकहरुले सेवा लिएका छन् । भौगोलिक विकटताका कारण वडा तथा पालिकाको केन्द्रमा पुगेर सेवा लिन नसक्ने नागरिकहरुको लागि गाउँपालिकास्थित वडा नम्बर १ को आयोजनामा गत शुक्रबारदेखि विभिन्न टोलहरुमा घुम्ती शिविर सञ्चालन गरिएको थियो ।

    सामाजिक सुरक्षा भत्ता नवीकरण, प्राथमिक स्वास्थ्य सेवा र भूमी कर संकलन सम्बन्धी सेवा प्रदान गर्न सञ्चालन गरिएको शिविरबाट टोलस्तरका नागरिकहरु लाभान्वित बनेका छन् । शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने २ सय ४३ जना लाभग्राहीले भत्ता नवीकरण गराएका छन् । त्यस्तै २ सय ९० जनाको शारीरिक परीक्षण तथा औषधी वितरण गरिएको छ भने २ सय ५५ घरधुरीले जग्गाको कर शिविरस्थलमानै बुझाएका छन् ।

    भौगोलिक रुपमा अत्यन्तै विकट मानिएको साकेलाको वडा नम्बर १ अन्तर्गतको विभिन्न टोलहरुमा गत शुक्रबादेखि सञ्चालन गरिएको शिविर आईतबार सम्पन्न भएको छ । जसअन्तर्गत शुक्रबार सेखुवास्थित डाँडागाउँमा सञ्चालन गरिएको शिविरमा ६४ जना जेष्ठ नागरिक, अशक्तता भएका व्यक्ति र भत्ता प्राप्त गरिरहेका लक्षित लाभग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण गराएका थिए भने १ सय ५० जनाको स्वास्थ्य परीक्षण र ९२ घरधुरीले जग्गाको कर सम्बन्धी सुविधा प्राप्त गरेका थिए ।

    शनिबार वडा कार्यालय बाँझेमा सञ्चालन गरिएको शिविरमा ६२ जना लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको थियो भने ४६ जनाले मालपोत कर बुझाएका छन् । सो स्थानमा ५६ जनाले स्वास्थ्य सुविधा प्राप्त गरे । आईतबार चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट ७० जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण गराएका छन् भने ३९ जनाले स्वास्थ्य परीक्षण गराउनुका साथै ३५ घरधुरीले जग्गाको कर बुझाउने सुविधा प्राप्त गरे ।

    त्यस्तै सोही वडाको डाँडागाउँस्थित सरस्वती आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ४७ जनाले नवीकरणको सुविधा प्राप्त गरे भने ५२ घरधुरीले जग्गाको कर बुझाउने सुविधा प्राप्त गरे । सो स्थानका ४५ जना नागरिकले स्वास्थ्य परीक्षण सुविधा पाएका छन् ।

    नागरिकको सेवाको लागि आवश्यकता अनुसार गाउँगाउँ र टोलटोलमा पालिकाले सेवा पुर्याईरहेको साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । जनताको आवश्यकतालाई पहिचान गरि अन्य सेवाहरु पनि क्रमिक रुपमा टोल-टोलबाटै प्रदान गरिने उहाँको भनाई छ ।

    शिविरस्थलमा उपस्‍थित वडा नम्बर १ का वडाध्यक्ष हेमन राईले नागरिकको सुविधाका लागि टोलस्तरमा विभिन्न सरकारी सेवाहरु प्रदान गर्दै लगिने बताउनुभयो । गाउँपालिकाको अन्य वडाको तुलनामा यस वडा भौगोलिक रुपमा विकट र ठूलो भएका कारण विभिन्न सेवाहरु टोल तथा वस्तीस्तरबाट प्रदान गर्ने कोशिष गरिनेछ, उहाँले भन्नुभयो भौतिक विकास सँगसँगै सरकारबाट प्रदान हुने सेवाहरु क्रमिक रुपमा प्रदान गरिनेछ ।

    पालिका र वडा कार्यालयले टोलमा नै विभिन्न प्रकारका सेवा उपलब्ध गराउँद नागरिकले प्राप्त गर्ने सेवा सहज भएको डाँडागाउँका स्थानीय चन्द्रबहादुर राईले बताउनुभयो । आफूले उपयोग गर्दै आएको जग्गाको कर सात वर्ष अघिदेखि बुझाउन पाएको थिईन, टोलमै यो सुविधा ल्याईदिनुभयो उहाँले भन्नुभयो- आगामी दिनमा पनि टोलटोलमा यस्तै सेवा निरन्तर उपलब्ध गराईदिनुहोला ।

    चण्डेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक दिलबहादुर देउजाले नागरिकको सुविधाका लागि वडा तथा पालिकाले निरन्तर सेवामुखी कार्यहरु गर्दै आएको उल्लेख गर्नुभयो । आगामी दिनमा पनि टोल तथा बस्तीहरुमा सरकारी सेवा उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो ।

    शिविरस्थलमा वडा नम्बर १ का वडा सचिव नमी राई, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राई, वडाका अन्य कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । २०८० भदौ २५ गते ।

  • ‘टोल/टोलाबाटै सरकारी सेवा’

    ‘टोल/टोलाबाटै सरकारी सेवा’

    टेम्के सम्बाददाता

    साकेला- नागरिकहरुको समस्यालाई वस्तीस्तरबाटै समाधान गर्ने उद्देश्यका साथ साकेला गाउँपालिकाको टोल-टोलमा विभिन्न सेवा सहितको शिविर आयोजना गरिएको छ । शुक्रबार गाउँपालिकाको वडा नम्बर १ बाँझेच्यानडाँडाको आयोजनामा सोही वडाको सेखुवा डाँडागाउँमा स्वास्थ्य परीक्षण सहितको विविध शिविर सञ्चालन गरिएको छ ।

    शारीरिक अशक्तताका कारण वडा कार्यालय सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि टोलबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने व्यवस्था समेत मिलाईएको छ भने भौगोलिक विकटताका कारण नियमितरुपमा जग्गाको तिरो तिर्न नपाएका सर्वसाधारणको लागि समेत उक्त शिविर उपयोगी मानिएको छ ।

    भौगोलिक विकटताका कारण वडा कार्यालय सम्म पुगेर फर्कन समस्या हुने नागरिकहरुको समस्यालाई समाधान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको सो वडाका वडा सचिव नमी राईले बताउनुभयो । यस वडा भौगोलिक रुपमा ठूलो र विकट भएका कारण टोल-टोलमा शिविर सञ्चालन गर्नु परेको उक्त वडाका वडाध्यक्ष हेमन राईले बताउनुभयो । सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर शिविर सञ्चालन गरिएको उहाँको भनाई छ ।

    हामी जनताको सेवक हौं, नागरिकको सेवाको लागि आवश्यकता अनुसार गाउँगाउँ र टोलटोलमा हाम्रो सेवा पुर्याउने कोशिष गरिरहेका छौं- साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले भन्नुभयो- ”जनताको आवश्यकता अनुसारका अन्य सेवाहरु पनि क्रमिक रुपमा टोल-टोलबाटै प्रदान हुनेछ ।” हामी डिजिटल पालिका निर्माणमा पनि लागिरहेका छौ, डिजिटल पालिका निर्माण भईसकेपछि जनताले घरै बसीबसी सेवा लिन सक्नुहुनेछ प्रमुख राईले भन्नुभयो- ‘सरकारी सेवा प्राप्त गर्नका लागि नागरिकलाई अहिले व्यहोरिरहेको झण्झटबाट मुक्त गराउनेछौं ।’

    साकेला गाउँपालिकाले निर्माण सुरु गरेको आवधिक योजनामा ‘डिजिटल पालिका निर्माण’ योजनालाई प्राथमिकता दिएर काम सुरु गरेको छ । डिजिटल पालिका निर्माण भईसकेपश्चात नागरिकहरुले अनलाईनबाटै आफूलाई आवश्यक पर्ने सम्पूर्ण सेवा घरै बसिबसी लिन सक्नेछन् । वडा कार्यालय तथा पालिकाबाट प्राप्त गर्ने सेवा अन्तर्गत विभिन्न सिफारिस, व्यक्तिगत घटना दर्ता, राजश्व/कर प्रणाली लगायतका सेवा डिजिटल पालिका निर्माण भईसकेपश्चात प्राप्त गर्ने गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

    उक्त शिविर भोली शनिबार १ नम्बर वडा कार्यालय बाँझे र पर्सी आईतबार सोही वडाको डाँडागाउँस्थित पिपलडाँडा आधारभूत विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिने बताईएको छ । आज सञ्चालन गरिएको शिविरबाट ६४ जना जेष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका र लक्षित बालबालिकाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ । त्यस्तै ९२ जना नागरिकले शिविरस्थलबाटै जग्गाको तिरो/मालपोत कर बुझाएका छन् भने १५० जना नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै औषधी वितरण गरिएको छ । शिविरमा १ नम्बर वडाका वडा अध्यक्ष हेमन राई, वडा सदस्यहरु, वडा कार्यालयका कर्मचारीहरु, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राई लगायतको उपस्थिती रहेको छ । २०८०  भदौ २४ गते ।

     

  • ‘टोल-टोलाबाटै सरकारी सेवा’

    ‘टोल-टोलाबाटै सरकारी सेवा’

    टेम्के सम्बाददाता

    साकेला- नागरिकहरुको समस्यालाई वस्तीस्तरबाटै समाधान गर्ने उद्देश्यका साथ साकेला गाउँपालिकाको टोल-टोलमा विभिन्न सेवा सहितको शिविर आयोजना गरिएको छ । शुक्रबार गाउँपालिकाको वडा नम्बर १ बाँझेच्यानडाँडाको आयोजनामा सोही वडाको सेखुवा डाँडागाउँमा स्वास्थ्य परीक्षण सहितको विविध शिविर सञ्चालन गरिएको छ ।

    शारीरिक अशक्तताका कारण वडा कार्यालय सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि टोलबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने व्यवस्था समेत मिलाईएको छ भने भौगोलिक विकटताका कारण नियमितरुपमा जग्गाको तिरो तिर्न नपाएका सर्वसाधारणको लागि समेत उक्त शिविर उपयोगी मानिएको छ ।

    भौगोलिक विकटताका कारण वडा कार्यालय सम्म पुगेर फर्कन समस्या हुने नागरिकहरुको समस्यालाई समाधान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको सो वडाका वडा सचिव नमी राईले बताउनुभयो । यस वडा भौगोलिक रुपमा ठूलो र विकट भएका कारण टोल-टोलमा शिविर सञ्चालन गर्नु परेको उक्त वडाका वडाध्यक्ष हेमन राईले बताउनुभयो । सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर शिविर सञ्चालन गरिएको उहाँको भनाई छ ।

    हामी जनताको सेवक हौं, नागरिकको सेवाको लागि आवश्यकता अनुसार गाउँगाउँ र टोलटोलमा हाम्रो सेवा पुर्याउने कोशिष गरिरहेका छौं- साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले भन्नुभयो- ”जनताको आवश्यकता अनुसारका अन्य सेवाहरु पनि क्रमिक रुपमा टोल-टोलबाटै प्रदान हुनेछ ।” हामी डिजिटल पालिका निर्माणमा पनि लागिरहेका छौ, डिजिटल पालिका निर्माण भईसकेपछि जनताले घरै बसीबसी सेवा लिन सक्नुहुनेछ प्रमुख राईले भन्नुभयो- ‘सरकारी सेवा प्राप्त गर्नका लागि नागरिकलाई अहिले व्यहोरिरहेको झण्झटबाट मुक्त गराउनेछौं ।’

    साकेला गाउँपालिकाले निर्माण सुरु गरेको आवधिक योजनामा ‘डिजिटल पालिका निर्माण’ योजनालाई प्राथमिकता दिएर काम सुरु गरेको छ । डिजिटल पालिका निर्माण भईसकेपश्चात नागरिकहरुले अनलाईनबाटै आफूलाई आवश्यक पर्ने सम्पूर्ण सेवा घरै बसिबसी लिन सक्नेछन् । वडा कार्यालय तथा पालिकाबाट प्राप्त गर्ने सेवा अन्तर्गत विभिन्न सिफारिस, व्यक्तिगत घटना दर्ता, राजश्व/कर प्रणाली लगायतका सेवा डिजिटल पालिका निर्माण भईसकेपश्चात प्राप्त गर्ने गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

    उक्त शिविर भोली शनिबार १ नम्बर वडा कार्यालय बाँझे र पर्सी आईतबार सोही वडाको डाँडागाउँस्थित पिपलडाँडा आधारभूत विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिने बताईएको छ । आज सञ्चालन गरिएको शिविरबाट ६४ जना जेष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका र लक्षित बालबालिकाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ । त्यस्तै ९२ जना नागरिकले शिविरस्थलबाटै जग्गाको तिरो/मालपोत कर बुझाएका छन् भने १५० जना नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै औषधी वितरण गरिएको छ । शिविरमा १ नम्बर वडाका वडा अध्यक्ष हेमन राई, वडा सदस्यहरु, वडा कार्यालयका कर्मचारीहरु, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राई लगायतको उपस्थिती रहेको छ । २०८०  भदौ २४ गते ।

     

  • पूर्ण सरसफाईमैत्री पालिका अभियानमा साकेला

    पूर्ण सरसफाईमैत्री पालिका अभियानमा साकेला

    टेम्के सम्बाददाता

    साकेला- साकेला गाउँपालिका फोहोरमैलाको दिगो व्यवस्थापन गरि पालिकालाई ‘सरसफाईमैत्री पालिका’ निर्माण अभियान सुरु गरेको छ । बजार, पार्क, सार्वजनिक स्थल तथा कार्यालयहरुमा डस्टविन राख्न सुरु गर्दै अभियान बुधबार देखी सुरु गरिएको हो ।

    गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाई पूर्ण रुपमा ‘सरसफाईमैत्री पालिका’ निर्माण गर्ने भावि लक्ष्य लिईएको छ । आज बुधबार गाउँपालिका प्रमुख रवि प्रकाश राईको नेतृत्वमा पालिकाको मानेभञ्जयाङदेखि नौलाखर्क सम्मको बजार, पार्क तथा सडकमा फ्यालिएका फोहोरमैला हटाउनुका साथै पूर्ण रुपमा सरसफाई गरिनुका साथै आवश्यक पर्ने र बढी जनघनत्व हुने ठाउँमा डष्टविन राखेको छ ।

    पालिकाले सबै वडा अन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिकस्थल, सडक तथा पार्कहरुमा फोहोरमैला व्यवस्थापनका लागि डस्टविन राख्ने तयारी समेत गरेको छ । उक्त स्थानहरुमा केही दिनभित्रै डस्टविन राखिने जनाईएको छ । डष्टविनमा संकलन गरिएको फोहोरमैलालाई पालिकाले डम्पिङ साईडमा लगेर व्यवस्थापन गर्नेछ । फोहोरमैला व्यवस्थापनका लागि साकेला गाउँपालिका-३ खिदिमामा जग्गाको समेत व्यवस्थापन भईसकेको र डम्पिङ साईड निर्माणको तयारी भईरहेको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

    पालिकाले सुरु गरेको फोहोरमैला व्यवस्थापन कार्यलाई सहयोग गर्न स्थानीय नागरिकहरु समेत अग्रसर भएर लागि परिरहेका छन् । पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बन्नुपर्छ, अनिमात्र हामीले देखेको सपना पुरा हुन्छ,-अध्यक्ष राईले भन्नुभयो- सपना देखिसकेपछि योजना बनाएर काम गर्नुपर्छ यसका लागि नागरिकले साथ दिनुपर्छ ।

    हरेक विकासका कार्यहरुलाई सार्थकता तुल्याउन सरकार र नागरिक एकढिक्का भएर अघि बढ्नु पर्ने कुरामा अध्यक्ष राईले जोड दिनुभयो । यसैक्रममा अध्यक्ष राईले विकास र परिवर्तनका लागि आफू केन्द्रित हुन नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले हालसम्म नेतृत्व गर्ने नेतृत्वकर्ताहरुले राष्ट्रलाई केन्द्रमा नराखी काम गर्दा अहिले देश आर्थिक सङ्कटमा फसेको बताउनुभयो । उहाँले भन्नुभयो- नेतृत्व गर्नेहरुले देशको विकास भन्दा पनि आफ्नो विकास गर्न तर्फ लागे त्यसैले अहिले देश आर्थिक संकटमा फस्यो । अहिले हामी हरेक कुराबाट पालिकालाई समृद्ध बनाउने कोशिष गरिरहेका छौं, संघ र प्रदेशको मात्र भर पर्ने हैन आफै आत्मनिर्भर बन्ने प्रयत्नमा लागिरहेका छौं, त्यसका लागि स्थानीय सरकार मात्र हैन नागरिक पनि संवेदनशिल बन्नुपर्छ –अध्यक्ष राईले भन्नुभयो ।

    गाउँपालिकास्थित पूर्ण सरसफाई कार्यक्रमको आयोजनामा भएको सरसफाई कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षाकर्मी, स्थानीय व्यापार व्यवसायीहरु र सरोकारवाला नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । फोहोरमैला व्यवस्थापनबारे पूर्ण सरसफाई कार्यक्रमका कर्मचारीहरुबाट सडक नाटक समेत प्रस्तुत गरिएपछि सरसफाईको कार्यक्रम सञ्चालन गरिएको थियो ।

    फोहोरमैला व्यवस्थापन र पूर्ण सरसफाईको कार्य पालिकाका सबै वडा र टोल तथा बस्तीहरुमा नियमित रुपमा गरिँदै लगिने गाउँपालिकाका प्रवक्ता जीवन खत्रीले जानकारी दिनुभयो । सरसफाईमैत्री स्थानीय तह बनाउन पालिकाले गर्ने हरेक गतिविधिप्रति जागरुक भएर सहयोग गरिने सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । साकेला गाउँपालिकामा विगत चार वर्षअघिदेखि पूर्ण सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएको छ । विगतमा गैरसरकारी संस्था मार्फत सञ्चालन हुँदै आएको उक्त कार्यक्रम विगत एक वर्षदेखि भने गाउँपालिका आफैले नेतृत्व गरेर सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्गत एक जना अधिकृतस्तरको संयोजक पालिकामा र पाँच जना सहायकस्तर चौथो तहका कर्मचारीहरु प्रत्येक वडाहरुमा कार्यरत छन् । २०८० भदौ २१ गते ।

     

  • साकेलाको खिदिमामा हरेक बार खाना चार सुत्केरी भेटघाट

    साकेलाको खिदिमामा हरेक बार खाना चार सुत्केरी भेटघाट

    खिदिमा (टेस)

    साकेला- खोटाङको साकेला गाउँपालिकामा हरेक बार खाना चार गर्भवती र सुत्केरी भेटघाट कार्यक्रम भएको छ । मंगलबार स्वास्थ्य चौकी खिदिमाको आयोजनामा वडा नं. ३ बोराटोलमा एक सुत्केरीसँगको भेटघाट कार्यक्रम सम्पन्न भएको हो । सुत्केरीसँगको भेटघाट क्रममा हरेक बार खाना चारको साथमा सुत्केरी र बच्चाको लागि हाईजिन किट उपलब्ध गराईएको छ ।

    हरेक बार खाना चारको खानेकुरा गर्भवती/सुत्केरी महिला र परिवारले खानुपर्ने प्रमुख उद्देश्यका साथ सुत्केरी भेटघाट कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य चौकी खिदिमाका प्रमुख कमल प्रसाद फुयलले बताउनुभयो । कार्यक्रमले पोषणमैत्री स्थानीय टोल घोषणा र पूर्ण सरसफाईको अभियानलाई समेत सहयोग पुग्ने भएकाले आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिईने उहाँको भनाई छ । सुत्केरी भेटघाट कार्यक्रमका लागि यस वर्ष ३ नम्बर वडा खिदिमाले ३० हजार रुपैंया बजेट बिनियोजन गरेको छ ।

    सुत्केरी भेटघाटका लागि गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, ३ नम्बर वडा अध्यक्ष गोविन्द तामाङ, साकेला अस्पतालका डाक्टर किसन घिमिरे, गाउँपालिका स्वास्थ्य प्रमुख रिता ढकाल, पोषण संयोजक नविन राई, खिदिमास्थित स्वास्थ्यचौकी प्रमुख फुयल सहित अन्य स्वास्थ्यकर्मीहरुको समेत उपस्थिती रहेको थियो । सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत आगामी वर्षहरुमा पनि बजेट बिनियोजन गरेर कार्यक्रमलाई निरन्तरता दिईने गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    सुत्केरी भेटघाट कार्यक्रमका लागि चालु आ.व. २०८०/०८१ मा  गाउँपालिकास्थित विभिन्न वडाहरुले बजेट विनियोजन गरेको छ । वडा नम्बर १ बाँझेच्यानडाँडाले पोषिलो आहार शीर्षक राखि ३० हजार, २ नम्बर वडा कार्यालय रतन्छाले सुत्केरी भेटघाट कार्यक्रममा ३० हजार, ३ नम्बर वडा कार्यालय खिदिमाले सुत्केरीहरुलाई पोषण नाङ्लो कार्यक्रम शीर्षकमा ३० हजार र ४ नम्बर वडा कार्यालय मात्तिमले स्वास्थ्यसँग जनप्रतिनिधि सुत्केरी परामर्श खर्च शीर्षकमा ६० हजार रुपैंया बजेट बिनियोजन गरेको छ । २०८० भदौ २१ गते ।

     

     

     

  • साकेलाको प्रबक्तामा जिबन

    साकेलाको प्रबक्तामा जिबन

    (टेस) साकेला- साकेला गाउँपालिकाको प्रवक्तामा जिबन खत्री नियुक्ति भएका छन् । गाउँपालिका प्रमुख रवि प्रकाश राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको वैठकले  जीवन खत्रीलाई प्रवक्ता तोकेको हो । खत्री वडा नम्बर ५ का वडा अध्यक्ष समेत हुन् ।

    गाउँपालिकाबाट सम्पादन भएका गतिविधि र महत्वपूर्ण वैठकका निर्णयहरु आधिकारिकरुपमा जनतामा विश्वसनीय तवरबाट छिटो र छरितो पुर्याउने उद्देश्यकाले खत्रीलाई प्रवक्ता तोकिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । पालिकाको तर्फबाट प्रवक्ता नियुक्ति गरिएको भए पनि थप सेवा तथा सेवा सुविधा भने प्रवक्तालाई उपलब्ध नगराउने अध्यक्ष राईले बताउनुभयो ।

    सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३५ बमोजिम कार्यालयको काम कार्वाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन पालिकाले प्रवक्ता तोकेको हो । २०८० भदौ १९ गते ।

  • साकेलाका स्वास्थ्य स्वयम् सेविकाको स्वागत र विदाई

    साकेलाका स्वास्थ्य स्वयम् सेविकाको स्वागत र विदाई

    टेम्के सम्बाददाता

    सम्केला- ग्रामीण क्षेत्रको टोल तथा बस्तीस्तरमा रहेर नागरिकको स्वास्थ्यप्रति निरन्तर खट्ने महिला स्वास्थ्य स्‍वयम सेविकालाई साकेला गाउँपालिकाले नगद सहित सम्मान गरेको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी नागरिकको स्वास्थ्यप्रति संवेदनशिल भई टोलस्तरमा रहेर काम गर्ने एक जना उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरेको हो ।

    गाउँपालिका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यतामा सम्पन्न सम्मान कार्यक्रममा गत आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट कार्य गर्नुहुने महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका धनमाया राई (वडा नम्बर-१)लाई नगद ८ हजार २५० रुपैंयाको साथमा सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

    त्यस्तै ६० वर्ष उमेर पुरा हुनुभएको स्वास्थ्य स्वयम सेविका देविमाया खड्का (वडा नम्बर-४) लाई नगद रु. २० हजार रुपैंया सहित स-सम्मान विदाई गरिएको छ । त्यस्तै यशोदा कोईराला (ढकाल) (वडा नम्बर-५), मन्दिरा राई (वडा नम्बर-२), मनहिरा राई (वडा नम्बर-१) र मञ्जु खड्का (वडा नम्बर-४) लाई नयाँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको रुपमा गाउँपालिका प्रमुख राई सहित उपाध्यक्ष बिर्सिका राई लगायतले स्वागत गर्नुभएको छ ।

    उक्त कार्यक्रममा सुसंस्कृत, संस्थागत र समृद्ध साकेला निर्माणमा ग्रामीण महिला स्वास्थ्य स्वयम सेविकाहरुको अहम भूमिका हुने बताउँनुहुँदै गाउँपालिका प्रमुख राईले आफू केन्द्रित नभई गाउँपालिकाको समग्र विकासमा लाग्न सके मात्र नागरिकले देखेको पालिकाको समृद्धिको सपना पुरा हुने बताउनुभयो ।

    महिला स्वास्थ्य स्वयम सेविकाहरु स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको र उनीहरुले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेको बताउनुभयो । सबै नागरिकहरुको पहुँचमा डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु पुग्न सक्दैनन् तर तपाईहरु हरेक घरघर र टोलबस्तीमा पुगेर सेवा प्रवाह गरिरहनुभएको छ, अध्यक्ष राईले भन्नुभयो तपाईहरुको भूमिका उल्लेख्य रुपमा सह्रानीय छ ।

    गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले उल्लेखनीय काम गरिरहेको बताउनुहुँदै बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको योगदान रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्य प्रसाद सिग्देल, साकेला अस्पतालका डाक्टर किसन घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु तथा पाँच वटै वडा अन्तर्गतका टोल तथा बस्तीहरुमा क्रियाशिल महिला स्वास्थ्य स्वयम सेविकाहरुको उपस्थिती रहेको थियो ।२०८० भदौ १९

     

  • साकेलामा जनश्रमदान अभियान सञ्चालन गरिंदै

    साकेलामा जनश्रमदान अभियान सञ्चालन गरिंदै

    टेम्के सम्बाददाता

    साकेला-साकेला गाउँपालिकाले जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको सबै वडामा बिग्रिएका सडक, घोरेटोबाटो तथा सार्वजनिकस्थलहरुमा जनश्रमदान अभियान सञ्चालन गरि मर्मतकार्यको थालनी गरिने भएको हो । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको वैठकले वर्षादका कारण बिग्रिएर क्षतिग्रस्त बनेका ग्रामीण सडक, घोरेटो बाटो र सार्वजनिक स्थलहरु जनश्रमदान मार्फत मर्मत/सफा गर्ने निर्णय गरेको हो ।

    वैठकले प्रत्येक वडामा महिनाको कम्तीमा दुई दिन अनिवार्य जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकाको पाँच वटै वडाले नेतृत्व गरी महिनाको कम्तीमा दुई दिन अनिवार्य रुपमा जनश्रमदान अभियान सञ्चालन गर्नुपर्ने निर्णय गरिएको अध्यक्ष राईले बताउनुभयो । वर्षादका कारण क्षति भएका ग्रामीण सडक, घोरेटो बाटो, पुलपुलेसा लगायत भौतिक संरचनाहरुको श्रमदान मार्फत मर्मत गरिने उहाँको भनाई छ ।

    यसअघि गाउँपालिकाको ३ नम्बर वडा कार्यालय खिदिमाले महिनाको दुई पटक श्रमदान अभियान सञ्चालन गर्दै आएको छ । वडा कार्यालयले सञ्चालन गरेको श्रमदान अभियान अत्यन्तै स्वागतयोग्य भएको बताउनुहुँदै अध्यक्ष राईले अन्य वडाहरुमा पनि श्रमदान अभियान सुरु गर्ने निर्णय गरिएको बताउनुभयो । श्रमदान अभियान सञ्चालन गर्दा गाउँमा छिटो विकास हुनुका साथै राज्यको करोडौं रकम खर्च हुन बाट जोगिने अध्यक्ष राईको भनाई छ ।

    खिदिमाका वडा अध्यक्ष गोविन्द तामाङले आफूहरुले सञ्चालन गरेको श्रमदान अभियानमा स्वतस्फूर्त नागरिकहरु सहभागि भईरहेको बताउनुभयो । नागरिकहरु विकास चाहान्छन्, हामीले अभियान मात्र सञ्चालन गरेका हौं, उहाँले भन्नुभयो-श्रमदान गर्न नागरिक आफै अघि सर्नुभएको छ । ३ नम्बर वडा खिदिमा अन्तर्गतका विभिन्न ग्रामीण सडक, घोरेटो बाटो, वावु (चिण्डो) पोखरी वर्षादका कारण बिग्रिएको थियो । जनश्रमदान अभियान मार्फत उक्त स्थानहरुको सफाई गरिसकिएको छ । २०८० भदौ १७

  • पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि मेयर बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

    पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि मेयर बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

    भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्।

    मेयर शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन्।

    ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएको थियो।

    ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्दै ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ?’ भन्दै सोधखोज गरेका थिए।

    त्यसैको झोंक उनले सामाजिक सञ्जालमा फेरका छन्।

    ‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार!,’ मेयर शाहले शनिबार राति नै सामाजिक सञ्जालमा लेखेका थिए।

    यसबारे हामीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टलाई सोधेका थियौं।

    उनले कोटेश्वर क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले केही बेर सरकारी गाडी रोकेको बताए।

    ‘बिदाको दिन सरकारी गाडी देखिएपछि ड्युटीमा रहेकाले अनुमति लिनु भएको छ भन्दै सोधेका हुन्, त्यो खासै ठूलो कुरा होइन। सरकारी गाडी दुई—तीन मिनेट पनि नरोकिएको जानकारी गराएका छन्। गाडीमा को थियो त्यो याद गर्ने कुरा भएन। त्यहाँ खटिएका ट्राफिक प्रहरीले नम्बर समेत नटिपी छाडेका रहेछन्,’ उनले सेतोपाटीसँग भने।

    एक अधिकारीले दिएको जानकारी अनुसार गाडीपछाडि महिला बसेकी थिइन्। चालक आफैंले काठमाडौं महानगरपालिकाको गाडी रोक्नुपर्नाको कारण के हो भनेर सोधेको ती अधिकारीले बताए।

    स्रोतका अनुसार कोटेश्वरमा पत्नी चढेको गाडी रोकिएपछि मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई राति नै फोन गरेका थिए। उनले काठमाडौं महानगरपालिकाको गाडी चेकिङ गर्नाको कारण पनि सोधखोज गरेका थिए।साभार; सेतोपाटि डट कम

  • दावा छिरिङले तीन व्यापारिक साझेदारको नाम खुलाए

    दावा छिरिङले तीन व्यापारिक साझेदारको नाम खुलाए

    हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले तीन व्यापारिक साझेदारको नाम खुलाएका छन् । ६० किलो ७ सय १६ ग्राम सुन तस्करी सम्बन्धमा गरिएको सोधपुछका क्रममा उनले केही वर्ष अघिबाटै नेपालका शीर्ष नेताका निकटस्थ व्यक्तिहरुसँग मिलेर काम गरिरहेको बताएका हुन्।

    दावालाई पक्राउ गरेलगत्तै राजस्व अनुसन्धान विभागले उनीसँग सोधपुछ गरेको थियो। त्यसपछि सीआईबीमा बुझाएपछि पनि उनी मार्फत नै सुनको मालिक पत्ता लगाउने प्रयास भइरहेको छ। उनीसँग सीआईबीले बयान लिइसकेको छ । सुरुमा उनीमार्फत नेपालमा तस्करीको सुन ल्याउने गिरोहबीचको कनेक्सन खोज्ने प्रयास अनुसन्धान अधिकारीहरुले गरेका थिए । दावासहितले ठमेलमा सञ्चालन गरेको होटेल भियनाबाट सुनको कारोबार भएको भरपर्दो प्रमाण सीआईबीसँग छ । तस्करीको सुन संकलन र प्रशोधन गर्ने कम्पनीबाट छुटेका हरेक गाडी दावाको होटलमा पुगेको सीसीटीभी फुटेजबाट पनि देखिएको छ । दावासँग केहीको कनेक्सन देखिने प्रमाणहरु राजस्वले मुद्दाको फाइल बुझाउँदा प्रहरीलाई दिएको छ। राजस्वले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने व्यक्तिहरुको बारेमा पनि खुलाएर पठाएको छ । जसमा राजनीतिक दलका नेताहरुकै परिवारका सदस्यको नाम समेत छ। दावाले नेकपा एमालेका दुई जना पदाधिकारीका छोरासँग मिलेर लामो समयदेखि काम गरिरहेको बयानमा बताएका हुन् । दावाले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको भनेका छन्। आफूलाई अप्ठेरो पर्दा उनीहरुले नै सहयोग गर्ने गरेको दावाको प्रारम्भिक बयान छ । ‘काठमाडौंको र्‍याडिसन होटलको साइडमा रहेको एक रेन्टुरेन्टमा म, मिस ली र स्वराजबीच हाम्रो बिजनेसका बारेमा छलफल हुन्थ्यो,’ दावाको बयान उधृत गर्दै एक अधिकारीले  नेपालखबरसँग भने, ‘उहाँहरुसँग मिलेरै कोभिडको बेला पनि स्वास्थ्य सामग्री खरिद गर्थ्यौँ। प्रतीक थापा काम गर्न धेरै सहज हुनुहुन्छ।’ साउन १० गते दावालाई होटल भियनामा छापा मार्दै राजस्वको टोलीले पक्राउ गरेको थियो। पक्राउलगत्तै उनले नेताका परिवारसँग साझेदारी रहेको खुलाएका थिए ।

    तर, अरु व्यवसायमा साझेदारी रहेको बयानबाट खुले पनि सुन तस्करीमा स्वराज र प्रतीकको संलग्नता खुलेको छैन। राजस्वको अनुसन्धानमा उनीहरु समेत संलग्न रहेको आशंका गरिए पनि सीआईबीले उनीहरुमाथि अनुसन्धान गरेको छैन ।

    यसैगरी, दावाले तेस्रो व्यक्तिको नाम पनि लिएका छन्। उनी हुन् रामेछापका किशोर बस्नेत। उनी भने तस्करीमा प्रत्यक्ष संलग्न नै रहेको खुलेको अनुसन्धान अधिकारीहरुको दाबी छ ।

    बस्नेतले तस्करीको सुन गाल्ने कारखाना व्यवस्थापन गर्नेदेखि सुन गाल्ने उपकरण खरिदमा समेत सहयोग गरेको अनुसन्धान अधिकारीले बताए ।

    ‘दावाको सम्पर्क सूत्र नै किशोर बस्नेत देखिन्छ। विद्युतीय चुरोट (भेप) मा राखेर ९ किलो सुन तस्करी गर्ने गिरोहसँग पनि किशोरको कनेक्सन देखिएको छ। यो प्रकरणमा किशोरनिकट व्यक्तिहरु पनि पक्राउ परेका छन्,’ अर्का एक अधिकारीले भने ।  किशोर हाल फरार छन्। उनले मोबाइल समेत बन्द गरेको अनुसन्धान अधिकारीले बताए। उनले दावालाई एमालेका अन्य नेतासम्म भेटघाट गराएको अनुसन्धान अधिकारी बताउँछन् । दावाले प्रयोग गरेका दुई वटै मोबाइल नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ। त्यसबाट दावाको कनेक्सन को–कोसँग थियो प्रष्ट खुल्ने छ ।

    यद्यपि चिनियाँ व्यक्ति जिक्वाङ लिन पक्राउ परेपछि दावाले मोबाइल फर्म्याट गरेको पाइएको छ। राजस्वबाट रायसहितका केही तथ्य समावेश गरेर पठाइएको प्रतिवेदन अध्ययन गरेर अनुसन्धानलाई तीव्रता दिएको सीआईबीले जनाएको छ। उसले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

    सुन कसको?

    साउन २ मा ब्रेक सुमा राखेर हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन कसको हो भन्ने अझै खुलिसकेको छैन। सुन बरामद भएदेखि राजस्व अनुसन्धान विभागले १७ दिन यसको अनुसन्धान गरेको थियो। राजस्वले १८ जनालाई हिरासतमा राखेर बयान लिएको थियो। तर, संगठित अपराध, त्रिदेशीय कनेक्सन लगायतका कारण थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको छ।

    उक्त सुन व्यापारी राकेश अदुकियाले नै भित्र्याएको प्रारम्भिक निष्कर्षसहितको प्रतिवेदन राजस्वले सीआईबीलाई बुझाएको छ। राकेश अदुकिया टेस्ला गाडीका विक्रेता कम्पनीको लगानीकर्ता हुन्। ‘जसले जे भित्र्याउँछन्, त्यसैमा राखेर सुन तस्करीको काम भएको छ,’ राजस्वका एक अधिकारीले नेपालखबरसँग भने, ‘हङकङबाट नेपालमा ६० किलो सुन ल्याउँदा ब्रेक प्याडमा राखिएको छ। मोबाइल कारोबार गर्नेले त्यसमै राखेर सुन ल्याउने गरेको र गुडिया व्यापार गर्नेले गुडियामै राखेर सुन तस्करी गर्दा रहेछन्।’ हङकङ हुँदै साउन २ गते नेपाल भित्र्याएको सुन राजस्वको टोलीले सिनामंगल पुगेपछि बरामद गरेको थियो। त्यही क्रममा राजस्वले सुनको व्यवस्थापन गर्ने कारखाना सञ्चालन गरिरहेका चिनियाँ व्यक्ति ली जिक्वाङलाई साउन ४ गते पक्राउ गरेको थियो। एक हप्तापछि दावा पक्राउ परेका थिए । साभार नेपालखबर

    भदौ १, २०८०, सुक्रबार

  • आश्विन र कविता बने यसपालाको खोटाङ प्रतिभा

    आश्विन र कविता बने यसपालाको खोटाङ प्रतिभा

    टेम्के सम्वाददाता

    काठमाडौंमा सोमबार सम्पन्न फाइनल अडिसनमा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ ‘खोटाङ प्रतिभा– २०८०’ बन्नु भएका छन्।

    खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)को संयुक्त आयोजनामा आयोजनामा गरिएको फाइनल अडिसनमा नौ–नौजना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन राई  र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ ‘खोटाङ प्रतिभा– २०८०’ बन्न सफल भएका हुन् ।

    खोटाङ जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका हुन् ।

    प्रतियोगितामा नृत्यतर्फ बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो हुनु भएको छ । तियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमशः रु. दुई लाख दुई हजार, रु. एक लाख एक हजार र रु. ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा संगीतकार रूपकुमार राईले जानकारी दिनुभयो ।

    ‘खोटाङ प्रतिभा– २०८०’ छनोट प्रतियोगिताका विजयी ६ जना प्रतिभालाई नगद पुरस्कारसहित गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने विभिन्न कार्यक्रममा समेत सहभागी गराइनेछ,’ उनले भने, ‘प्रतियोगितामा सहभागी बाँकी १४ जना प्रतिभालाई प्रोत्साहनस्वरूप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गरिएको छ।’

    ‘नयाँ प्रतिभालाई प्रोत्साहन, पुराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सुसंस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गर्नु भएको थियो ।

    खोटाङ प्रतिभा– २०८० छनोट प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विद्यामा एक–एकजना गरी २० जना प्रतिभाले सहभागिता जनाएका थिए ।

    जिल्लाको ग्रामीण तथा सुदूर गाउँहरूमा लुकेर तथा छलिएर बसेका सयौँ प्रतिभामध्ये प्रत्येक पालिकाबाट गायन तथा नृत्य विद्यामा ३०–३० जना प्रतिभा छनोट गरिएको थियो।

    पालिकास्तरीय प्रतियोगिताबाट दुई विद्यामा ३०–३० जना प्रतिभा छनोट गरिए पनि काठमाडौंमा आयोजना गरिएको फाइनल प्रतिस्पर्धामा दुवै विद्यामा प्रथम भएका एक–एकजना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिनुभयो ।

    खोटाङ घर भई काठमाडौंलाई कार्यक्षेत्र बनाएर गीत–संगीतलाई आफ्नो पेसाकोरूपमा अंगालेका खोटाङे कलाकारहरूले ०७७ सालमा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो । २०८० साउन ३०